जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थित अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यू भएको छ ।
विहिबार दिउँसो करिब २ बजेको समयमा धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ३ मिथिलेश्वर मौवाही बस्ने चन्दर पण्डितकी ५५ बर्षिय श्रीमति सीतादेवी पण्डितको मृत्यू भएको छ । विहिबार दिउँसो भएको अत्यधिक गर्मीको साथै चलेको गरम हावाको कारण उनको मृत्यू भएको बताईएको छ ।
आफ्नै घरमा बसिरहेको अवस्थामा सीतादेवी अचानक लु लागेर ढलेको जनाइएको छ । विगत केही दिनदेखि तराई मधेशका अत्यधिक गर्मी बढेको छ । दिनमा ४३ डिग्रीसम्म तापक्रम जाने गरेको छ । अत्यधिक गर्मीको कारण विद्यालयहरु समेत बन्द गरिएको छ ।