पोखरियामा अस्पताल छ, उपचार छैन ! के गर्दै छ स्थानीय सरकार ?

 Krishna Shrivastav

वीरगंज । पर्साको ग्रामीण भेगमा रहेको पोखरिया अस्पतालमा चाहेको बेलामा उपचार सेवा नपाइने गरेको स्थानीयबासीले गुनासो गरेका छन् । नगरपालिकामा रहेको पोखरिया अस्पतालमा गुणस्तरीय उपचार सेवा तथा औषधीसमेत नपाउने गरेको स्थानीयबासीको भनाइ छ । अस्पतालको सेवा प्रभावकारी नहुँदा दोस्रो सदरमुकामको रूपमा रहेको पोखरिया नगरपालिकासँगै आसपासका पालिकाहरूका बिरामीसमेत मर्कामा परेका छन् । आफ्नै गाउँघरको नजिकै सेवा पाइने उद्देश्यले पोखरिया अस्पताल खोलिएको भए पनि त्यहाँ उपचार प्रभावकारी रूपमा नहुँदा नगरवासीसँगै आसपासका पालिकाका बिरामीहरूलाई समेत वीरगञ्ज नै आउनुपर्ने बाध्यता रहेको छ । पोखरिया नगरपालिकासँगै पोखरिया असपतालमा धोबिनी गाउँपालिका, छिपहरमाई, ठोरी, पकहामैनपुर, जगरनाथपुर गाउँपालिका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विश्वकप छनोटमा पुरानो लय कायम राख्ने विश्वास छ : आसिफ शेख

 Krishna Shrivastav

वीरगंज । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याटर आसिफ शेखले विश्वकप छनोटमा पुरानै लयलाई कायम राख्ने विश्वास व्यक्त गरेका छन् ।विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेका वीरगन्जका क्रिकेटर आसिफले आईसीसीसँगको कुराकानीमा नेपालको लय कायम रहने बताएका हुन् । क्रिकेट विश्वकप लिग टु मा नेपालले अन्तिम १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा स्थान पक्का गरेको थियो ।जसमा नेपालले युएई विरुद्धको अन्तिम खेलमा डिएलएस मेथडमा ९ रनको रोमाञ्चक जित हात पारेको थियो । जसले कीर्तिपुरमा नेपाली क्रिकेट टिम र समर्थकमाझ खुशी छाएको थियो ।‘यो छनोटमा पुग्नु अविश्वसनीय थियो,’ शेखले भने,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बालुवाटारमा सत्ता गठबन्धन दलका नेताहरूबीच छलफल

 Krishna Shrivastav

वीरगंज । सत्ता गठबन्धन दलका नेताहरूबीच समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनको बैठक बस्ने, बजेटका सम्बन्धमा गठबन्धन दलका धारणालगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री दाहालले बजेट सदनमा प्रस्तुत भइसकेको अवस्थामा केही विषय आवश्यकताअनुसार मिलाइएर जान सकिने बताएका थिए । बजेटमा प्रस्तुत विषयलाई लिएर सत्ता साझेदार नेकपा (एकीकृत समाजवाद) र जनता समाजवादी पार्टी नेपालले केही बुँदामा विमति प्रकट गरेका छन् । सोही विषयमा पनि शीर्ष नेताहरूबीच छलफल भएको हो । छलफलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री दाहाल प्रचण्ड,

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । काठमाडौं महानगरपालिका-११ भोटेवहाल शान्तिमार्ग बस्ने शेरबहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका-१ घर भई सोही महानगरपालिका-११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार रूपैयाँ, १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रङ्को कोईन १ सय १९ थान र जुवाको हिसाब राखेको कपीसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।


बाराको सशस्त्र प्रहरीद्वारा भन्सार नतिरी नेपाल भित्रिएको भारतीय स्करपियो गाडी नियन्त्रण

 Krishna Shrivastav

वीरगंज । सशस्त्र प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका-१, वीरेन्द्र चोकबाट भन्सार महसुल नतिरेको भारतीय नम्बर प्लेटको स्करपियो नियन्त्रणमा लिएको छ । सोमबार बैरियाबाट सिम्रौनगढतर्फ जाँदै गरेको एचआर २६ बीबी ००४० नम्बरको सेतो रङको भारतीय स्करपियो प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।


मधेस प्रदेश : एमालेले समर्थन फिर्ता लिएको ३० औं दिनमा मुख्यमन्त्री यादव विश्वासको मत लिँदै

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एमालेले समर्थन फिर्ता लिएको ३० औं दिनमा विश्वासको मत लिन लागेका हुन । संवैधानिक व्यवस्था अनुसार सरकार निर्माणमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनु पर्ने व्यवस्था छ । नेकपा एमाले सरकार निर्माणको क्रममा सहभागी भएकाले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव आज साँझ ५ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रदेशसभाका सचीव रंजितकुमार यदवले जानकारी दिए । नेकपा एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रदेशसभामा १०७

