राैतहटकाे गुजरा नगरपालिकाले ५२ प्रतिशत बजेट गर्‍याे खर्च

 Krishna Shrivastav

वीरगंज । राैतहटकाे गुजरा नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाकाे अवधिमा ५२ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकि रहँदा ३६ करोड रुपैयाँमात्रै खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुमार अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ७० करोड ३५ लाख ८० हजार ९९१ रुपैयाँकाे अनुमानित बजेट छैठौं नगर सभाबाट पारित गरेको थियो । तर आर्थिक मन्दीका कारण बजेटमा कटौती भई ४८ कराेड ७४ लाख १५ हजार १६२ रूपैयाँ ८१ पैसा बजेट आएको लेखा प्रमुख शैलेन्द्र श्रीवास्तवले जानकारी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रधानमन्त्री रोजगार कार्यक्रमः पार्टीका कार्यकर्तालाई आम्दानी, जनप्रतिनिधिलाई भ्रष्टाचार गर्ने बाटो

 Krishna Shrivastav

वीरगंज । रुषा थापा । सरकारले केही वर्षअघि प्रधानमन्त्री रोजगारी कार्यक्रम सञ्चालनमा ल्यायो । सर्वसाधारण जनताले रोजगार पाओस् भनेर सरकारद्धारा सञ्चालन गरिएको यो रोजगारी कार्यक्रम स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो कार्यकर्तालाई मात्र दिने गरेका छन् । यता, यसका लागि छुट्याइएको बजेटमा समेत भ्रष्टाचार हुने गरेको छ । चुनावको समयमा आफुलाई जसले भोट दियो, जसले पार्टीको झण्डा बोक्यो त्यसलाई नै रोजगारी दिइन्छ । चाहें त्यो मान्छेको घर नै होस् या जागिर । तर, जो मानिसले भोट दिदैँन र उसको आम्दानीको स्रोत कतै छैन, त्यसलाई रोजगारी दिइदैँन । प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि छुट्याइएको

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राजनीतिक दलहरुले मुलुक जोगाउन सक्लान् ?

 Krishna Shrivastav

वीरगंज । रुषा थापा । दुई वर्षअघिसम्म जो कोही खुशी देखिन्थे । परिवारमा पनि सुख, शान्ति नै थियो । तर, अहिले यसको ठ्याक्कै उल्टो भएको छ । जो कोही निराश देखिन्छन् । कसैको परिवारमा खुशीयाली वा सुख र शान्ति छैन । उल्टै परिवारमा झैझगडा हुन थालेको छ । मुनमुटाव सिर्जना भएको छ । बजारमा खाद्यान्नलगायत अन्य वस्तुको मूल्य प्रत्येक दिन बढेको छ । तर, काम गर्ने ठाउँमा वर्षो दिनदेखि तलब बढेको छैन । अरु त कुरै छोडौं पाउनुपर्ने तलब समेत एक वर्षदेखि पाएको छैन । यता घरधनीले घर भाडा बढाएको

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको ठोरी गाँउपालिकामा एक वर्षमा सवारीसाधन मर्मतमा मात्रै साढे २४ लाख खर्च

 Krishna Shrivastav

वीरगंज । पर्साको ठोरी गाउँपालिकाले एक वर्षको अवधिमा सवारीसाधन मर्मतमा मात्रै साढे २४ लाख रुपैयाँ खर्च गरेको छ । महालेखा परीक्षकको कार्यलायले सार्वजनिक गरेको ठोरी गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक लेखापरिक्षणको प्रतिवेदन अनुसार, ठोरी गाउँपालिकाले एक वर्षको अवधिमा सवारीसाधन मर्मतमा मात्रै २४ लाख ४० हजार ७०९ रुपैयाँ खर्च गरेको हो । कर्मचारीले प्रयोग गर्ने १२ थान मोटरसाइकल, दुई थान ट्रीपर, एक÷एक थान एक्साभेटर, ब्याकलोडर, रोलर, ट्याक्टर र चार पाङ्ग्रे टाटा गाडीलगायत ३६ वटा सवारीसाधन मर्मतका लागि ठोरी गाउँपालिका कार्यालयले उक्त रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाले यसरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको कालिकामाई गाउँपालिकाको बिरञ्चीबर्वामा एयरगनबाट गोली प्रहार गरेर बालकलाई घाइते बनाएका तिवारी पक्राउ

 Krishna Shrivastav

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरञ्चीबर्वामा गत जेठ २३ गते आँप टिप्न आएका बालकलाई एयर गनले गोली प्रहार गरि घाइते बनाएर फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिरञ्चीबर्वाकै बलिराम तिवारी (दिपु) रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी पोखरियाको टोलीलाई पक्राउ गरेको हो । गत जेठ २१ गते घर नजिकैको रुखबाट आँप टिपेको निहुँमा तिवारीले एयर गनबाट गोली प्रहार गर्दा स्थानीय ९ वर्षिय बालक श्यामसुन्दर महत्तो घाइते भएका थिए । घटना लगत्तै फरार भएका तिवारीलाई शुक्रबार बिहान उनको घरबाटै पक्राउ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जीप दुर्घटनामा चालकको मृत्यु, ६ यात्रु गम्भीर घाइते

