• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वृक्षाराेपणका लागि पर्सासहित देशभर राउन्ड टेबलद्वारा १ लाख ८९ हजार विरुवा वितरण

  • वीरगंज संजाल
  • २१ श्रावण २०८०, आईतवार १८:३१
  • २३७३

    वीरगंज । देशभरमा एक लाख विरुवा रोप्ने उद्देश्यका साथ सुरु भएको राउन्ड टेबल नेपालको अभियान आइतबार सम्पन्न भएको छ । जलवायु परिवर्तनबाट पर्यावरणलाई जोगाउनुका साथै प्रदूषण नियन्त्रण र रुखको महत्त्व बारे जागरूकता फैलाउने उद्देश्यका साथ राउन्ड टेबल नेपालले सुरु गरेको अभियान आइतबार सम्पन्न भएको हो । अभियानका क्रममा राउन्ड टेबल नेपालले लक्ष्यभन्दा पनि बढी अर्थात झन्डै १ लाख ८९ हजार वटा विरुवाहरू वितरण गरेको छ । आइबार पर्साको पोखरिया नगरपालिकामा संस्थाले आयोजना गरेको कार्यक्रममा मेयरलगायतका जनप्रतिनिधिलाई ४० हजार वटा वृक्ष हस्तान्तरण गर्दै कार्यक्रम सम्पन्न भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मधेस सरकारका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले पछिल्लो समय प्रदेशमा देखिएको पानीको हाहाकारले बोटबिरुवाको महत्त्व बारे थप सचेत गराएको बताए । चुरे दोहन, अनियन्त्रित वन विनाश र सहरीकरणले गर्दा पानीको हाहाकार निम्त्याएको बताउँदै उनले समाधानका लागि बढीभन्दा बढी रुखहरू रोप्नु पर्ने सुझाव दिए । राउन्ड टेबल नेपालले लिएको एक लाख वृक्षा रोपण गर्ने महत्त्वाकाङ्क्षी लक्ष्यमा सफलता प्राप्त गरेकोमा संस्थाका प्रतिनिधिहरूलाई धन्यवाद दिँदै उनले आगामी दिनमा यसलाई निरन्तरता दिन पनि आग्रह गरे । ‘के गर्नु पर्छ प्रदेश सरकारबाट हामीले गर्छौँ, तपाईँहरूले हामीलाई भन्नुपर्‍यो ।

    कहाँ के आवश्यकता छ । वन तथा वातावरण मन्त्रालयले सम्भव भएसम्म सहयोग गर्नेछ । तर यस्तो राम्रो अभियान रोकिनु भएन,’ उनले भने । पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य समेत रहेका कुर्मीले वृक्षारोपणसम्म सीमित नहुन सुझाव दिँदै त्यसको संरक्षण तर्फ ध्यान दिन पनि आग्रह गरे । उनले भने, ‘वृक्षारोपण गरेर मात्र हुँदैन त्यसलाई हुर्काउने, संरक्षण तर्फ पनि हामीले ध्यान दिनुपर्छ । यसको लागि सबैको संयुक्त प्रयास चाहिन्छ । प्रदेश सरकारको तर्फबाट ट्री गार्ड उपलब्ध गराउने जिम्मा म लिन्छु, स्थानीय सरकारले यसलाई जोगाउने जिम्मा लिनुपर्‍यो ।’त्यस्तै कार्यक्रममा बोल्दै राउन्ड टेबल नेपालका पूर्व राष्ट्रिय अध्यक्ष एवं ४१ वनर्स क्लबका राष्ट्रिय अध्यक्ष मनोज कुमार दासले पनि वृक्षारोपण जस्तो महत्त्वपूर्ण काम गरेकोमा राउन्ड टेबल नेपाल प्रति आभार प्रकट गरे । जलवायु परिवर्तन, प्रदूषण र ग्रिन हाउस ग्याँस उत्सर्जनका कारण सङ्कट तर्फ अघि बढिरहेको संसारलाई जोगाउन वृक्षारोपणले ठूलो भूमिका खेल्ने बताउँदै उनले अन्य सङ्घ संस्थाहरूलाई पनि राउन्ड टेबलबाट पाठ सिक्नुपर्ने धारणा राखे । यस्तै राउन्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालले वृक्षारोपण मार्फत मान्छेले प्रकृतिलाई प्रयोग गरेर उठाएको फाइदा बापत ऋण तिर्न सक्ने बताए । उनले भने, ‘एक अध्ययनअनुसार एउटा मान्छेले जीवनभरमा विभिन्न कामका लागि पाँच वटा रुख प्रयोग गर्छ तर एउटा पनि रोप्दैन, रोपे पनि हुर्काउँदैन । वृक्षारोपण हाम्रो लागि प्रकृतिबाट लिइएको ऋण फिर्ता गर्ने एउटा उपाय हो ।

    पाँच वटाको सट्टा हामीले २० वटा रुख रोप्दै त्यसलाई हुर्काएर ऋण चुक्ता गर्नुपर्छ ।’३५ औँ वार्षिकोत्सवको अवसरमा राउन्ड टेबल नेपालले लिएको एक लाख वृक्ष रोप्ने लक्ष्यभन्दा पनि बढी प्राप्त गर्न सहयोग गर्ने संस्थाका सदस्य र सहयोगी सङ्घ संस्थाहरूलाई पनि उनले धन्यवाद दिए । उनले आगामी दिनमा पनि संस्थाले सबैसँग यसै प्रकारको सहयोगको अपेक्षा गरेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहानले राउन्ड टेबल नेपाल मार्फत प्राप्त भएको सम्पूर्ण वृक्षहरूलाई रोप्नेदेखि त्यसको संरक्षण नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नगरपालिकाले एउटा वृक्ष रोपण भनेर छुट्टै शाखा नै स्थापना गरेर अभियान मार्फत प्राप्त गरेका बिरुवाहरूलाई रोप्नेदेखि संरक्षण गर्ने बताए । मेयर चौहानले पोखरिया नगरपालिका जिल्लाको केन्द्रका रूपमा विकसित हुँदै गएको बताउँदै यसलाई व्यवस्थित गर्न सडकको दुवै तर्फ वृक्षहरू रोपिने जानकारी पनि दिए । मेयर चौहानकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर रूबी कुमारी ठाकुर, संविधानसभा सदस्य रामेश्वर प्रसाद रौनियार, राउन्ड टेबल नेपाल एसिया प्यासिफिक रिजनका अध्यक्ष सौरभ केडिया, पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य नेजामुदिन समानी, नेकपा एमाले पोखरिया नगर कमिटीका अध्यक्ष विधाञ्चल ठाकुर, पूर्व गाविस अध्यक्ष जोगेन्द्र प्रसाद कुर्मी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, राउन्ड टेबल नेपालका सदस्य लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