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख

 Krishna Shrivastav

वीरगंज । सिरहामा सूर्यनारायण सत्यनारायण मोरबैता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवम् प्राध्यापक कार्यकक्षमै थुनिएका छन् । सोमबार जनमत विद्यार्थी संघले उनीहरुलाई कार्यकक्षमै एक घण्टा थुनेका थिए । स्ववियू निर्वाचनमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्नुपर्ने माग गर्दै क्याम्पस प्रमुख र प्राध्यापकलाई थुनिएको सभापति दीपेन्द्र यादवले जानकारी दिए । उनका अनुसार क्याम्पस प्रशासनले निर्वाचित भएको दुई महिना वितिक्सदासमेत प्रमाणपत्र दिएका छैनन् । क्याम्पस प्रमुख रामहित यादव, सहायक क्याम्पस प्रमुख ब्रह्मदेव यादव, प्रशासन प्रमुख प्रदीप यादव र निर्वाचन समितिका सदस्य देवशंकर यादवलाई उनीहरुले कार्यकक्षमा थुनेका थिए । गत चैत ५ मा भएको स्ववियू

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बिबाह मण्डपबाटै बेहुलाबेहुली नियन्त्रण

 Krishna Shrivastav

वीरगंज । बालबिबाहको अभियोगमा धनकुटामा प्रहरीले एक जोडीलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिएको छ । धनकुटा नगरपालिका–४ देब्रेबासस्थित बेहुलाका घरबाट १९ वर्षीय बेहुला नरेश मङराती र १५ वर्षीया बेहुली सफला खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, पक्राउ पर्नेमा बेहुलाका बाबु कृष्ण पनि रहेको प्रहरीले जनाएको छ । गत वैशाख १ गते नरेश र सफताले भागेर बिबाह गरेको बेहुलीका बुबा आशिकले जानकारी दिनुभयो । धनकुटा प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (डीएसपी) नरेन्द्र कुवँरले केटाकेटीको उमेर २० वर्षभन्दा कम भएकाले कानुन बमोजिम प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । उता बेहुलाकी आमा मैयाले

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

खुकुरी प्रहार गरी काठमाडौंमा भाइद्धारा दाजुको हत्या

 Krishna Shrivastav

वीरगंज । काठमाडौंमा आफ्नै भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । काठमाडौं महानगरपालिका २३ ओमबहालमा बस्ने २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गरी आफ्नै दाजु वर्ष ४५ का सूर्य शाक्यको हत्या गरेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेको प्रहरीले जनाएको छ । दाजुको हत्या गरी फरार रहेका भाइ सुरजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


महोत्तरीमा बलात्कार आरोपमा एकजना पक्राउ

 Krishna Shrivastav

वीरगंज । महोत्तरीमा बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । २१ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा बर्दिबास नगरपालिका–१०, खैरबना बस्दै आएका ४५ वर्षीय सोमबहादुर थिङलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । थिङले स्थानीय जंगलमा ती महिलाको बलात्कार गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


स्वर्गद्वारीबाट फर्किँदै गरेको कार दुर्घटना, आठ जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । प्यूठानमा कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री बोकेको कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो। जीपमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका –१५ का ३५ वर्षीया सरिता शर्मा पोख्रेल, निजको छोरा १४ वर्षीय विशाल पोख्रेल, ९ वर्षीय विकाश पोख्रेल रहेका छन् । त्यसैगरी लमही नगरपालिका –५ का ४९ वर्षीय ताराबहादुर कुमाल, लमही नगरपालिका –७ का

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

इमर्जिङ टिम्स एसिया कप : नेपाल पाकिस्तानसँग ९ रनले पराजित

 Krishna Shrivastav

वीरगंज । महिला इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ । मंगलबार हङकङको मिसन रोड ग्राउन्डमा भएकाे खेलमा ८८ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्रै बनाएको हो । नेपालका लागि ओपनर ब्याटर कविता कुँवरले सर्वाधिक २० रन बनाइन् । त्यस्तै कविता जोशीले १५ रन बनाइन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानका लागि तुबा हसन र साइदा अरूब शाहले २/२ र अनुशा नासिर र उम-ए-हानीले १/१ विकेट लिए । यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

