आउँदो मंगलबारदेखि नेपालमा मनसुन प्रवेश हुने र गर्मी कम हुने मौसमविद्को अनुमान

 Krishna Shrivastav

वीरगंज । नेपालमा आउँदो मग्लबारदेखि गर्मी केही कम हुने मौसमविद्ले अनुमान गरेका छन् ।अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय अवस्थाका कारण आउँदो मङ्गलवारदेखि नेपालमा मौसम बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए । यी दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मङ्गलवार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनले बताए । आज मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तरभागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहन लाभ हुने समय छ । घरमा अतिथिको आगमन हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वादिष्ट भोजन पाइनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । दैनिक

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गर्मीबाट राहत दिन घण्टाघर चोकमा निःशुल्क सातु–पानी वितरण

 Krishna Shrivastav

वीरगंज । प्रचण्ड गर्मीले आजित बनाइरहेका बेला वीरगन्जमा शनिबार बटुवा , यात्रु, रिक्सा र ठेला चालकहरुलाई निःशुल्क सतुवा पानी खुवाइएको छ ।सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारले घण्टाघर चोकमा शनिबार दिउँसो निःशुल्क सातु र चिसो पानी खुवाएको हो । गर्मीबाट थोरै भएपनि राहत पुगोस् भनेर शनिबार घण्टाघर चोकमा बटुवा, यात्रु ,रिक्सा , ठेला , अटो चालक गरि करिब ५ सय ५० जनालाई निःशुल्क सातु र चिसो पानी खुवाइएको सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारका उपाध्यक्ष प्रवेश सर्राफले बताए । चनाको सातु चिसो पानीमा घोलेर त्यसमा कागती , प्याज ,हरियो खुर्सानी र मसला

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश प्रदेश : श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

 Krishna Shrivastav

सर्लाही । श्रीमानको कुटपिटबाट सर्लाहीको हरिपुरमा श्रीमतीको मृत्यु भएको छ।५० वर्षीय राजाराम साहको कुटपिटबाट गम्भीर घाइते भएकी हरिपुर नगरपालिका–६ की इन्द्रकला देवीको शनिबार मृत्यु भएको हो। गत सोमबार राजारामले श्रीमती इन्द्रकलालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। कुटपिटबाट गम्भिर घाइते भएकी उनलाई तत्काल नवलपुरस्थित अस्पताल पु¥याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि तत्काल वीरगंज लगिएको आफन्तको भनाइ छ। तर, वीरगन्जबाट पनि २३ गते नै घर ल्याएर राखेपछि इन्द्रकलाको स्वास्थ्य थप जटिल भएको थियो । २४ गते उनलाई फेरि जनकपुरस्थित अस्पताल लगिएको थियो। उपचारको क्रममा स्वास्थ्य अवस्था थप जटिल बनेको भन्दै उपचार नगरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनुषा प्रहरीको हिरासत कक्षबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ

 Krishna Shrivastav

वीरगंज । धनुषा प्रहरीको हिरासत कक्षको पर्खाल फोडेर फरार भएका थुनुवा साढे ४ महिनापछि पक्राउ परेका छन् । शनिबार बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले भारतको सितामढीबाट महोतरीको औरही बजार स्थित आफ्नो दिदिको घरमा आउँदै गरेको अवस्थामा फरार थुनुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । गत माघ १६ गते बिहान करिब साढे ३ बजेको समयमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको पर्खाल भत्काई फरार भएका क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया बस्ने २५ वर्षीय रोशन यादव

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हेटौडामा ७० वर्षमाथिका दम्पत्तिको शव झुण्डिएको अवस्थामा फेला

 Krishna Shrivastav

वीरगंज । हेटौडामा ७० वर्षमाथिका दम्पत्तिको शव झुण्डिएको अवस्थामा फेला परेको छ । हेटौंडा उपमहानगरपालिका– वडा नं १ चाइना क्वाटरस्थित आफ्नै घरको पूजा कोठामा उनीहरु मृत फेला परेका हुन् । ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्द कुमारी दाहाल झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटना बारे थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।


