• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै रौतहटको चन्द्रनिगाहपुरमा धर्ना

  • वीरगंज संजाल
  • Jul 30, 2023, 11:17 am
  • ६६५

    वीरगंज । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले न्यायको माग गर्दै रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिएको छ । गौर राइस मिलमा १७ वर्ष पूर्व भएको हिंसात्मक घटनामा तत्कालीन माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए । गौर हत्याकाण्डको फाइल खोल्न र मुख्य आरोपि तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गर्नुपर्ने माग राख्दै उनीहरुले धर्ना दिएका छन् । उनीहरूले उपेन्द्र यादवलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, दोषीलाई उन्मुक्ति दिन नहुने, घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग अघि सारेका छन् । गौर हत्याकाण्डका मुख्य दोषीसहित अन्य दोषीलाई कारबाहीको माग गर्दै धर्नामा बसेको गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक तथा शहीद परिवारकी अगुवा रूपसागर देवीले बताइन् । आम जनता पार्टी(आजपा)का अध्यक्षसमेत रहेका सांसद प्रभु साहको नेतृत्वमा पीडितहरुले गौरबाट सुरु गरेको संघर्षलाई पूर्वपश्चिम राजमार्गमा पर्ने चपुरमा ल्याएका छन् ।

    गौर राइस मिलको मुद्दालाई सांसद साहले उठाएपछि मधेश प्रदेशका सत्तासीन ६ दलले हिन्दू परिषद्का अध्यक्ष काशीनाथ तिवारीलगायतका हत्यामा संलग्न रहेकाहरुलाई कारबाहीको माग गर्दै गत हप्ता गौरमा सशक्त प्रदर्शन गरेका थिए । उनीहरुले साहलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । मधेशी जनअधिकार फोरमले राइस मिलमा गर्न लागेको सभालाई विथोल्न माओवादीको भातृ संगठन मधेशी राष्ट्रिय मुक्ती मोर्चाका संयोजकसाहले नारायणघाटबाट वाईसीएललाई मगाएको आरोप छ । सभा विथोल्ने क्रममा माओवादीबाट आक्रोशित स्थानीयहरुले लखेटेर हत्या गरेको बताइएको छ । रौतहट जिल्ला प्रहरी कार्यालयमा २०६४ चैत २८ मा जाहेरी दर्ता भएको १७ वर्ष वितिसक्दा पनि कारबाहीको प्रारम्भिक चरणको काम पनि नभएको बताउँदै पीडितहरुले कारबाही नभए अझ सशक्त विरोधमा उत्रिने चेतावनी दिएका छन् । २०६३ चैत ७ गते गौरको राइस मिल्सको चौरमा तत्कालीन नेकपा माओवादी र स्थानीय सहितको फोरमका कार्यकर्ताबीच झडप हुँदा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए । ५० जनाभन्दा बढी घाइते भएका थिए ।

    माओवादीको कुनै निकायको निर्णय बिना नै साहले फोरमको कार्यक्रम विथोल्न खोजेपछि भूगोलबारे अनभिज्ञ रहेका माओवादी लडाकुहरुतर्फ ठूलो क्षती भएको थियो । मृत्यु भएका अधिकांश माओवादी गौरको भूगोलबारे अनभिज्ञ रहेका थिए । संघर्ष समितिले माग पूरा नभए साउन १४ गते मोटरसाइकल ¥याली गर्ने र साउन १५ गतेदेखि अनिश्चितकालीन रौतहट बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । न्यायका लागि सर्वोच्च अदालतमा प्रक्रिया अघि बढाउन परमादेशको मागसहितको निवेदन दर्ता केही दिनअघि भएको घाइते एवम् जाहेरीकर्ता अमर साहले बताए । माओवादीको जनयुद्धको क्रममा १७ हजार भन्दा बढी मानिस मारिएका थिए । प्रभु साहले रौतहटमा नै १० जना भन्दा बढीको हत्या गराएको ६ दलका नेताहरुले आरोप लगाएका छन् । तिवारी हत्या काण्डमा दर्ता भइसकेको मुद्दालाई फिर्ता लिएर तत्कालीन सरकारले न्यायको हत्या गरेको आरोप ६ दलका नेताहरुले लगाएका छन् । साह र ६ दलबीचको राजनीतिक द्वन्द्व चर्किने देखिएको छ । दुबै पक्षले एकअर्कामाथि आरोप लगाउँदै कारबाही गराउन थालेको विरोध प्रदर्शनले शान्तिसुरक्षामा खलल पुग्न सक्ने सुरक्षा अधिकारीहरुको आकलन छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