पसलमा काम गर्ने युवतीसँग यौन दुर्व्यवहार

 Krishna Shrivastav

वीरगंज । महोत्तरीको बर्दिबासमा बलात्कार प्रयासको घटना सार्वजनिक भएको छ । पीडित युवतीले बर्दिबासका रविन गौतमविरुद्ध बलात्कार प्रयास गरेको आरोपसहित इलाका प्रहरी कार्यालय उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । गत साउन १६ मा पीडित युवतीले जाहेरी दिनासाथ प्रहरीले आरोपित गौतमलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो । उनै गौतमलाई पाँच दिन हिरासतमा राखेर आइतबार जिल्ला अदालत महोत्तरीमा बुझाएको छ । पीडित भनिएकी युवती आरोपित गौतमको किराना पसलमा काम गर्ने गरेको थिइन । पसलमा बसिरहेको वेला गौतमले बलात्कार प्रयास गरेको उनको आरोप छ । उमेरले १७ वर्षीय युवतीले काम गर्न लागेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

६ किलो चरेससहित २ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । दार्चुलामा ६ किलो चरेशसहित दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट ६ किलो १०० ग्राम लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दार्चुलाकै महाकाली नगरपालिका-४ खलंगा बस्ने ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टी बस्ने ७० वर्षीय गौरसिंह ठगुन्ना रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा सोमबा बिहान १ बजेतिर पक्राउ गरेको हो । उनीहरू दुवै जनाले बोकेको झोलामा प्लाष्टिकभित्र लुकाइ छिपाइ राखेको अवस्थामा उक्त चरेस

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सुन तस्करी अनुसन्धानको ‘फाइल’ प्रहरीलाई

 Krishna Shrivastav

वीरगंज । सय किलो सुन तस्करीको अनुसन्धान जिम्मा नेपाल प्रहरीले पाएको छ । राजस्व अनुसन्धान विभागमार्फत भन्सार छली र तस्करीको कसुरमा तीन सातादेखि भइरहेको अनुसन्धानको दायरा फराकिलो बनाउँदै सरकारले संगठित अपराधअन्तर्गत अनुसन्धान गर्न प्रहरीलाई जिम्मेवारी दिएको हो । तस्करीको नेक्सस राजस्व चुहावटमात्र नभई संगठित रूपमा भएको अन्तर्देशीय अपराध पनि भएकाले प्रहरीलाई अनुसन्धानको जिम्मा दिएको विभागले जनाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलन गरी हालसम्म खुलेका तथ्य, प्रमाण र पक्राउ परेका आरोपितसहित संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिएको बताए । त्यसलगत्तै आरोपित १७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा पठाइएको थियो । केही

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बरिष्ठ फुटबल प्रशिक्षक श्रेष्ठको निधन

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज निवासी बरिष्ठ फुटबल प्रशिक्षक तथा पर्सा जिल्ला फुटबल संघ पर्साका मानार्थ उपाध्यक्ष हरि बहादुर श्रेष्ठको आज बिहान निधन भएको छ । घर मै सुतिरहेको समयमा उहाँको हृदयघात भएर निधन भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन । उहाँको ८० बर्षको उमेरमा निधन भएको परिवारका सदस्यले बताएका छन । उनी तराई मधेशका मात्र नभई देशका पहिलो पुस्ताका खेलाडी पनि थिए । श्रेष्ठको निधनले यसआसपासका फुटबल खेलाडी र खेलप्रेमीलाई दुखित बनाएको छ । उहाँको आज नै अन्तयेष्टी गरीने परिवारका सदस्यले जानकारी दिए ।


सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि ढुंगा खस्दा तीन जना घाइते

