• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    तीन पाङ्ग्रे सवारी व्यवस्थित गर्न चेकजाँचमा कडाई गर्दै वीरगंज महानगर

  • वीरगंज संजाल
  • Aug 6, 2023, 9:28 am
  • ७७३

    वीरगंज । वीरगन्ज महानगरपालिकाले दर्ता नभई सञ्चालनमा रहेका तीन पाङ्ग्रे सवारीसाधन (रिक्सा, ई–रिक्सा, अटो रिक्सा) लाई कारबाही गर्न सुरु गरेको छ । महानगरमा दर्ता विना संचालनमा रहेका यस्ता तीन पाङ्ग्रे सवारीका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई हुने गरेकाले जथाभावी संचालन गर्न रोक्न महानगरले कारबाही थालेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा महानगरको सडक तथा यातायात व्यवस्था शाखाको संयुक्त टोलीले २ दिनमा ४५ वटा तीन पाङ्ग्रे सवारीलाई कारबाही गरेको छ । गत मंगलबार र बिहीबार गरि २ दिन जाँच गर्न खटिएको टोलीले महानगरमा दर्ता नरहेको, बाटो इजाजत (रुटपरमिट) नलिएको, लाइसेन्स, ब्लुबुक जस्ता महत्वपूर्ण कागजात बिना नै सवारी संचालन गरिरहेको भेटेपछि कारबाही गरिएको महानगरको सडक तथा यातायात व्यवस्था शाखाका प्रमुख इन्जिनियर विजय गुप्ताले जानकारी दिए ।४५ वटा सवारीलाई पहिलो पटक भएकाले ५/५ सय जरिबाना तिराएर अबदेखि प्रकृया पुर्याएर मात्रै महानगरमा संचालन गर्न पाउने गरि छाडिएको बताउँदै उनले फेरि दोहोरिए ५ हजासम्म जरिबाना गरिने र सवारी नियन्त्रणमा लिने पनि बताए ।

    महानगरका मेयर राजेशमान सिंहले महानगरमा दर्ता रहेकाले मात्रै महानगरमा सेवा दिन पाउने गरी व्यवस्था मिलाउन निर्देशन दिएसँगै गएको साताबाट तीन पाङ्ग्रे सवारी साधन जाँचलाई तिब्रता दिइएको हो । महानगरबाहिर संचालन गर्ने भनेर यातायात कार्यालयमा दर्ता भएका तीन पाङ्ग्रेले पनि महानगरभित्रै आएर सेवा दिँदा ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको छ । तीन पाङ्ग्रे सवारी साधन अव्यवस्थित रुपमा संचालनमा रहेकाले त्यसलाई व्यवस्थित बनाउन महानगरले अहिले दर्ता प्रकृया रोकेर पहिले दर्ता रहेकालाई व्यवस्थापन गर्न खोजेको इन्जिनियर गुप्ताले बताए । महानगरक्षेत्र भित्र अहिले २ हजार भन्दा बढी तीन पाङ्ग्रे (ई–रिक्सा, अटो रिक्सा) सवारी साधन अव्यवस्थित रुपमा संचालनमा रहेको अनुमान छ ।तर महानगरमा जम्मा ६ सय ७० वटा मात्रै दर्ता रहेर रुट इजाजत लिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले आफ्नो क्षेत्र भित्रका सवारी तथा यातायात व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएकाले महानगरले त्यही अनुरुप सवारी व्यवस्थापनका लागि कार्यविधि नै बनाएर काम गरिरहेको छ । यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा सरोकारवालाहरुसँग बसेर छलफल गरिसकेको महानगरले त्यति गर्दा पनि व्यवस्थित हुन नसकेपछि अब भने कारबाही नै गर्न सुरु गरेको हो ।

    महानगरपालिकामा सवारी दर्ता नगरी सञ्चालन गरेको खण्डमा सवारी चालकलाई प्रथम पटक १ हजार रुपैयाँ जरिवाना तिरेर दर्ता गरेपछि मात्रै सवारी सञ्चालन गर्न पाउने व्यवस्था छ । जरिवाना नतिरेसम्म नगरभित्र सवारी सञ्चालनमा रोक लगाउन सकिने कार्यविधिमा स्पष्ट उल्लेख छ । तर पनि व्यवहारिक रुपमा तीन पाङ्ग्रे सवारीलाई कम जरिबाना गरिएको महानगरले जनाएको छ । अटो चलाएरै घर परिवार पाल्नु पर्ने कतिपयको समस्या देखेर नै आफूहरुले जरिबाना पनि कम गरेको उल्लेख गर्दै इन्जिनियर गुप्ताले यसमा पनि अटेर गर्ने प्रबृत्ति बढे व्यवहारिक नहेरी कार्यविधिले तोके बमोजिम गर्न आफूहरु बाध्य हुने बताए ।यस्तै सवारी साधनले रुट इजाजत पत्र नलिइ सवारी चलाएको खण्डमा पहिलो पटक तत्कालै १ हजार ५ सय रुपैयाँ जरिवाना र दोस्रा पटकका लागि ३ हजार रुपैयाँ जरिवाना गरिने व्यवस्था छ । अब हरेक दिन नगरको विभिन्न स्थानमा ट्राफिक प्रहरी, नगर प्रहरी र महानगरको सडक तथा यातायात व्यवस्था शाखाको संयुक्त टोली तीन पाङ्ग्रे (ई–रिक्सा, अटो रिक्सा) सवारी साधन चेकजाँचका लागि खटिने छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