• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धनुषा : ४५ वर्षीया प्रेमीकाको हत्या आरोपमा २२ वर्षीय युवक पक्राउ

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०८०, बुधबार ०९:४८
  • १९४५

    वीरगंज । धनुषामा ४५ वर्षीया एकल महिलाको हत्या आरोपमा उनकै प्रेमी २२ वर्षीय युवकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका १८ घर भई जनकपुरधाम स्थित घर बनाउने मिस्त्रीको काम गर्ने २२ वर्षीय ओमलाल मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका युवकलाई मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा सार्वजनिक गरिएको छ । आइतबार साँझ करिब ५ बजेको समयमा मिथिलाबिहारी ८ तारापट्टी स्थित पोखरीको छेउमा गाडिएको अवस्थामा शव फेला परेको थियो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेकोमा डिएसपीको कमाण्डमा खटेको टोलीले सड्न लागेको अवस्थामा हात देखिएको र सो लास पोखरीको दक्षिण पूर्व पट्टी पानीको सतह भन्दा १ फिट माथि जमिनमा ४ फिट जति गाडिएको अवस्थामा उत्खनन् गरेका थिए ।

    प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार मिथिलाबिहारी नगरपालिका ८ तारापट्टीकी करिब ४५ वर्षीया उषा दास श्रीमानको मृत्यु पश्चात युवकसँग प्रेम सम्बन्धमा थिए । महिलाले युवकलाई विवाह गर्न भनेपछि युवकले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरी उपरीक्षक खड्काका अनुसार मृतक महिलाको छोरा २० वर्षीय सोनु दास र बुहारी कमला नगरपालिका ३ लग्मा स्थित ससुराली घरमा गएको अवस्थामा महिलाले प्रेमीलाई जेठ २० मा घरमा ल्याएका थिए । मण्डल र मृतकबीचमा अनैतिक सम्बन्ध रहेकोमा पटक–पटक बिबाह गर्न भन्दा ओमलालले नमानी टाढा रहन खोज्दा महिलाले खोजेर जबरजस्ति युवकलाई घरमा ल्याउने गरेको खुलेको हो ।

    गत बिहिबार राति ११ बजेको समयमा बिहेकै विषयमा दुबैजनाबीच विवाद हुँदा ओमलालले एक थप्पड हानेको र थप्पड हान्नसाथ महिला बाहिर निस्की भाग्न लाग्दा घाँटी समाती घाँटी थिचेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको हो । महिलाको मृत्यु पश्चात युवकले पोखरीको छेउमा खाल्डो खनि लाशलाई चाँडो सडाउनको लागि महिलाले लगाएको कपडा समेत खोली नाङ्गै खल्डोमा गाडेका थिए । महिलाको कपडासमेत सोही पोखरीको अर्को छेउमा गाडी महिलाले प्रयोग गरेको मोबाईल पोखरीमै फालेर फरार भएका थिए । मण्डलको लोकेशन चितवनको हाकिम चोक स्थित देखिएकोमा जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरेर उनलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