वीरगंज । नेपालमा मनसुनको प्रभाव कायमै रहेको हुँदा आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी प्रदेशम रहेका मानिसलाई वर्षाबाट हुने सम्भावित क्षतिबाट बाच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। त्यस्तै आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने भएको छ।
राती भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महशाखाको बुलेटिनमा उल्लेख छ। सोमबार र मंगलबार पनि देशमा मनसुनी वायुको प्रभाव कायमै रहने भएकोले देशभर नै वर्षाको सम्भावना रहेको जनाइएको छ। ‘सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ’,
महाशाखाको बुलेटिनमा उल्लेख छ, ‘राती कोशी, बागमती, लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।’मंगलबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना छ ।