 Krishna Shrivastav

वीरगंज । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सोमबार बिहान गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको गुडिरहेको गाडीमाथि ढुंगा झरेको हो। घाइतेहरुको परिचय खुलेको छैन। घाइते तीनै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ। राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-३, दोभान सिद्धबाबा क्षेत्रको नागको मन्दिर नजिकै माथिल्लो भागबाट ढुंगासहित खसेको पहिरोमा जिपमा परेको प्रहरीले जनाएको छ। केही समय अवरुद्ध भएको राजमार्ग ढुंगा हटाएर एकतर्फी खुलाइएको छ।


आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलिँदै, सावधानी अपनाउन डाक्टरको सुझाव

 Krishna Shrivastav

वीरगंज । आँखा पाक्ने रोगको सङ्क्रमण देशभर प्रकोपको रुपमा फैलिएको छ । डाक्टरका अनुसार हरेक बर्खायाममा आँखा पाक्ने समस्या देखिन्छ । तर, यसपालि भने धेरै ठाउँमा प्रकोपको रुपमा नै सङ्क्रमण फैलिरहेको छ । आँखामा सङ्क्रमण हुँदा आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ। यस्तै, बिरामीको परेला सुन्निने, आँखामा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिने तिलगङ्गा अस्पतालका नेत्ररोग विशेषज्ञ डाक्टर इन्दिरा पौडेलले बताउनुभयो । रोग फैलिएसँगै देशभरका आँखा अस्पतालमा बिरामीको भिड बढेको छ । तनहुँ, चितवन,

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित

 Krishna Shrivastav

वीरगंज । दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित भएको छ । पहिलो टी–२० मा भारत चार रनले पराजित भएको थियो । घरेलु टोली वेस्ट इन्डिजले दोस्रो खेलमा भने दुई विकेटको जित निकालेको हो । जितसँगै घरेलु टोलीले पाँच खेलको टी–२० श्रृङ्खलामा २–० को अग्रता लिएको छ । आइतबार राति भएकाे खेलमा जितका लागि १ सय ५३ रनको लक्ष्य पाएको वेष्ट इन्डिजले १८ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । वेष्ट इन्डिजका लागि निकोलस पुरनले ६७ रनको अर्धशतकीय पारी खेले । यस्तै, शीमोन हेटमेयरले २२, रोभमन पोएलले

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भरतपुर आँखा अस्पतालमा बिरामीको भीड

 Krishna Shrivastav

वीरगंज । आँखा पाक्ने संक्रमण फैलिएपछि चितवनको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको संख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ । चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको अस्पताल अन्तर्गतका अस्पताल र केन्द्रमा आइतवार २ हजार ३५७ जनाले सेवा लिएका थिए । अस्पतालका वरिष्ठ प्रशासक दयाशंकर चौधरीका अनुसार अन्य समयमा १ हजार २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गर्दथे । अस्पताल आएकामध्ये ६० प्रतिशतभन्दा बढी आँखा पाक्ने रोगका बिरामी रहेका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

मुलुकका अधिकांश स्थानमा वर्षाको संभावना

 Krishna Shrivastav

वीरगंज । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

इटालीमा डुंगा दुर्घटनामा ३० आप्रवासी बेपत्ता

 Krishna Shrivastav

वीरगंज । इटालीको लाम्पेडुसा टापुमा दुई जहाज डुब्दा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा ३० जना बेपत्ता भएका छन् । ट्युनिसियाको स्फैक्स बन्दरगाहबाट छुटेको ती जहाजमा आप्रवासी सवार थिए । संयुक्त राष्ट्रसंघको आप्रवासी एजेन्सीका अनुसार एउटा जहाजमा ४८ र अर्कोमा ४२ जना चढेका थिए । इटालीको सुरक्षाकर्मीले एक महिला र एक वर्षीय बालकको शव फेला परेका छन् । उनीहरूले ५७ जना आप्रवासीको उद्धार पनि गरेका छन् । सुरक्षाकर्मीले जहाजको टुक्राको अनुसन्धान गरिरहेको बताएका छन् । मानव तस्करलाई समुद्रको खराब मौसमको पूर्वानुमानबारे जारी सूचना थाहा भए पनि उनीहरूले सुरक्षा अधिकारीलाई झुक्याउन जहाज अघि बढाएको इटालीका सुरक्षा

