११० स्थानीय तहका २५ हजार भूमिहीनलाई लालपुर्जा दिने

 Krishna Shrivastav

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ सय १० स्थानीय तहका २५ हजार जनालाई भूमिपुर्जा बाँड्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै भूमिहीन, दलित भूमिहीन अव्यवस्थित बसोबासीको अध्ययन गरेर पुर्जा वितरण गर्ने बताएका छन् । उनले आगामी आर्थिक वर्षमा गाउँ ब्लकको जग्गा नापजाँच गरिने बताए । अर्थमन्त्री महतले मालपोत र नापी सम्बन्धी आधारभुत सेवा स्थानीय तहबाट प्रदान हुने घोषणा गरेका छन् ।


स्वदेशी सिमेन्टको खपत बढाउन पक्की सडक बनाउँदा ढलान गरिने

 Krishna Shrivastav

काठमाडौं । सरकारले स्वदेशी सिमेन्टको खपत बढाउन सडक बनाउँदा निश्चित मापदण्डको आधारमा ढलान गर्ने प्रविधिलाई प्राथमिकता दिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यो जानकारी दिएका हुन् । ढलान गर्दा टिकाउ र गुणस्तरीय सडक निर्माण हुने तथा बिटुमिनको आयात घट्ने सरकारको विश्वास छ ।


हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

 Krishna Shrivastav

काठमाडौं । सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताएका छन् । नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेको उनको भनाइ छ ।


सूचनाप्रविधिमा विदेशी लगानीको न्‍यूनतम सीमा हट्ने

 Krishna Shrivastav

काठमाडौं । सरकारले सूचनाप्रविधिमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाएको छ। संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले वैदेशिक लगानीको न्‍यूनतम सीमा पुनरावलोकन गर्दै क्षेत्रगत सीमा तोक्ने बताए । यस्तै सूचनाप्रविधिमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाउने बताएका हुन्। सूचनाप्रविधि सेवा निर्णत गर्ने उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय खोल्न र सफ्टवयेर वा कार्यक्रम खरिद र उपकरण खरिद गर्न उद्योगले गरेका विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म विदेशी मुद्रा सटही गर्न दिने उनले बताए । यस्तै प्रचलित कानुन अनुसार अनुमति लिनुपर्ने उद्योग बाहेक विदेशी लगानी खुला

Breaking News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वदेशमै भ्याक्सिन उत्पादन गरिने

 Krishna Shrivastav

काठमाडौं। सरकारले पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८०-८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्ष विभिन्न रोगका करिब ६ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको बताएका छन्।


जग्गाको कित्ताकाट फुकुवा

 Krishna Shrivastav

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए। घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।


कृषिमा हालसम्मकै धेरै बजेट

 Krishna Shrivastav

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए । चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जुन गत आवको तुलनामा ३ अर्ब ९ करोड रुपैयाँले धेरै हो । सरकारले यो वर्ष रासायनिक मलको अनुदान पनि दोब्बर बनाएको छ । यस्तो छ पछिल्लो १० वर्षको कृषि

Breaking News, देश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

वन र वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट

 Krishna Shrivastav

काठमाडौं । सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले वन, जैविक विविधता र जलाधार व्यवस्थापन मार्फत वातावरणीय सन्तुलन कायम गरिने बताएका छन् । वन सम्पदाको दिगो उपयोग र वनजन्य उद्यम विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाइने उनले बताए । संरक्षित क्षेत्र र सामुदायिक वनलाई पर्या–पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उल्लेख छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत संघ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षणको गुरुयोजना कार्यान्वयन गरिने महतले बताए । यसअन्तर्गत जल र जमिन संरक्षण गर्न वाँस

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा

 Krishna Shrivastav

काठमाडौं । सरकारले कृषकहरूका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन उक्त कार्यक्रम ल्याइएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए । ‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने उनले बताए । बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने अर्थमन्त्री महतले बताए । यसबमोजिम अनुदान प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन मसान्तभित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । यसबाट कृषिमा

Breaking News, देश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

सरकारले गाँजा खेतीको अध्ययन गर्ने

 Krishna Shrivastav

काठमाडौं । सरकारले औषधीजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दे गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त वैठकमा प्रस्तुत भएको बक्तव्यमा गाँजा खेतीको अध्ययनबारे घोषणा गर्दा संसदमा तालीले गुञ्जायमान भएको थियो । गाँजा खेतीको अध्ययनको विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो ।