सुनकोशीमा जीप खस्दा बेपत्ता भएका थप एक जनाकाे शव भेटियाे

 Krishna Shrivastav

वीरगंज । सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका तीन जनाकै शव भेटिएको छ । हराइरहेका यमप्रसाद भुर्तेलको शव दुर्घटनास्थलबाट झण्डै ९५ किलोमिटर तल उदयपुर ताप्ली गाउँपालिका-५ मा सुनकोशी नदीको किनारमा आज फेला परेकाे जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जनाएको हाे । जेठ १९ गते भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको जीप सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक कृष्ण केसी, योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए । बेपत्तामध्ये केसी र पौडेलको शव जेठ २३ गते फेला परेको थियो । जीपका चालक

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

 Krishna Shrivastav

वीरगंज । महोत्तरीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको औरही नगरपालिका-२ का ६० वर्षीय ताहिर अंसारी रहेको प्रहरीले जनाएको छ। शनिबार औरही–बर्दिबास भित्रि सडक खण्डमा बर्दिवास नगरपालिका-२ बुद्ध चौकस्थित विद्युतीय पोल लोड गरेको ज १ त १७४३ नम्बरको ट्याक्टरमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ज४ प २३५१ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए। उनका दुर्घटनामा गम्भीर घाइते भएका अन्सारीको बर्दिवासस्थित सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल र ट्याक्टर इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अनुदान दुरुपयोग हुन नदिन वास्तविक किसानहरुको पहिचान गर्दै वीरगन्ज महानगर

 Krishna Shrivastav

वीरगंज । सरकारी अनुदान दुरुपयोग हुन नदिनका लागि वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रमा रहेका वास्तविक कृषकको पहिचानका लागि अभियान चलाउने भएको छ । वास्तविक कृषकको पहिचान नहुँदा सेवा प्रवाह गर्न महानगरपालिकालाई कठिनाई हुनुका साथै कृषकका नाममा गैह्र कृषकले सरकारी अनुदानको फाइदा लिइरहेको भेटिएकाले त्यसैलाई मध्यनजर गरि महानगरले वास्तविक कृषकको पहिचानका लागि अभियान चलाउन लागेको हो । महानगरका मेयर राजेशमान सिंहले सरकारी अनुदानको दुरुपयोग हुनबाट रोक्नका लागि महानगरपालिकाले वास्तविक कृषकहरुको पहिचानका लागि अभियान चलाउन लागिएको बताए । कृषकलाई विभिन्न सीप सिकाउँदै आत्मनिर्भर बनाउन र उनीहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिन कृषक पहिचान आवश्यक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

फेरि मधेस आन्दोलन हुन्छ , वीरगंजवासी तयार भएर बस्नु होला : सिके राउत

 Krishna Shrivastav

वीरगंज । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले मधेस आन्दोलनका माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको बताएका छन् ।विगतमा भएका मधेस आन्दोलनमा मधेसी नेताहरुले गद्धारी गरेका कारण मधेसका माग पुरा नभएकाले ती माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको राउतले बताएका हुन् । शनिबार वीरगन्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले भने,‘ मधेसी नेताहरुले गद्धारी गरेका कारण मधेस आन्दोलनका कुनैपनि माग पुरा भएको छैन , त्यसकारण अब जनमत पार्टीले मधेस आन्दोलनलाइ अगाडि बढाउने तयारी गरिरहेको छ , अबको आन्दोलन सरकार , सदन र सडक तीनै

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीमा जलाउदै गरेकाे महिलाकाे शव प्रहरी नियन्त्रणमा

 Krishna Shrivastav

वीरगंज । सर्लाहीको हरिपुरमा जल्दै गरेको चिताबाट प्रहरीले एक महिलाको शव नियन्त्रणमा लिएको छ । शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले हरिपुर नगरपालिका–६ लक्ष्मीपुरका राजाराम साहकी श्रीमति इन्द्रकला देवीको शव नियन्त्रणमा लिएको हो । कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन थालेको भन्दै प्रहरीले शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । ५० वर्षीय श्रीमान राजारामकै कुटपिटबाट इन्द्रकलाको मृत्यु भएको प्रहरीको आशंका छ । श्रीमतिलाई मरणासन्न हुनेगरी कुटपिटपछि राजाराम फरार भएकाले पनि प्रहरीले घटनाबारे अनुसन्धान गरेको जनाएको छ । हाल राजारामको खोजी भइरहेको प्रहरी उपरीक्षक सुवेदीले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेसमा मिटरव्याजी विरुद्ध १८ हजार भन्दा बढी उजुरी, पर्सामा १३ सय २१

