पर्सा । पर्साकाे पाेखरिया नगरपालिका वडा नम्बर ९ बैरियाका आगलागी पिडित परिवारलाई एक पराेपकारी संस्थाले खाद्यान्न सामग्री सहयाेग गरेकाे छ ।
बैरियाका आगलागी पिडित देवलाल मुखियाकाे परिवारलाई जन सेवा नामक पराेपकारी संस्थाले १ बाेरा पिठाे, २ बाेरा चामल , १ बाेरा प्याज र १ बाेरा आलु सहयाेग गरेकाे हाे ।
शुक्रबार संस्थाका संयाेजक बृजेश्वर प्रसाद चाैधरीसहितकाे टाेलीले पिडित मुखियाकै घरमा पुगेर ती खाद्यान्न सामग्री हस्तान्तरण गरेकाे हाे । त्यसअवसरमा वडाध्यक्ष नाैशाद आलम, संस्थाका सदस्य कन्हैया पटेल, अशाेक श्रीवास्तव, पत्रकार रामराज्य यादव, दिनेश मिश्रा , पाेखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वा लगायतकाेपनि उपस्थिति थियाे ।