 Krishna Shrivastav

वीरगंज । तुलसीपुरबाट रोल्पाको गङ्गादेव गाउँपालिकाको ओततर्फ जाँदै गरेको रा १ ज ५५६ नम्बरको यात्रुबाहक जीप तुलसीपुर उपमहानगरपालिका–३ शिरखोलामा दुर्घटना हुँदा जीप चालकको मृत्यु भएको छ । साथै सो दुर्घटनामा परेर ६ जना यात्रु गम्भीर घाइते भएका छन् । मृत्यु हुने चालकमा गङ्गादेव–१ निवासी ३२ वर्षीय विष्णु पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते भएका पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । जीपमा १० यात्रु सवार थिए । अन्य यात्रु घाइते भएका प्रहरी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पानी नपर्दा तराइका किसानहरु चिन्तित

 Krishna Shrivastav

वीरगंज । मधेसका खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे । असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानहरुले बताएका छन् । असार सुरु हुँदासमेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय ठाउँमा राखिएका बीउ ब्याडमै उम्रन पाएका छैनन् । हरेक वर्ष हिले ब्याड राख्ने गरेकोमा यस पटक पानी अभावमा धुले ब्याड राख्न बाध्य भएको पर्साको सखुवाप्रसौनी गाँउपालिका ३ का किसान धर्मनाथ यादवले बताए । “समयमा पानी पर्न सकेन, धुले ब्याड बनाएर बीउ राखियो,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेस प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

 Krishna Shrivastav

वीरगंज । मधेस प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । मधेशप्रदेशका अर्थमन्त्री संजयकुमार यादवले आर्थिक वर्ष २०८०÷८१ को बजेट आज साँझ ५ बजे प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउन लागेको हो । अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउन लागिएको बताउनुभयो ।संघ सरकारले आगामी आर्थिक वर्षका लागि मधेसमा २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले यस

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा २० दिने महिनावारी प्याड बनाउने तालिम सुरु

 Krishna Shrivastav

वीरगंज । वीरगंजमा २० दिने महिनावारी प्याड बनाउने तालिमको उद्घाटन गरिएको छ । वीरगञ्ज महानगरपालिकाको सहयोगमा सृजनशील शिक्षा विकास केन्द्र प्रा.ली.ले तालिमको आयोजना गरेको हो । केन्द्रकी पार्बती ठकुरीको अध्यक्षतामा भएको तालिमको उद्घाटन समाजसेवी एवम् महिला नेतृ अन्नपुर्णा मानन्धरले गरेकी थिइन् । महिलाहरुको लागि उपयोगी महिनावारी प्याड बनाउने तालिमबाट लाभ लिई प्याड खरिदमा हुने खर्च जोगाउनुका साथै आफै प्याड बनाएर स्वरोजगार बन्न उनले आग्रह गरेकी छन् । लक्षित वर्गलाई मध्यनजर गर्दै लघु उद्यम बिकास कार्यक्रमबाट उद्यमशिलता बिकास तालिम प्राप्त गरी मागको आधारमा वडा नम्बर १० का महिलाहरुलाई प्याड बनाउने सीप

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

लिचीको दाना घाँटीमा अड्किएर एक बालकको मृत्यु

 Krishna Shrivastav

वीरगंज । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए।


पर्साकाे जगरनाथपुर गाउँपालिका अध्यक्षद्वारा आगलागी पीडितलाई सहयोग

 Krishna Shrivastav

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बिहिबार आगलागी पीडितलाई राहत सामग्री सहयोग गरेका छन् । गाउँपालिकाका अध्यक्ष यादवले आगलागी पिडित वडा नं. २ पान्डेपुर निवासी मन्जु महतो नुनिया र बिसुनपुरवा निवासी हिम्मतलाललाई राहत स्वरुप ब्यक्तिगत रुपमा नगद रु. ५ हजार र रेडक्रसको साझा सहयोगमा चामल, दाल, त्रिपाल, बाल्टि तथा भाडा बर्तन समेत पीडितलाई भेटी सहयोग गरेका हुन् । उक्त राहत सामग्री सहयोग गर्न गाउँपालिका अध्यक्षसहित वडाध्यक्ष लक्ष्मी साह तेली, नेपाली कुशवाहा, बिहारी प्रसाद नुनिया, नेता सुरेन्द्र सिंह क्षेत्री लगायत स्थानीय अगुवा तथा भद्र भलादमीको आगलागी स्थल मै

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे पकहाँ मैनपुरमा पाेषण सम्बन्धि अभिमुखिकरण सम्पन्न