 Krishna Shrivastav

वीरगंज । मधेस प्रदेशका आठ जिल्लामा मात्रै मिटरव्याजीविरुद्ध १८ हजारभन्दा बढी उजुरी परेका छन्। गत वैशाख १७ गते मन्त्रिपरिषद् बैठकले गठन गरेको जाँचबुझ आयोगमा जेठ २६ गतेसम्म १८ हजार ७१ उजुरी परेको हो। तीमध्ये १३९ उजुरीमाथि छलफल भइरहेको र १२६ मुद्दामा मिलापत्र भएको आयोगले जनाएको छ। त्यस्तै दुई उजुरीमाथि मुद्दा दायर भएको छ। आयोगका अनुसार सबैभन्दा बढी बाराबाट ३ हजार ३२२ उजुरी परेका छन्। तीमध्ये १० उजुरीमाथि छलफल भई मिलापत्र गरिएको जाँझबुझ आयोगले जनाएको छ। त्यस्तै पर्सामा १ हजार ३२१ उजुरी दर्ता हुँदा १४ उजुरीमा छलफल भइरहेको छ भने रौतहटमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सामा सिके राउतकाे क्रेज : प्रह्लाद गिरि, करिमा, शशीकपुर पनि जनमत पार्टीमा प्रवेश

 Krishna Shrivastav

वीरगंज । पर्सामा जनमत पार्टीमा प्रवेश गर्नेहरुकाे लहर बढेकाे छ । वीरगन्जमा शनिबार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतकाे प्रमुख आतिथ्यतामा आयाेजित बृहत पार्टी प्रवेश कार्यक्रममा पुर्व राज्यमन्त्री , संविधानसभा सदस्य , पुर्व पररदेशसभा सदस्यका साथै मधेस आन्दालेनका चर्चित नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टीमा प्रवेश गर्नेहरुमा संघीय सरकरकाे पुर्व कृषिराज्य मन्त्री एंव संविधानसभा सदस्य करिमा बेगम , नेकपा एकीकृत समाजवादीका नेता एंव पुर्व प्रदेशसभा सदस्य प्रहलाद गिरि, लाेसपाका केन्द्रीय सदस्य शशीकपुर मियाँ, नेकपा माओवादीका केन्द्रीय सदस्य सिपु तिवारी , लाेसपाका नेता सुधिरनाथ पाण्डे , युवा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा सांकेतिक भाषा सम्बन्धि १० दिने तालिम सम्पन्न

 Krishna Shrivastav

वीरगंज । बहिरा नागरिकसँग संचार गर्न सहज होस् भन्ने उदेश्यले वीरगन्जमा सरोकारवालाहरुलाई सांकेतिक भाषाको तालिम दिइएको छ । पर्सा बहिरा संघको आयोजना र वीरगन्ज महानगरपालिकाको सहयोगमा सरोकारवालाहरुलाई १० दिने आधारभूत सांकेतिक भाषा तालिम दिइएको हो । १० दिनको तालिमबाट प्रशिक्षार्थीले सांकेतिक भाषाका आधारभूत ज्ञान सिकेका छन् । सार्वजनिक सेवा प्रदान गर्ने कार्यालयका प्रतिनिधिलाई बहिरा नागरिकसँग संचार गर्न सहज होस् भनेर तालिम दिइएको पर्सा बहिरा संघका उपाध्यक्ष समिक्षा सापकोटाले बताइन् । भाषागत ज्ञान बृद्धिका लागि तालिम फलदायी रहेको र तालिममा सिकेका ज्ञान व्यवहारमा उतार्दै बहिरा नागरिकहरुसँग सहज संचार गर्ने वातावरण बनाएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजकाे नगवामा साढे ४ लाख लिटर क्षमताको पानी ट्याङ्कीकाे निर्माण सुरु