काठमाडौं महानगरले लगायो दुई अस्पतालमा ताला

 Krishna Shrivastav

वीरगंज । दर्ता नै नगरी सञ्चालनमा रहेका काठमाडौँ महानगरपालिकाका दुईवटा अस्पतालमा आज काठमाडौँ महानगरपालिकाले ताला लगाएको छ । दर्ता नगरी सञ्चालनमा रहेको वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पतालमा कामपा जनस्वास्थ्य विभागले ताला लगाएर बन्द गरेको हो । स्वास्थ्यजस्तो संवेदनशील सेवा प्रदान गर्ने स्थान दर्ता नै नभएको पाइएपछि बन्द गराएका कामपा जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल भन्छन्, “मानिसको बाँच्न पाउने अधिकारसँग जोडिएको क्षेत्र हो । यसमा हुने सानातिना त्रुटि र लापर्वाहीले मानिसको मृत्यु हुन सक्छ । गलत औषधिको प्रयोगले जीवन अझ अस्वस्थ्य हुन्छ ।

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटको दुई पालिकामा नयाँ हाकीमले सम्हाले जिम्मेवारी

 Krishna Shrivastav

वीरगंज । रौतहटको दुई वटा नगरपालिकाहरुमा नयाँ प्रमुख प्रशासकीय अधिकृत (हाकीम) ले जिम्मेवारी सम्हालेका छन् । सोमबार एक कार्यक्रमका बीच जिल्लाको गरुडा नगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई जिम्मेवारी दिएका छन् । सो पालिकामा आजबाट प्रमुख प्रशासकिय अधिकृतको रुपमा हेमराज फुर्‍यालले जिम्मेवारी सम्हालेका छन् । उनलाई गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले एक कार्यक्रमका बीच उनलाई टिका, माला र खादा ओढाएर स्वागत गरेका छन् । नगर पालिका प्रमुख जयसवालले स्वागत गर्ने क्रममा प्रमुख प्रशासकिय अधिकृतलाई मिलेर काम गर्नु तथा बधाई दिदै सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरेका छन् ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे देवरियाबाट ठुलाे परिमाणमा चरेस र गाँजा बरामद

 Krishna Shrivastav

वीरगंज । पर्साकाे देवरियाबाट प्रहरीले ठूलो परिमाणमा लागुओैषध चरेस र गाँजा बरामद गरेकाे छ । पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ५ देवरियाबाट मंगलबार बिहान प्रहरीले चरेस २० केजी र गाँजा १२ केजी बरामद गरेकाे हाे । विशेष सुचनाकाे आधारमा प्रहरी चाैकी रंगपुरटाँडीबाट प्रहरी सहायक निरीक्षक माेहन नारायण यादवकाे नेतृत्वमा खटिएको प्रहरी टाेलीले मंगलबार बिहान ३ बजेकाे समयमा देवरियाबमट चरेस र गाँजा बरामद गरेकाे पर्साका प्रहरी उपरीक्षक काेमल शाहले जानकारी दिए । चरेस र गाँजा तस्करहरु भने प्रहरीकाे टाेलीलाई देख्नेबित्तिकै चरेस र गाजाँकाे पाेका फ्याँकेर फरार भएकाले उनिहरुलाई पक्राउ गर्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज महानगरले शिक्षा र समाजिक क्षेत्रमा सुधारको सुरुवात गरेको छ : मेयर सिंह

 Krishna Shrivastav

वीरगंज । वीरगनणज महानगरपालिकाका मेयर राजेशमान सिंहले बालबालिकाहरुको भविष्यका लागि शिक्षा र समाजिक क्षेत्रमा सुधारको थालनी गरेको बताएका छन् । वीरगन्ज महानगरपालिकाको सहयोगमा नारायणी एफ.एम.१०३.८ मेगाहर्जले आयोजना गरेको ‘बालबालिकासँग मेयर’ कार्यक्रममा बोल्दै मेयर सिंहले आफूले वीरगन्जको विकासका लागि दीर्घकालिन सोचका साथ काम गर्न खोजेको बताए । विगतका दिनमा सहीलाई सही र गलतलाई गलत भन्न नसकेकै कारणले वीरगनणज विकासमा पछि परेको बताउँदै उनले अहिलेका पुस्ताले सही कुरा गर्न कसैसँग डराउनुपर्ने आवश्यकता नरहेको बताए । समाजमा भएको गलत क्रियाकलापहरुको खुलेर बोल्न र प्रतिवाद गरेर समाज परिवर्तनका लागि अगाडि आउने वातावरण बनाउनुपर्नेमा उनले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज मधेशसहित देशको विभिन्न स्थानमा वर्षाको सम्भावना

 Krishna Shrivastav

वीरगंज । आज दिउँसो मधेश प्रदेशसहित देशको विभिन्न भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिनमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भवान रहेको उल्लेख छ । बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

News

महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

News

देशभर बर्षा र बाढीको चेतावनी

News

आज राष्ट्रीय धान दिवस

News

आज आइतबारको राशिफल