आज विश्व रक्तदाता दिवस

 Krishna Shrivastav

वीरगंज । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यवाद दिनका रुपमा पनि मनाउने गरिन्छ । यस वर्ष ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ । नाराले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

जबर्जस्ती करणीमा वृद्धसहित चार जनालाई १८ वर्ष कैद

 Krishna Shrivastav

वीरगंज । नाबालिकालाई जबर्जस्ती करणी गर्ने विरुद्ध जिल्ला अदालतले चार जनालाई १८ वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले मंगलबार फैसला गरेको हो। जबर्जस्ती करणीमा सिद्धिचरण नगरपालिका-३ नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयाँल, स्थानीय ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, डम्बरबहादुर भुजेल र केवल भुजेललाई १८ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवाना तोकिएको छ। फुयाललाई १ लाख ५० हजार क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजार रुपैयाँको दरले क्षतिपूर्ति तोकिएको हो। त्यसैगरी ६ लाखको दरले जरिवाना गरिएको फैसलामा उल्लेख छ। १२ वर्षीया नाबालिकालाई फरक-फरक स्थान र समयमा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विवाह गर्न वडाको सिफारिस अनिवार्य

 Krishna Shrivastav

वीरगंज । जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष शिवराज गिरीले भने, ‘बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ ।’ विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको शिवराज गिरीले जानकारी दि। वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री वडाको दिगोपनका लागि विवाहका लागि

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तीन दिनमा संरचना बनाएर १० लाख लिटर पानी

 Krishna Shrivastav

वीरगंज । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले तीन दिनमा पूर्वाधार निर्माण गरेर दैनिक थप १० लाख लिटर पानी वितरण गरेको छ। बोर्डका अध्यक्ष प्रताव विष्टको अनुसार सुक्खायामसँगै हेटौंडामा पानीको समस्या बढ्न थालेपछि बोर्डले पूर्वाधार निर्माण गरेर उत्पादनमा वृद्धि गरेको हो। अध्यक्ष विष्टले मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे ब्यारेक अगाडिको राप्ती खोलामा ‘समवेल’ निर्माण गरेर प्रतिमिनेट एक हजार पाँच सय लिटर पानी थप गरिएको उनले बताए। नेपाली सेनासँग स्वीकृति लिएर हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले ब्यारेक अगाडि रापती खोला नजिक ‘समवेल’ निर्माण गरेको उनको भनाइ छ। तीन दिनसम्म निरन्तरको प्रयासपछि पानी निकालेर वितरण गर्न

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनकपुरमा एक युवकले गरे आत्मदाहको प्रयास

 Krishna Shrivastav

वीरगंज । जनकपुरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार साँझ जनकपुरको मिल्स एरियामा जनकपुरधाम १४ रजौल घर भएका अन्दाजी ३० वर्षीय रितेश दासले आत्मदाहको प्रयास गरेका हुन् । शरीरमा पेट्रोल छर्किरहेको देखेपछि स्थानीयले उनलाई स्थानीयले उद्धार गरेका छन् । स्थानीयका अनुसार मिल्स एरियामा आइएमई मनी ट्रान्सफर सञ्चालन गरेका उमेश साहसँग रितेशले ३० लाख ऋण लिएका थिए । ऋण लिन उनले जनकपुरधामकै ४ कट्ठा ८ धुर जग्गा उमेशको श्रीमती संगिता देवी साहको नाममा रजिस्ट्रेशन पास गरेका थिए । तर ऋण लिएको ६ महिना नबित्दै उमेशले सो जग्गा बिक्री गरेपछि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनुषा : ४५ वर्षीया प्रेमीकाको हत्या आरोपमा २२ वर्षीय युवक पक्राउ

 Krishna Shrivastav

वीरगंज । धनुषामा ४५ वर्षीया एकल महिलाको हत्या आरोपमा उनकै प्रेमी २२ वर्षीय युवकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका १८ घर भई जनकपुरधाम स्थित घर बनाउने मिस्त्रीको काम गर्ने २२ वर्षीय ओमलाल मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका युवकलाई मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा सार्वजनिक गरिएको छ । आइतबार साँझ करिब ५ बजेको समयमा मिथिलाबिहारी ८ तारापट्टी स्थित पोखरीको छेउमा गाडिएको अवस्थामा शव फेला परेको थियो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेकोमा डिएसपीको कमाण्डमा खटेको टोलीले सड्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश प्रदेशको केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

