• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजकाे नगवामा साढे ४ लाख लिटर क्षमताको पानी ट्याङ्कीकाे निर्माण सुरु

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०८०, शनिबार १९:५३
  • २२४५

    वीरगंज । नेपाल खानेपानी संस्थानले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा निर्माण गर्न लागेको साढे ४ लाख लिटर क्षमताको पानी ट्याङ्की (डीप बोरिङ) को शनिबार शिलान्यास गरिएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रुपमा हिन्दू धर्म संस्कृतिअनुसार पूजापाठ गर्दै खानेपानी पानी ट्याङ्की (डीप बोरिङ) को शिलन्यास गरेका हुन् । नगवामा निर्माण हुनलागेको पानी ट्याङ्कीले वडा नम्बर १५ र १६ का लगभग ४५ हजार घरधुरीलाई लाभान्वित गर्ने बताइएको छ । शिलान्यास कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) समेत रहेका प्रादीप यादवले पानी ट्याङ्की निर्माणले वडावासीले भोगिरहेको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरे । पछिल्लो समय जलवायू परिवर्तन र बढ्दै गएको तापक्रमका कारण जमिनमुनीको पानीको तह घट्दै जाँदा चापाकलमा समेत पानी आउन छोडेपछि वर्तमान मागलाई सम्बोधन गर्न पानी ट्याङ्की निर्माणको काम सुरु गरिएको उनले बताए । ‘अहिलेको माग र भविष्यमा हुनसक्ने सम्भावित मागलाई समेत पूर्ति गर्ने दिर्घकालिन उद्देश्यका साथ पानी ट्याङ्की निर्माण गरिँदै छ,’ उनले भने ।

    अहिले महत्व नबुझे एकदिन एकएक बुँद पानीका लागि छट्पटाउनु पर्ने अवस्था आउन सक्ने बताउँदै पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवले भने, ‘हामीले पानीको महत्व बुझिरहेका छैनौँ, जति मन लग्यो त्यती पानी खर्च गर्छौं । तर, पानी सिमित छ भने कुरा बुझ्न जरुरी छ, हामीले अनावश्यक पानी बर्बाद गर्नुहुँदैन ।’ जलवायू परिवर्तन र विभिन्न कारणले जमिनमुनि रहेको पानीको सतह तल झर्दै गइरहेको उल्लेख गर्दै उनले थपे, ‘रुख रोप्ने, घरघरमै वाटर रिचार्जको उपाय अपनाउन थाल्न हामीले ढिलाइ गर्नुहुँदैन ।’वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि तराई-मधेसका क्षेत्रहरुमा देखिएको पानीको समस्या गम्भीर भएको बताए । पानी उपयोगमा सचेत हुनुपर्ने सुझाव दिँदै उनले भने, ‘हामीलाई अनावश्यक ढङ्गले पानी खर्चिने बानी छ, यो गलत हो । पानीको महत्व हामीले नबुझे एकदिन हाकाहारको सामना गर्नुपर्छ ।’ आवश्यकता भन्दाबढी पानी खर्च गर्ने बनी त्याग्नपनि उनले आग्रह गरे ।

    मेयर सिंहले पानीको समस्या समाधानका लागि नेपाल खानेपानी संस्थानसँग मिलेर महानगरका विभिन्न वडामा ४ हजार धारा निःशुल्क रुपमा जडान गर्न लागिएको जानकारी गराए । वीरगन्जमा देखिएको खानेपानीको समस्यालाई समाधान गर्न थप रुख रोप्नुपर्ने आवश्यकता औल्याउँदै उनले थपे, ‘हामीले हरियालीको महत्व पनि बुझेका छैनौँ । जेमा पनि कंक्रीट मन पराउँछौँ । यो गलत हो, आफ्नो घर, आँगन, मूलद्वार अगाडि रुख रोपौँ । रुख रोप्दा पनि धेरै हदसम्म पानी आभावको समास्या समाधान हुन्छ ।’वीरगन्जलाई हराभारा बनाउन महानगरले हरेक सम्भव प्रयास गरिरहेको उनले बताए । एक फरक प्रसङ्गमा बोल्दै मेयर सिंहले सङ्घ र प्रदेश सरकारबाट वीरगन्ज हेपिएको टिप्पणी गरे । देशकै प्रमुख व्यापारिक केन्द्र भएतापनि वीरगन्जले सरकारबाट पर्याप्त बजेट नपाएको गुनासो गर्दै उनले आगामी बजेट र नीति तथा कार्यक्रम मार्फत विशेष बजेटको व्यवस्था गर्न माग गरे । सङ्घ सरकारको बजेटबाट नेपाल खाने पानी संस्थानले निर्माण गर्न लागेको वीरगन्ज जलापूर्ति परियोजनाको कूल लागत ५३ करोड ३२ लाख २४ हजार २२० रुपैयाँ ५८ पैसा रहेको छ । परियोजना दुई वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