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पाकिस्तानमा रेल दुर्घटना, मृतकको संख्या ३० पुग्यो

 Krishna Shrivastav

वीरगंज । पाकिस्तानमा आइतबार भएको रेल दुर्घटनाले पुरै देशलाई हल्लाएको छ। हजारा एक्सप्रेसका करिब १० डब्बा पटरीबाट खसेर दर्दनाक दुर्घटना हुँदा हालसम्म ३० जनाको मृत्यु भइसकेको छ भने ८० भन्दा बढी घाइते भएका छन्। मिडिया रिर्पोटका अनुसार यस दुर्घटनामा धेरै यात्रु गम्भीर घाइते भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ। जियो न्यूजको रिपोर्ट अनुसार रावलपिंडी जाँदै गरेको हजारा एक्सप्रेस सहारा रेलवे स्टेशन नजिकै शहजादपुर र नवाबशाहको बीचमा आइतबार दुर्घटनामा परेको थियो। जसमा ८० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि सिन्धको नवाबशाहस्थित पिपुल्स मेडिकल अस्पतालमा लगिएको थियो,

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

परवानीपुर गाउँपालीकाको दलीत बस्तीमा खानेपानीको समस्या

 Krishna Shrivastav

वीरगंज । “घरको धारा महिनौं भो सुकेको तर हालसम्म स्थानीय सरकारले यस समस्याको समाधान गर्नका लागि कुनै पनि पहल कदमी अगाडी बढाएको छैन ।“ यो दुःखेसो स्थानीय संतोष यादवको हो । उनी बारा जील्लाको परवानीपुर गाउँपालीका वडा नं १ बुनियाद टोलका निवासी हुन् । उनी लगायत सिकेन्द्र पासवान, मुकेश पासवान, मुन्ना पासवान लगायतको पनि अहिलेत्यही दुर्दशा छ । “एक त हामी दलित र त्यसमा पनि गरिबको संतान भएको कारणले हाम्रो बस्तीमा गाउँको सिंहदरबार भनेर चिनिने स्थानीय सरकारको आँखा पर्न सकेको छैन” स्थानीय मुकेश पासवानको दुःखेसो छ । पानी भनेको जीवन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज कुन तरकारी तथा फलफूलको कति छ भाउ ? हेर्नुहोस् मूल्यसूची

 Krishna Shrivastav

वीरगंज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलोको अधिकतम मूल्य १७० रुपैयाँ रहेको छ भने आलु रातोको ५२ रुपैयाँ तोकिएको छ । यसैगरी लोकल गाँजरको १२०, मूला रातोको ५०, मकै बोडीको ७०, लौकाको ५०, चिचिण्डोको ४०, तोरीको सागको ६०, अनारको ३५० रुपैयाँ मूल्य रहेको छ । मूल्य विस्तृतमाः 


आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मघाती काम गर्न पुगिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, तर व्यापार व्यवसायबाट विशेष लाभ रहनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आँखा पाक्ने रोग बढेपछि भरतपुरका विद्यालयमा पाँच दिन बिदा

 Krishna Shrivastav

वीरगंज । आँखा पाक्ने रोगको संक्रमण बढेपछि भरतपुर महानगरपालिकाले महानगरभित्रका सबै शैक्षिक संस्थाहरुमा बिदा दिने निर्णय गरेको छ। महानगरको शैक्षिक प्रशासन महाशाखाले विशेषज्ञको परामर्शको आधारमा पाँच दिनका लागि कुनै पनि शैक्षिक गतिविधि नगर्नेगरी बिदा गर्ने निर्णय गरिएको जनाएको छ। नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले हिउँदे वा बर्खे बिदाबाट मिलान गर्नेगरी सोमबारदेखि शुक्रबारसम्म बिदा गर्न सबै शैक्षिक संस्थालाई पत्राचार गरेको जानकारी दिए। आँखा पाक्ने रोग(एडिनो भाइरस) को संक्रमण चितवनमा पनि बढ्दै गएको छ। आँखा पाक्ने रोग बढेकै कारण चितवनको रत्ननगर र खैरहनी नगरपालिकाले पनि शैक्षिक संस्थामा बिदा गर्ने निर्णय गरेका छन्। खैरहनीमा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महानगरले गर्‍यो पानीको जारको अनुगमन