 Krishna Shrivastav

वीरगंज । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसको प्रभावले अहिले बिहान कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्य वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


बारामा स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित एक जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । बारामा मंगलबार सशस्त्र प्रहरीले स्रोत नखुलेको १५ लाख रुपैयाँ सहीत एक जनालाई पक्राउ गरेकाे छ । बाराकाे विश्रामपुर गाँउपालिका वडा नम्बर १ खेखरिया नाकाबाट सशस्त्र प्रहरीकाे बाेर्डर आउट पाेष्ट बरैनियाको टोलीले स्राेत नखुलेकाे नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेकाे हाे ।पक्राउ परेका व्याक्तिकाे परिचय सशस्त्र प्रहरीले खुलाएकाे छैन । मंगलबार सिमावर्ती गाँउबाट भारतिय नम्बरको मोटरसाइकलमा आइरहेका ती व्याक्तीलाई सशस्त्र प्रहरीले खेखरियामा राेकेर चेकजाँच गर्दा उनको साथबाट श्रोत नखुलेको नेपाली १५ लाख रुपैया फेला परेको सशस्त्र प्रहरीले जनाएकाे छ । स्राेत खुल्न नसकेकाे उक्त रकम र माेटरसाइकलसहित ती व्याक्तिलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको पाण्डेपुरमा आगलागी हुदाँ घर जलेर नष्ट

 Krishna Shrivastav

वीरगंज । पर्साको जगरनाथपुर गाउपालिका वडा नंबर २ पाण्डेपुरमा मंगलबार आगलागी हुदा एक जनाको घर जलेर नष्ट भएको छ । पाण्डेपुरमा मंगलबार बिहान ११ ः३० बजे स्थानीय मन्जु महतो नुनियाको फुसको घरमा आगलागी भएको हो । आगलागीबाट नुनियाको फुसको घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेको लताकपडा, भाडावर्तन, अन्नपात, एउटा मोटरसाइकलका साथै केहि नगद पनि जलेर नष्ट भएको प्रहरी चौकी पान्डेपुरले जनाएको छ । आगलागीको कारण भने हालसम्म खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


नागरिकता विहिन एक युवकद्धारा जीउमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास

 Krishna Shrivastav

वीरगंज । काठमाडौंको माइतीघर मण्डलामा नागरिकता विधेयकको पक्षमा प्रदर्शन गरिरहेका एक युवकले आत्मदाहको प्रयास गरेका छन्। मंगलबार नागरिकता विहिन संघर्ष समितिका उपाध्यक्ष निरज कामतले आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गरे पनि सर्वोच्च अदालतले कार्यान्वय नगर्न आदेश दिएको थियो। त्यसलगत्तै संघर्ष समितिले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएको छ। संघर्ष समितिमा अध्यक्ष इन्द्रजीत साफीले उपाध्यक्षसमेत रहेका निरजले एक्कासि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताए। उनले कुनै पू्र्वयोजना नरहेको समेत स्पष्ट पारे। ’हाम्रो पूर्वयोजना होइन। बिलकुल होइन। उहाँले प्रदर्शनकै क्रममा एक्कासि त्यस्तो प्रयास गर्नुभयो,’ उनले

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त सँग मनमुटाव बढ्ला । स्वास्थ्यमा समस्या देखापर्ला अतः सचेत रहनु

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मनकारी टिबडेवाल : करोडौँ पर्ने जग्गा सार्वजनिक प्रयोगका लागि महानगरलाई प्रदान

 Krishna Shrivastav

वीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्वर ८ का प्रेम कुमार टिबडेवालले २६ धुर जग्गा महानगरलाई हस्तान्तरण गर्नुभएको छ । वीरगञ्ज पब्लिक कलेज अगाडी रहेको मन्दिरसहितको जग्गा टिबडेवालले महानरलाई रजिष्ट्रेसन पास गरेर हस्तान्तरण गर्नुभएको हो । जिल्ला मालपोत कार्यालय पर्सामा आज रजिष्ट्रेसन पास गरेर टिबडेवालले महानगरलाई लालपुर्जा हस्तान्तरण गर्नुभएको हो । मालपोतमा लाग्ने लाभकरसमेत आफैंले तिरेर टिबटेवालले अहिलेको बजार मूल्य अनुसार करिब ५ करोड भन्दा बढी मूल्यको जग्गा महानगरलाई दान गर्नुभएको हो । जग्गा हस्तान्तरण गर्दै टिबडेवालले खुला स्थान नरहेको स्थानमा नागरिकलाई सहज होस भनेर सार्वजनिक प्रयोगका लागि आफूहरुले महानगरको नाममा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चरम गर्मीका बिच वीरगंजमा हावाहुरी सहितको वर्षा

