वीरगंज । रौतहट गौर नगरपालिका- २ स्थित भन्सार इलाकाबाट १ लाख १९ हजार ७ सय ८० रुपैयाँ बराबरको किराना सामान तथा लत्ताकपडा प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतबाट अवैधरुपले नेपालतर्फ ल्याउँदै गरेको सामान सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो । यसैगरी नम्बर ३४ गण कैलालीले धनगढी उपमहानगरपालिका ३ चटकपुर इलाकाबाट भारतबाट अवैधरुपले नेपालतर्फ ल्याउँदै गरेको १ लाख ६ हजार ४ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।