 Krishna Shrivastav

वीरगंज । नेपाल खानेपानी संस्थानले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा निर्माण गर्न लागेको साढे ४ लाख लिटर क्षमताको पानी ट्याङ्की (डीप बोरिङ) को शनिबार शिलान्यास गरिएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रुपमा हिन्दू धर्म संस्कृतिअनुसार पूजापाठ गर्दै खानेपानी पानी ट्याङ्की (डीप बोरिङ) को शिलन्यास गरेका हुन् । नगवामा निर्माण हुनलागेको पानी ट्याङ्कीले वडा नम्बर १५ र १६ का लगभग ४५ हजार घरधुरीलाई लाभान्वित गर्ने बताइएको छ । शिलान्यास कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पर्सा निर्वाचन क्षेत्र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

२९ जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान

 Krishna Shrivastav

वीरगंज | न्यायपरिषद्ले पुनः जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको छ । परिषद्ले शुक्रबार एक सूचना निकाल्दै २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको हो । परिषद्का अनुसार हाल जिल्ला तहमा ३७ न्यायाधीशको पद रिक्त छ । सूचनाअनुसार आन्तरिक खुलाबाट १५ र खुलाबाट सातजनाको नियुक्ति हुनेछ । यसैगरी महिला, आदिवासी जनजाति र मधेसी समूहबाट दुई–दुईजना तथा दलित समूहबाट एकजना नियुक्त हुने गरी सूचना प्रकाशित भएको छ । सूचना प्रकाशित मितिले ३० दिनभित्र र दोब्बर दस्तुर तिरी थप सात दिनभित्र आवेदन दिन पाइनेछ । नेपालको संविधानको धारा १४९ (२) को खण्ड (ख) र (ग) बमोजिम न्यायाधीश नियुक्तिको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल शिक्षक संघ वीरगंज महानगर को नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न

 Krishna Shrivastav

वीरगंज । नेपाल शिक्षक संघ वीरगंज महानगर कार्यसमिति पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको पदाधिकारी र सदस्यहरुको सपथग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ । नेपाल शिक्षक संघ वीरगंज महानगर कार्यसमिति पर्साका नवनिर्वाचित अध्यक्ष रविभुषण प्रसाद चौरसिया उपाध्यक्ष बबिता चौधरी,उपाध्यक्ष साबिरअहमद रेयाज,सचिव विजय कुमार यादव,सचिव अर्थ मनोज कुमार रौनियार,सह सचिव रामअयोधया महतो,सह सचिव बबिता मंडल,सह सचिव अर्थ पुनम दिवेदी,सह सचिव समावेशी अकलेस मिश्र,सदस्य गुडिया रानि मिश्र,बिनोद पटेल लगायत २६ जना सहितका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत बिनोद मेहता ले प्रमाणत्रपत्र प्रदान गरि पदस्थापन गराएका थिए । निर्वाचन अधिकृत बिनोद मेहता

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गर्मीसँगै सर्पदंशको जोखिम

 Krishna Shrivastav

वीरगंज । गर्मी बढेसँगै सर्पदंशका घटना बढ्ने जोखिम देखिएको छ । गर्मी र बर्खामा सर्प जमिनमूनीबाट बाहिर निस्कन्छन् । नेपालमा वर्षमा झण्डै ३० जनाले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । कतिपय अवस्थामा उचित उपचार नहुँदा शारीरिक अपाङ्गता पनि बेहोर्नुपर्छ । नेपालका २६ जिल्लाहरू सर्पदंशबाट अति प्रभावित मानिएको छ । सर्पले टोकेपछि बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा जटिल समस्या उत्पन्न गरेको र ज्यानै समेत जाने गरेको छ । जुनोटिक तथा सरुवा रोग नियन्त्रण शाखाका अनुसार नेपालमा कम्तीमा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

News

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

News

महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

News

देशभर बर्षा र बाढीको चेतावनी

News

आज राष्ट्रीय धान दिवस