 Krishna Shrivastav

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिका वडा नं. ४ लहावरथकरीमा वडा स्तरिय अभिमुखिकरण र पाेषण मैत्री नमुना मुसहर बस्ती वा वडा घाेषणाकाे लागि कार्ययाेजना निर्माण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । सबैकाे लागि पाेषण र सधैका लागि पाेषण नाराकाे साथ बहुक्षेत्रिय पाेषण याेजना कार्यक्रम अन्तर्गत भएकाे पकहाँ मैनपुर गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रमकाे सहजिकरण पाेष्ण सहजकर्ता गणेश राम, संजय कुमार, रामदेव साह लगायतले गरेका थिए । वडाध्यक्ष ढेडी यादवकाे अध्यक्षता र उपाध्यक्ष सर्फुन नेसाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, कार्यपालिका सदस्य लालपरी देवी, वडा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा साहिब दरबारको आयोजनामा योग शिविर सुरु

 Krishna Shrivastav

वीरगंज । साहिब दरबारको आयोजनामा महिला दिदी बहिनीहरुलाई लक्षित गरी शुक्रबारदेखि वीरगन्जमा निशुल्क योग शिविर सुरु भएको छ । शिविरको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् । शिविरको उद्घाटन गर्दै मेयर सिंहले शरीर स्वस्थ्य राख्न योगको महत्वपूर्ण योगदान रहेको भन्दै शिविरमा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे। अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै उनले हरकोहीले योग साधनाबाट आफूलाई स्वस्थ्य राख्न सक्ने बताए । हरेक नागरिकलाई जरुरी सेवा उपलब्ध गराउने उद्धेश्य अनुरुप आफूहरुले काम गरिरहेको साहिब दरबार वीरगन्जका अध्यक्ष उमेशलाल सहनीले बताए । साहिब दरबारले वीरगन्जमा शनिबार रक्तदान

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजकाे घडिअर्वामा एक पुरुष मृत अवस्थामा फेला

 Krishna Shrivastav

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० घडिअर्वामा एक अपरिचित पुरुषकाे शव बेवारिसे अवस्थामा फेला परेकाे छ । घडीअर्वा पाेखरीकाे हनुमान मन्दिर अगाडिको घरकाे बरण्डामा बिहीबार साँझ अन्दाजी ५५ वर्षिय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।मृतककाे परिचय भने खुल्न सकेकाे छैन । मधेसी मुलकाे जस्ताे देखिने ती व्याक्ति सर्ट र लुङ्गी लगाएकाे अवस्थामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएकाे छ । स्थानीयका अनुसार, घडीअर्वा टाेलमा केही दिन यता भीख मागेर हिड्दै गरेका थिए । बिहीबार साँझ मृत अवस्थामा भेटिएका ती व्याक्ती बारे स्थानीयले खबर गरेपछि प्रहरीले शव उठाएर पाेष्टमार्टमका लागि नारायणी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक कार्य अघि बढ्नेछ । शेयर बजरको कारोबारमा सफलता मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका पनि

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रभु साहले गरे ५० करोड बढिको योजना अनुगमन

 Krishna Shrivastav

रौतहट । पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभू साहले गृह जिल्ला रौतहट क्षेत्र ३ स्थित ५० करोड भन्दा बढीको विभिन्न योजनाको अनुगमन गरेका छन। क्षेत्र ३का संघिय सांसद समेत रहेका नेता साह सहितको टोलिले बिहीबार कटहरिया नगर क्षेत्र अन्तर्गत विभिन्न योजनाहरुको अनुगमन गरेका हुन् । कटहरिया नगरपालिकाकाे पोखरीया, डूमारिया, हथियाही र कटहरिया गाँउमा सहरी विकास मन्त्रालय लगायतका निकाय बाट भैरहेको सडक ढलान , कालोपत्रे, ढल तथा नाला लगायत निर्माणाधीन योजनाहरुको स्थलगत अनुगमन निरीक्षण मापदण्ड अनुसार स्तरीय र समयमा निर्माण पूरा गराउन निर्देशन दिएका छन । ओली नेतृत्वको सरकारमा प्रभू

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

यातायात कार्यालय जनकपुरबाट एकजना बिचौलिया पक्राउ

 Krishna Shrivastav

वीरगंज । यातायात कार्यालय जनकपुरबाट एकजना बिचौलिया पक्राउ परेका छन् । बिहिबार दिउँसो करिब २ बजेको समयमा जनकपुर उपमहानगरपालिका १४ स्थित रहेको यातायात कार्यालयमा बिचौलियाको काम गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले एकजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा जनकपुरधाम १४ बस्ने २६ वर्षीय सुवास कुमार राउत रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


मधेश प्रदेश : चोरीपैठारीको सामानसहित मोटरसाइकल नियन्त्रणमा

 Krishna Shrivastav

वीरगंज । सशस्त्र प्रहरीले सर्लाहीको बसबरिया गाउँपालिका–५ पोखरिया इलाकाबाट ५ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाइल र बिँडीसहितको दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छली गरेर अबैध रुपले मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३६ थान मोबाइल र ४ बोरा बिँडी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश मनुष्माराले नियन्त्रणमा लिएको हो । सामान ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामानसहित मोटरसाइकल छाडी फरार भएका थिए । नियन्त्रणमा लिइएको सामान र मोटरसाइकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।


समाचार
News

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

News

महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

News

देशभर बर्षा र बाढीको चेतावनी

News

आज राष्ट्रीय धान दिवस

News

आज आइतबारको राशिफल