वीरगंज । रामनिवास पटेल । नेकपा एमालेको केन्द्रीय सल्लाहकार समितिको सदस्यमा पर्साका चर्चित नेता शिव पटेल मनोनित भएका छन ।
जिल्लाको राजनितिमा निकै सक्रिय र प्रखर वक्ताको रुपमा ख्याति कमाएका पटेल केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मनोनित भएका हुन ।
पटेलको सक्रियता र राजनितिक योगदानको कदर गर्दै पार्टीले सल्लाहकार समितिमा बुधबार मनोनित गरेको नेकपा एमालेले जनाएको छ।