Krishna Shrivastav
मेयर सिंहको सहजिकरणमा वीरगंजका चार स्थानमा नयाँ ट्रान्सफर्मर जडानको काम सुरु
Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । वीरगंजका विभिन्न स्थानमा नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर जडान गर्ने क्रममा स्थानीयबाट अवरोध हुनथालेपछि बिहीबार महानगरका मेयर राजेशमान सिंहले आफै ती स्थानमा पुगेर सहजीकरण गरेका छन् । वीरगन्ज र यसआसपासका क्षेत्रमा अहिलेको प्रचण्ड गर्मीका बेला विद्युत आपुर्तिमा समस्या भई छिन् छिन् मा लाइन कट्ने गरेको समस्या समाधानका लागि विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रले थप २० स्थानमा नयाँ ट्रान्सफर्मर जडान गरिरहेको छ । तर केहि स्थानमा स्थानीयवासीले ट्रान्सफर्मर राख्न नदिने भन्दै असहयोग र अवरोध गरेको गुनासो आएपछि बिहीबार मेयर सिंहले आफै चार स्थानमा पुगेर स्थानीयलाई सम्झाई बुझाइ