Krishna Shrivastav
मेयर, उपमेयर र हाकिमबीच विवाद
Krishna Shrivastav

वीरगंज । रौतहटको देवाही गोनाही नगरपालिकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच तालमेल नहुँदा विकास निर्माणका काम प्रभावित भएको छ । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनिया देवी पटेल र प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहबीच रहेको आपसी विवाद, द्वन्द्व मतभेद तथा टकरावका कारण नगरमा विकास निर्माणका कामहरु ठप्प भएको स्थानीयहरुले गुनासो गरेका छन् । आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना असार आउन लागे पनि मेयर साह, उपमेयर पटेल र प्रशासकीय अधिकृत साहबीचको विवादका कारण अझै विकासका कामहरु अगाडि बढ्न नसक्दा करोडौं रकम फ्रिज हुने अवस्थामा पुगेको वडा नं. ९