Krishna Shrivastav
काठमाडौंमा पहिरोले घर पुरिँदा बुबा र छोरीको मृत्यु, दुई जना घाइते
Krishna Shrivastav

वीरगंज । काठमाडौंमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ ।तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिए । गणेश तामाङकी श्रीमती र छोरा घाइते छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वृक्षाराेपणका लागि पर्सासहित देशभर राउन्ड टेबलद्वारा १ लाख ८९ हजार विरुवा वितरण
Krishna Shrivastav

वीरगंज । देशभरमा एक लाख विरुवा रोप्ने उद्देश्यका साथ सुरु भएको राउन्ड टेबल नेपालको अभियान आइतबार सम्पन्न भएको छ । जलवायु परिवर्तनबाट पर्यावरणलाई जोगाउनुका साथै प्रदूषण नियन्त्रण र रुखको महत्त्व बारे जागरूकता फैलाउने उद्देश्यका साथ राउन्ड टेबल नेपालले सुरु गरेको अभियान आइतबार सम्पन्न भएको हो । अभियानका क्रममा राउन्ड टेबल नेपालले लक्ष्यभन्दा पनि बढी अर्थात झन्डै १ लाख ८९ हजार वटा विरुवाहरू वितरण गरेको छ । आइबार पर्साको पोखरिया नगरपालिकामा संस्थाले आयोजना गरेको कार्यक्रममा मेयरलगायतका जनप्रतिनिधिलाई ४० हजार वटा वृक्ष हस्तान्तरण गर्दै कार्यक्रम सम्पन्न भएको थियो । समापन कार्यक्रममा बोल्दै