Krishna Shrivastav
प्रभु साह र उपेन्द्र यादवकाे टकरावले रौतहटमा बढ्दैछ राजनीतिक तनाव
Krishna Shrivastav

वीरगंज । गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै रौतहटमा निरन्तर प्रदर्शन भइरहेको छ । गौर हत्याकाण्ड पीडित संघर्ष समितिको नाममा भएको प्रदर्शनको नेतृत्व आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गरिरहेका छन् ।आइतबार संघर्ष समितिले गौरमा मोटरसाइकल र्यालीसहितको प्रदर्शन गरेको छ । सोमबारदेखि रौतहट बन्दको घोषणा गरिएको छ । ‘हामीले घटनापछि दिएको जाहेरी अनुसार जबसम्म दोषीहरूलाई पक्राउ गरी कारबाही हुँदैन, तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ’, संघर्ष समितिकी संयोजक रूपसागर देवीले भनिन् । २०६३ साल चैत ७ गते गौरको राइस मिलमा तत्कालिन माओवादी केन्द्र र मधेसी जनाधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २८