Krishna Shrivastav
बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ
Krishna Shrivastav

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
सरकारले व्युँतायो सांसद विकास कोष
Krishna Shrivastav

काठमाडौं । सरकारले सांसद विकास कोष व्युँताएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए ।
विद्युत प्राधिकरणले ऋण लिन सक्ने, निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउने
Krishna Shrivastav

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरण्को पुनर्संरचना गर्ने प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्राधिकरणले विद्युत विकास र प्रशारण लाइन निर्माणका लागि प्राधिकरणले व्यवसायिक संस्था सरह ऋण परिचालन गर्ने गरी कानुनी व्यवस्था गर्ने उनले बताए । यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को पुनरसंरचना गर्ने उनले बताए । निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउनेगरी कानुनी व्यवस्था गर्ने घोषण पनि अर्थमन्त्री महतले बजेटमा गरेका छन् ।
आगामी वर्ष राष्ट्रिय प्रणालीमा ९ सय मेगावाट बिजुली थपिने
Krishna Shrivastav

काठमाडौं। सरकारले आगामी आर्थिक ९ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थप हुने अनुमान गरेको छ। यसका आधारमा सरकारले बिजुलीको निर्यातलाई नयाँ आर्थिक स्रोतको रुपमा विकास गर्ने घोषणा गरेको छ । संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले पशे गरेको आगामी आर्थिक वर्षको बजेटमा बूढीगण्डकी जलासययुक्त आयोजनासहित दूधकोशी, माथिल्लो अरुण, चैनपुर सेती, जगदुल्ला, तामाकोशी पाँचौं, सिम्बुवा खोला, घुन्साखोला आयोजनाको निर्माण अघि बढाउने घोषणा पनि भएको छ। २ वर्षभित्र सबै घर परिवारमा बिजुलीको सेवा दिने घोषणा पनि बजेटले गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड रुपैयाँले बढ्यो
Krishna Shrivastav

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार मन्त्रालयको बजेट सामान्य बढाएका छन् । चालु आवमा सञ्चारमा ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए ।
सार्वजनिक-निजी साझेदारीमा दोलखा र बनेपामा इन्डोर फिल्म स्टुडियो बनाइने
Krishna Shrivastav

काठमाडौं । सरकारले सार्वजनिक-निजी साझेदारीमा दोलखा र काभ्रेको बनेपामा इन्डोर फिल्म स्टुडियो बनाउने घोषणा गरेको छ । बुधबार संसदमा आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् । नेपालमा चलचित्र पर्यटनको विकास गर्ने उद्देश्यले ती फिल्म स्टुडियो निर्माण गर्ने उनले बताए । साहसिक पर्यटन तथा चलचित्र पर्यटनको प्रवर्द्धन र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने भएको छ ।
शहरी विकास मन्त्रालयको बजेट झण्डै दोब्बर
Krishna Shrivastav

काठमाडौं । सरकारले शहरी विकास मन्त्रालयको बजेट वृद्धि गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरे । चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ। यस मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करीब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको हो ।
१०० रुपौयाँमै कम्पनी खोल्न पाइने, जग्गा भाडा र हदबन्दी सम्बन्धी कानुन संशोधन हुने
Krishna Shrivastav

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा उद्योग र लगानी प्रवर्द्धनका लागि लोकप्रिय कार्याक्रम अघि सारेको छ । स्वदेशी उद्योगको उत्पादनलाई स्वदेशमै खपत गर्ने, युवा र महिला उद्यमीलाई प्रोत्साहन, आविस्कार र नवप्रर्वतनमा जोड जस्ता कार्यक्रम बजेटमा छन् । एक सय रुपैयाँमै कम्पनी खोल्न पाउनेदेखि उद्योग तथा कम्पनी दर्तामा सूचना प्रविधिको अधिकतम् प्रयोगसम्मका लोकप्रिय कार्यक्रम बजेटमा छन् । कोभिड–१९ र आर्थिक संकुचनका कारण धर्मराएको विदेशी लगानी प्रोत्साहन गर्न सरकारले विदेशी लगानीमा थुप्रै सहजीकरणको घोषणा बजेटमा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको बजेटअनुसार विदेशी लगानीको न्यूनतम