वीरगंज । बहिरा नागरिकसँग संचार गर्न सहज होस् भन्ने उदेश्यले वीरगन्जमा सरोकारवालाहरुलाई सांकेतिक भाषाको तालिम दिइएको छ । पर्सा बहिरा संघको आयोजना र वीरगन्ज महानगरपालिकाको सहयोगमा सरोकारवालाहरुलाई १० दिने आधारभूत सांकेतिक भाषा तालिम दिइएको हो ।
१० दिनको तालिमबाट प्रशिक्षार्थीले सांकेतिक भाषाका आधारभूत ज्ञान सिकेका छन् । सार्वजनिक सेवा प्रदान गर्ने कार्यालयका प्रतिनिधिलाई बहिरा नागरिकसँग संचार गर्न सहज होस् भनेर तालिम दिइएको पर्सा बहिरा संघका उपाध्यक्ष समिक्षा सापकोटाले बताइन् ।
भाषागत ज्ञान बृद्धिका लागि तालिम फलदायी रहेको र तालिममा सिकेका ज्ञान व्यवहारमा उतार्दै बहिरा नागरिकहरुसँग सहज संचार गर्ने वातावरण बनाएको महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए । २५ जना प्रशिक्षार्थी सहभागि तालिम जेष्ठ १६ गतेबाट सुरु भएर शुक्रबार सम्पन्न भएको हो ।