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । बिगत २ हप्ता देखिको चरम गर्मीका बिच आज वीरगंजमा पनि वर्षा भएको छ । आज मंगलबारको दिन वीरगंजको राधेमाई लगायत आसपासमा हावाहुरी सहितको मध्यम वर्षा भएको हो । आज बेलुका केहिबेर हावाहुरीसहितको बर्षा भएको थियो । अधिकतम तापक्रम भएसंगै गर्मीले कष्ठकर भएको जनजीवन वर्षाले केहि राहत मिलेको छ ।


धनगढी उपमहानगरपालिकामा सेवाग्राहीका लागि खानेपानी, टिभी र फ्रि वाईफाई

 Krishna Shrivastav

वीरगंज । धनगढी उपमहानगरपालिकामा सेवाग्राहीका लागि खानेपानी, टिभी र फ्रि वाइफाई गरिएको छ। महानगरपालिकाले स्थापना गरेको सेवाग्राही कक्षको सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका छन्। सेवाग्राही कक्षमा दुई वटा एसी र ६ वटा पंखा जडान गरिएका छन्। बस्नका लागि सोफा, चिसो र तातोपानीको व्यवस्था गरिएको छ। ६४ इञ्चको टिभी र कक्षभित्रै डिजिटल नागरिक वडापत्र पनि राखिएको छ। उपमहानगरपालिकाको २२ लाख ५१ हजार तीन सय ६१ रुपैयाँको लागतमा निर्माण गरिएको प्रतिक्षालयमा पानी, डिजिटल नागरिक वडापत्र, एसी, टेलिभिजन र निःशुल्क वाईफाईको व्यवस्था पनि गरिएको छ। उपमहानगरले निर्माण गरी सञ्चालनमा ल्याएको सेवाग्राही

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बोराभित्र महिलाको शव फेला

 Krishna Shrivastav

वीरगंज । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ। उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए। घटनास्थलमा प्रनाउ खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ। उनले भने, ‘प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ।’ व्यास नगरपालिका–४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो। ‘शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन,’ प्रनाउ खाँडले भने। उक्त बाटो

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अष्ट्रेलियामा विवाहका पाहुना बोकेको बस दुर्घटना, १० जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको छ । सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर जाँदै गर्दा आइतबार राति बायाँपट्टि पल्टेको र चोकको प्रवेशद्वारमा ठोक्एिपछि फुटपाथमा पल्टिएको थियो । दुर्घटनापछि एक दर्जनभन्दा बढी आपतकालीन कामदारहरू घटनास्थलमा पुगेका र उनीहरूले २० जनाभन्दा बढी मानिसहरूको अस्पताल पुर्‍याएका थिए । एक बिरामीको अवस्था गम्भीर रहेको र अन्य २० जनाको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ । कार्यवाहक सहायक आयुक्त ट्रेसी च्यापम्यानले ५८ वर्षीय

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आलु, प्याजमा भ्याटले ‘सरकारलाई मात्रै फाइदा

 Krishna Shrivastav

वीरगंज । उपभोक्तालाई करको भार लगाउने गरी आलु, प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने कर नीतिप्रति व्यवसायी र अर्थमन्त्रीबीच मतभेद देखिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आलु, प्याजमा भ्याट लगाएको तर्क गरे पनि व्यवसायीले भने स्थानीय उत्पादनमा पनि कर लाग्ने दाबी गरेका हुन्। आव २०८०/०८१ को बजेट वक्तव्यमा १ सय ७० वस्तुलाई भ्याट छुट पाउने सूचीबाट हटाउने उद्घोष गरिएको थियो। लगत्तै प्रस्तुत गरिएको आर्थिक विधेयकमार्फत मूल्य अभिवृद्धि कर ऐन संशोधन गर्दै भ्याट छुट पाउने वस्तुको सूचीबाट आलु, प्याज, स्याउलगायत अत्यावश्यक वस्तु हटाइएको थियो। अर्थमन्त्री डा. महतले

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

News

महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

News

देशभर बर्षा र बाढीको चेतावनी

News

आज राष्ट्रीय धान दिवस

News

आज आइतबारको राशिफल