Krishna Shrivastav
५० हजार घुससहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन पक्राउ
Krishna Shrivastav

वीरगंज । घुस लिएको आरोपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन (अधिकृत छैठौ तह) लेखनाथ भट्टराई पक्राउ परेका छन्। भट्टराई आज बिहान ५० हजार घुससहित पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले भट्टराईलाई शंखमुलबाट नियन्त्रणमा लिएको हो। सेवाग्राहीबाट ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने प्रयोजनको लागि ५० हजार घुस लिएको उनीमाथि आरोप छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
शेरबहादुर र शेखर चितवनमा
Krishna Shrivastav

वीरगंज । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र शिर्ष नेता शेखर कोइराला चितवन पुगेका छन्। नेपाल डेमोक्रयाटिक लयर एसोसिएसन (डिएलए नेपाल)को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न नेताहरु चितवन पुगेका हुन्। सो कार्यक्रमको उद्घाटन चितवनको रत्ननगर नगरपालिकाको निपनी स्थित होटल स्टार बैङ्कुटमा हुँदै छ । नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन शनिबार सकिनेछ । नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि चयन हुने छन्। नेतृत्वका लागि काङ्ग्रेसका दुई पक्षबीच प्रतिष्पर्धा हुँदै छ । अध्यक्षका लागि सिताराम केसी र लक्ष्मीदेवी रावल प्रतिष्पर्धामा छन्। रावल सभापति देउवा निकट हुन् भने केसी कोइराला निकट हुन्। महाधिवेशनमा