१०० रुपैयाँ अधिकृत पूँजीमा कम्पनी खोल्न सकिने, पूँजी थप्दा शुल्क नलाग्ने

 Krishna Shrivastav

काठमाडौं । सरकारले नयाँ कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था घोषाण गरेको छ । संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १०० रुपैयाँ मात्रै अधिकृत पूँजी घोषणा गरेर कम्पनी खोल्नसक्ने व्यवस्था गर्ने बताए । यस्तै अनलाइबाट नै कम्पनी दर्ता र खारेजी गर्न सक्ने गरी प्रक्रिया सरल बनाउने उनले बताए ।


आर्थिक रूपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गरिने

 Krishna Shrivastav

काठमाडौं। मुलुकको आर्थिक रूपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले डिजिटल अर्थतन्त्रका लागि सञ्चार पूर्वाधारको विकास, डिजिटल बैंकको स्थापना, सूचना प्रविधि उद्योगको प्रवर्द्धन तथा आर्थिक क्रियाकलापमा इन्टरनेट, मोबाइल एप्लिकेशन र अन्य नेटवर्कको प्रयोगलाई बढावा दिने बताए। यसबाट आर्थिक कारोबारको लागत घट्ने, समय बचत हुने, कार्यकुशलता वृद्धि हुने तथा पारदर्शिता र सुशासन प्रवर्द्धन भई प्रतिस्पर्धी क्षमताको विकास हुने अपेक्षा सरकारले गरेको बताए ।


संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने

 Krishna Shrivastav

काठमाडौं । अर्थतन्त्रको संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने भएको छ ।व्यवसायको लागत घटाई अर्थतन्त्रमा प्रतिस्पर्धात्मक क्षमताको विकास, कार्यकुशलता अभिवृद्धि, संस्थागत सुदृढीकरण, स्वदेशी र विदेशी लगानीमा वृद्धि, हरित अर्थतन्त्रको विकास, सूचना प्रविधि तथा नवप्रवर्तन, चौथो पुस्ताको औद्योगिकीकरण तथा डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा केन्द्रित बजेट सरकारले ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रलाई आर्थिक विकासको संवाहक बनाउनेतर्फ सुधार निर्देशित समेत बताए । व्यवसायमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रको मनोबल बढाइने तथा स्वदेशी एवं विदेशी पुँजी र प्रविधि आकर्षित गरिने

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

रासायनिक मलमा दोब्बर बजेट

 Krishna Shrivastav

काठमाडौं । सरकारले रानसायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको हो । चालु आर्थिक वर्ष २०७९/८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ का लागि १२ अर्ब बजेट विनियोजन भएको थियो भने आव ०७७/७८ मा ११ अर्ब रुपैयाँ रासायनिक मल खरिद लागि बजेट छुट्याएको थियो । रासायनिक मललाई चार वर्षको बजेट आव ०७७/७८–११ अर्ब आव ०७८/७९– १२ अर्ब आव ०७९/८०– १५

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सबै प्रकारका भत्ता खारेज, गाडी सुविधाको सट्टा नगद

 Krishna Shrivastav

काठमाडौं । सरकारकाले खर्च कटौतीको प्रयासस्वरुप सबै प्रकारका भत्ता खारेज गरेको छ । साथै सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित समयसँग औचित्य नरहेका २० वटा संस्था खारेज गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ ले दिएका सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्ने बताउँदै महतले उस्तै प्रकृतिका कार्यक्षेत्र भएकालाई एकअर्कालाई गाभिने बताए । सरकारी ढुकुटीमा खर्चको चाप परिरहेको बेला सरकारले आगामी आर्थिक वर्षका सबै प्रकारको प्रोत्साहन भत्ता, अतिरिक्त समय लगायतका भत्ता

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

स्थानीय तह र प्रदेशको वित्तीय हस्तान्तरण घट्यो

 Krishna Shrivastav

काठमाडौं । सरकारले स्थानीय तह र प्रदेश सरकारलाई दिने वित्तीय हस्तान्तरण घटाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दे घटाउने घोषणा गरेका हुन् । सरकारले ल्याएको बजेट अनुसार आगामी आर्थिक वर्षमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोढ रुपैयाँ र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड रुपैयाँ गरी १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण हुने भएको छ । सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई १ खर्ब ९१ अर्ब गरी २ खर्ब २७ अर्ब ६१ करोड हस्तान्तरणको

Breaking News, देश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

समाचार
News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

News

घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

News

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता