• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रधानमन्त्री रोजगार कार्यक्रमः पार्टीका कार्यकर्तालाई आम्दानी, जनप्रतिनिधिलाई भ्रष्टाचार गर्ने बाटो

  • वीरगंज संजाल
  • १ असार २०८०, शुक्रबार १४:४१
  • १५४९

    वीरगंज । रुषा थापा । सरकारले केही वर्षअघि प्रधानमन्त्री रोजगारी कार्यक्रम सञ्चालनमा ल्यायो । सर्वसाधारण जनताले रोजगार पाओस् भनेर सरकारद्धारा सञ्चालन गरिएको यो रोजगारी कार्यक्रम स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो कार्यकर्तालाई मात्र दिने गरेका छन् । यता, यसका लागि छुट्याइएको बजेटमा समेत भ्रष्टाचार हुने गरेको छ । चुनावको समयमा आफुलाई जसले भोट दियो, जसले पार्टीको झण्डा बोक्यो त्यसलाई नै रोजगारी दिइन्छ । चाहें त्यो मान्छेको घर नै होस् या जागिर । तर, जो मानिसले भोट दिदैँन र उसको आम्दानीको स्रोत कतै छैन, त्यसलाई रोजगारी दिइदैँन । प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि छुट्याइएको रकम जनताले तिरेको कर हो । तर, जनताको करबाट आएको बजेटमा पनि स्थानीय तहका जनप्रतिनिधिहरु मनोमानी गर्छन् । आफु र आफ्नालाई मात्र सो रकममाथि हकदाबी गर्न दिन्छन् । यता, प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि भएका पनि सबै पार्टीका कार्यकर्ता भएकाले काम गर्नुभन्दा बढी राजनीतिक गफ गरिन्छ । बिहान १० बजे पुग्नु पर्ने ठाउँमा १२ बजे पुगिन्छ । तर, त्यहाँ पनि हाजिर गरेर टाप कसिन्छ । हाजिर गर्नेबित्तिकै चिप्लो घस्न कि त वडाध्यक्ष, मेयर कहाँ पुगिन्छ, कि पार्टीका नेता कहाँ । आयस्रोत नभएका गरिबी, बेरोजगार नागरिकले रोजगारी गरेर धेरथोर आम्खानी गरोस् भनेर सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको थियो । त्यसैगरी, ताल, पोखरी, ढुंगेधारा, मठमन्दिर, चौतारा, सरकारी कार्यालय तथा विद्यालय, कुँवा, बाटो आदिमा सरसफाईका साथै विकास पनि होस् सरकारले यो कार्यक्रम ल्याएको थियो । तर, यहाँ त जो मानिस सम्पत्तिले भरिपूर्ण छ, उसैले यो काम पाएको छ । साथै, यी सुकिलामुकिलाहरु हजिर गर्न त पुग्छन् तर काम भने केही गर्दैनन् । यसले गर्दा जनताले तिरेको कर अनावश्यक रुपमा खर्च हुँदा सार्वजनिक स्थलहरुमा सरसफाई तथा विकास भएको छैन । एउटा उदाहरण नै भन्नुपर्दा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का वडाध्यक्षसहित तीन जनाले सुशील भैरव थान मन्दिरको जमिन मिचेर घर बनाएका छन् । यता मन्दिर झिनो अवस्थामा पुग्दा वडाध्यक्षद्धारा नै मन्दिरको जग्गा मिचेर मन्दिरभन्दा अग्लो घर बनाइएको छ । सुशील भैरव थान मन्दिर निकै पुरानो हो । यो विश्व सम्पदा सूचीमा समेत परिसकेको छ । नेपालको कानूनले मठमन्दिरको जग्गा मिच्न नपाउनुका साथै विश्व सम्पदामा सूचीमा परेको मन्दिर अगाडि त्योभन्दा ठुलो घर बनाउन नपाउने भनेको छ । तर, यहाँ त सार्वजनिक सम्पत्तिमाथि सार्वजनिक पद धारणा गरेकै व्यक्तिले रजगज चलाइरहेको देख्दा अरुले के गर्लान् ? भन्ने प्रश्न पनि उब्जिएको छ । अहिले सुशील भैरव थान मन्दिर संकटमा परेको छ ।

    एकातिर मन्दिरको जग्गा मिचेर घर बनाइएको छ त अर्कातिर त्यँही मन्दिरकै जग्गामा बाटो पनि बनाइएको छ । यसरी जनप्रतिनिधिद्धारा नै सरकारी जग्गामाथि कब्जा गरिँदा स्थानीय बासिन्दाहरु मौन छन् । यसले एकतर्फ सरकारी सम्पत्तिको दुरुपयोग भएको छ, अर्कातर्फ मठमन्दिरलगायत सार्वजनिक सम्पत्ति मासिदैं गएको छ । अहिले पनि स्थानीय तहका जनप्रतिनिधिहरुमा चतेना आएको छैन । उनीहरु न भएका सरकारी सम्पत्तिको संरक्षण गर्न सक्छन् न अरुको नाममा लगिएको फिर्ता ल्याउन नै सक्छन् । उल्टै आफु नै सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छन् । स्थानीय तहको निर्वाचन भएको एक वर्ष बितिसक्यो । तर, अहिले पनि जनप्रतिनिधिद्धारा आफ्नो कार्यक्षेत्रभित्र कति सार्वजनिक सम्पत्ति थियो र कति छ ? भनेर खोजतलास गरिएको छैन । किनकि पहिला जग्गा दलाली गर्ने नै अहिले वडाध्यक्ष, मेयर र सांसद भएकाछन् । अनि यो काम गरेपछि आफ्नो कर्तृत बाहिर डरले उनीहरु मौन छन् । अहिले प्रधानमन्त्री रोजगारी कार्यक्रममा पहुँच हुनेले मात्र रोजगारी पाइरहँदा जनता तिरेको करको चरम दुरुपयोग भएको छ । त्यसैले, अब सरकारले यो कार्यक्रम नै हटाउनुपर्छ । किनकि यो आफ्नो कार्यकर्ता पोस्ने थलो भएको छ । पहिलापहिलाका मानिसहरु बिनापैसा आफैं मठमन्दिर, कुँवा, ताल, पोखरी, खोला, चौतारा, पार्टीपोवा, बाटो आदि सफा गर्नुका साथै विकास गर्ने गर्थे । तर, अहिले यसको ठ्याक्कै उल्टो भएको छ । मानिस अहिले आफ्रनै घर अगाडिको फोहोर सफा गर्दैनन् । प्रविधिको विकाससँगै उनीहरुमा अल्छीपन व्यापक भएको छ । त्यसैले, अब सरकारले यस्तो सार्वजनिक कार्यका लागि रकम छुट्याउनुको साटो जनतालाई जागरुक गर्न आवश्यक छ । साथै, सरकारी कर्मचारी, आर्मी प्रहरी, स्थानीय बासिन्दा, जनप्रतिनिधि आदि सबैको मिलोमत्तोमा सार्वजनिक स्थलको विकास तथा सरसफाई गर्नुपर्छ । अहिले त मानिस करोड मूल्य पर्ने घरमा बस्छन् । लाखौंको गाडीमा सुकिलामुकिला भएका चढ्छन् । तर, आफुले नै आफ्नो घर अगाडि गरेको फोहोर सफा गर्न उनीहरुलाई लाज लाग्छ । अनि देश कसरी विकास हुन्छ ? सरकारले कतिन्जेल यस्ता व्यक्तिको घरको फोहोर उठाउन जनताले तिरेको कर खर्च गर्ने ? त्यसैले, अब सरकारले रकम खर्च गर्नुभन्दा बढी आम नागरिकलाई जागरुक र सचेत गराउन आवश्यक छ । जबसम्म नागरिक आफैंले आफ्नो घरअगाडि गरेको फोहोर उठाउन सक्दैँनन्, तबसम्म देश विकास हुदैँन । अहिले आर्मीहरु जनताले तिरेको करबाट तलबभत्ता खाएर दिनभर ब्यारेकमा बसेर फुटबल खेल्ने काम मात्र गर्छन् । तर, सो समयमा उनीहरुले सार्वजनिक स्थलको सरसफाई गर्दा के हुन्छ र ? के यस्तो कार्यले उनीहरुको इज्जत जान्छ ? आर्मीको काम भनेकै मुलुकको सार्वजनिक सम्पत्ति तथा भूमिको संरक्षण गर्नु हो । त्यसैले, अब आर्मीहरुले पनि यसप्रति ध्यान पुप्याउन आवश्यक छ । यता विद्यालयस्तरबाटै बालबालिकालाई सार्वजनिक सम्पत्तिको संरक्षण र सरसफाईबारे शिक्षकशिक्षिकाले नसिकाउँदा यस्तो भएको हो । आमाबुबापछि विद्यालय हो, जहाँबाट बालबालिकाले ज्ञान, शिक्षा हासिल गर्छन् । तर, विद्यालयबाटै यस्ता कार्य नसिकाउँदा बालबालिकामा किताबी ज्ञान भएपनि सामाजिक तथा व्यवहारिक ज्ञानको अभाव भएको छ । अहिले हामी आम नागरिकलाई सार्वजनिक कार्य गर्न लाज लाग्छ ।

    हामी राजनीतिक दलका नेतालाई गालीगौलाज गर्न नै व्यस्त हुन्छौं । तर, के हामीले हाम्रो कर्तव्य र दायित्व पूरा गरेका छौं ? एक पटक सोच्नुस् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदान गरेर धरानमा पानीको मुहार ल्याए । तर, उनी श्रमदान नगरी बजेटको पखाईमा बसेको भए आज धरानबासीले पानी पाउँदैनन् थिए । त्यसैले, अब हामी नागरिक आफैं सचेत हुन आवश्यक छ । जब हामीले आफ्नो ठाउँको कार्य आफैं गर्न थाल्छौं, तब समाज र राष्ट्र विकसित हुन्छ । अहिले सरकारले सार्वजनिक स्थलको सरसफाईका लागि मात्रै अर्बो रकम खर्च गरिरहेको छ । तर, त्यो रकममा व्यापक भ्रष्टाचार भएको छ । त्यसैले, अब सरकारले वर्षमा एक पटक सपरिवार नै सार्वजनिक स्थलको सरसफाईकानिम्ति खटिनुपर्ने कडा कानूनी व्यवस्था ल्याउनुपर्छ । श्रमदान गर्न सिकाउनुपर्छ, नाकि रकम खर्च गर्नुपर्छ । रक्षामन्त्री पूर्णबहादुर खड्काले अब आर्मीलाई सार्वजनिक स्थलको सरसफाईमा खटिन निर्देशन दिनुपर्छ । यसले एकातिर विकास हुन्छ, अर्कातिर जनताले आर्मीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ । सरकारदेखि जनतासम्मै चेतनाको अभाव हुँदा मुलुक आर्थिक तथा विकासको गतिविधिबाट पछि परेको छ । हामी नागरिक आफुलाई शिक्षित र बृद्धिजीवी भन्छौं । तर, आफ्नो भान्छा कोठामा गरेको फोहोर सडकमा ल्याएर फाल्छौं । अनि शिक्षित र बृद्धिजीवी व्यक्ति यस्तोलाई भनिन्छ ? तपाईँ आफैं मूल्यांकन गर्नुस् । पछिल्लो समय पार्टीपौवा, चौतारा, ताल, पोखरी, कुँवा, खोला, बाटो आदि माँचेर घर बनाउने संख्या हवात्तै बढेको छ । तर, सरकारले अझै पनि ध्यान नपुप्याए अहिले भएका मठमन्दिर, पार्टीपौवा, ताल, पोखरालगायत सार्वजनिक सम्पत्ति मासिने छ । साथै, जनता पनि सार्वजनिक सम्पत्तिको संरक्षणभन्दा बढी दुरुपयोगमा संलगन हुनेछन् । अहिले विभिन्न धर्मको नाममा संघसंस्था खोलेर दिनभर नाचगान गरिन्छ । तर, सार्वजनिक कामका लागि एक दिन पनि खट्दैँनन् ।पहिलापहिलाका जनप्रतिनिधिहरुले तलबभत्ता र सरकारी सेवासुविधा लिदैँनन् थिए । तर, अहिलेका जनप्रतिनिधिहरुले तलबभत्ता र सरकारी सेवासुविधा लिनुका साथै भ्रष्टाचार समेत गर्छन् । यसले गर्दा जनमानसमा नराम्रो सन्देश गएको छ । सार्वजनिक कामका लागि सर्वसाधारणको जनसहभागिता निकै न्यून हुन गएको छ । त्यसैले, अब सरकारले सार्वजनिक कामका लागि जनसमुदायको सहभागिता वृद्धि गर्न निकै आवश्यक परिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