• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गर्मीले जनजीवन प्रभावित : धमाधम बन्द हुँदै विद्यालय

  • वीरगंज संजाल
  • २६ जेष्ठ २०८०, शुक्रबार १६:१८
  • १६२५

    वीरगंज । अत्यधिक गर्मीका कारण दाङका स्थानीय तहले विद्यालयको पठन पाठन बन्द गर्न थालेका छन् । गर्मीका कारण जनजीवन प्रभावित बन्दै गएपछि दाङका विद्यालय बन्द हुन थालेका छन् । जिल्लामा आधा भन्दा बढी स्थानीय तहले औपचारिक रुपमा विद्यालयको पठनपाठन बन्दगर्ने गरी सूचना जारी गरेका छन् । अत्याधिक गर्मीले विद्यार्थीमा समस्या देखिन थालेपछि पठनपाठनमा समस्या भएको भन्दै शुक्रबारदेखि नै दाङका विद्यालय बन्द हुन थालेका छन् । तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरी विद्यालय बन्द गरेको छ । उपमहानगरका अनुसार पाँचदिनका लागि विद्यालय बन्द गरिएको हो । शुक्रबारदेखि जेठ ३० गतेसम्म तुलसीपुर क्षेत्रका सबै विद्यालयको पठन्पाठन बन्द गरिएको हो । यस्तै लमहीमा आइतबारदेखि विद्यालय बन्द हुने भएको छ । जिल्लाका अन्य पालिकाहरूले भने तयारी गरेको तर बन्द नै नगरिसकेको बताए । केहि दिनदेखि दाङ जिल्लामा अत्याधिक गर्मीका कारण विद्यालयको नियमित पठनपाठन गर्न कठिनाइ भएपछि पाँचदिनका लागि विद्यालय बन्द गरिएको तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए ।

    बिहीबार तुलसीपुर नगर शिक्षा समितिको निणर्य अनुसार यस क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय शुक्रबार (आज) जेठ ३० गतेसम्मका लागि बन्द गरिएको बताए । गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्नसक्ने सम्भावनालाई ध्यानमा राखेर यस्तो निणर्य गरिएको उनको भनाइ छ । विद्यालयमा विद्यार्थीहरू बेहोस् हुने,रुने,चिच्याउने जस्ता लक्षणहरू देखिँदै गएपछि केहीदिनका लागि पठनपाठन बन्द गर्नुपरेको उनी बताउँछन् । पढ्दापढ्दै विद्यार्थीहरू बेहोस् हुने,रुने,चिच्याउनेजस्ता समस्या देखिन थाल्यो, उनले भने,’ एसी,पंखासहितको संरचना भएका कक्षाकोठामा पनि विद्यार्थीहरू बिरामी हुन थालेपछि पाँचदिनसम्मका लागि विद्यालय बन्द गरेका हौँ ।’अत्याधिक गर्मी बढेसँगै माध्यमिक विद्यालय तुलसीपुर सेन्टर,वीरेन्द्र मावि भ्युडर सुनपुर,सृजनशिल आधारभूत विद्यालय छोटे,मावि रनियापूर लगायतका विद्यालयमा विद्यार्थीहरू बिरामी हुन थालेपछि तत्कालका लागि विद्यालय बन्द गरिएको बताए । जेठ २७ गते आइतबारदेखि विद्यालय बन्द गर्ने भनिएपछि विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर शुक्रबारदेखिनै विद्यालय बन्द गरिएको उनको भनाइ छ । यसैगरी लमही नगरपालिकाले पनि आइतबारदेखि विद्यालय बन्द गर्ने भएको छ । गर्मीका कारण बिरामी विद्यार्थीको संख्या क्रमिक रुपमा बढ्दै जान थालेपनि एक हप्ताको लागि विद्यालय बन्द गर्न लागिएको लमही नगरपालिकाका शिक्षा शाखा प्रमुख रवीन्द्र क्षत्रीले बताए । विद्यालय केन्द्र बनाएर सरकारले दादुरा र रुवेला विरुद्धको खोप अभियान सञ्चालन गरेकाले आइतबारबाट विद्यालय बन्द गर्नुपरेको उनले बताए ।

    शुक्रबारदेखि विद्यालय बन्द गर्ने भनिए पनि विद्यार्थी खोप लगाउन आउनुपर्ने भएकाले आइतबार सारिएको उनले जानकारी दिए । उनका अनुसार गर्मीका कारण विद्यार्थीहरु बेहोस हुने,डराउने,रुने जस्ता लक्षण देखिएको भन्दै दैनिक रिर्पोटहरु आउने गरेको छ । बिरामी हुने विद्यार्थीहरूमध्ये ढलान गरिएका कक्षाकोठामा पढ्ने विद्यार्थीको कम रहेको छ । मौसम परिवर्तन भएमा एकसाता पछि विद्यालयको पठनपाठन पुनः सञ्चालन गरिनेछ । मौसमको अवस्था यथावत रहेमा थप केहीदिन पठनपाठन बन्द हुन सक्ने उनको भनाइ छ । ‘मौसम परिवर्तन भयो, गर्मी कम भयो भने विद्यालय एकसातापछि विद्यालय खुल्छ,नभए केहीदिन थप बन्द हुन सक्छ,उनले भने ,‘हामीले सूचनामा नै मौसको अवस्था हेरेर समय थप गर्न सकिने कुरा उल्लेख समेत गरेका छौँ ।’ यसैगरी दंगीशरण गाउँपालिकाले गर्मी कायमै रहे विद्यालय बन्द गर्ने भएको छ । विद्यालय कहिलेदेखि बन्द गर्ने भन्ने विषयमा कुनै निणर्य नभएपनि मौसम प्रतिकूलताका आधारमा विद्यालय बन्द गर्न सकिने दंगीशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले जानकारी दिए ।’यस्तै गर्मी भइरहयो भने विद्यालय बन्द गर्नुपर्ने हुन्छ,उनले भने,‘कहिले देखि बन्द गर्ने भन्ने विषयमा निर्णय भने भएको छैन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