 Krishna Shrivastav

वीरगंज । काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई नियमित बनाउन थालेको छ । विभिन्न पसलहरूमा बिक्रीका लागि राखिएको पिउने पानीको जारको महानगरले अनुगमन थालेको हो । ब्याच नम्बर र उत्पादन मिति उल्लेख नगरिएको पिउने पानीको जार बेच्नेलाई महानगरले कडाइ गरेको छ । आइतबार वडा नम्बर ११ वैष्णवदेवी फुड एन्ड बेभरेजमा महानगरले अनुगमन गरेको थियो । जारमा ब्याच नम्बर र उत्पादन मिति उल्लेख नभएको, जारको पिँध टुटफुट भएको, चुहिने अवस्थामा पाइएपछि महानगरको अनुगमन टोलीले सचेत गराएको महानगरकी नगर प्रहरी हवल्दार मञ्जु केसीले जानकारी दिइन् ।


पाकिस्तानमा रेल दुर्घटना : कम्तीमा २२ जनाको मृत्यु, ८० घाइते

 Krishna Shrivastav

वीरगंज । पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। कराँचीबाट पाकिस्तानको पञ्जाब जाँदै गरेको रेल दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको भारतीय मिडियामा समाचार छ। सो दुर्घटनामा ८० जना घाइते भएका छन्। जियो टीभीको रिपोर्टअनुसार आइतबार सहजादपुर र नवाबशाहको बीचमा रहेको सहारा रेलवे स्टेशन नजिक रेल दुर्घटनामा परेको हो। घाइतेहरूलाई नवाबशाहको पीपुल्स मेडिकल अस्पतालमा भर्ना गरिएको छ। पाकिस्तान रेलवेका डेपुटी सुपरिटेन्डेन्ट महमुद रहमानका अनुसार क्षतिग्रस्त रेलबाट कम्तिमा २२ जनाको शव निकालिएको पुष्टि गरेका छन्। दुर्घटनास्थलबाट मानिसहरूको उद्दार भइरहेको जनाइएको छ। दुर्घटनाको कारण भने खुलेको छैन ।


पर्सा १ मा कांग्रेस कार्यवाहक क्षेत्रीय सभापितकाे जिम्मेवारी सिंहलाई

 Krishna Shrivastav

वीरगंज । नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर १ काे कार्यवाहक क्षेत्रीय सभापतिकाे जिम्मेवारी अनिल सिंहलाई दिएकाे छ । कांग्रेस क्षेत्रीय सभापति अरविन्द गुप्तामाथि पार्टीले अनुशासन सम्बन्धि छानबिन गरिरहेकाले पार्टीको केन्द्रीय अनुशासन समितकाे अर्काे आदेश नभइन्जेलसम्मका लागि सिंहलाई कार्यवाहक क्षेत्रीय सभापतिकाे जिम्मेवारी दिइएकाे कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले बताएका छन् । कांग्रेस पर्साकाे साउन २१ गतेकाे निर्णय अनुसार सिंहलाई कार्यवाहक क्षेत्रीय सभापतिकाे जिम्मेवारी दिइएको क्षेत्रीले बताए । आइतबार वीरगन्जस्थित कांग्रेस पार्टी कार्यालयमा कांग्रेस पर्साका सभापति क्षेत्रीले सिंहलाई कार्यवाहक क्षेत्रीय सभापतिकाे जिम्मेवारी दिइएकाे पत्र हस्तान्तरण गरे । त्यसअवसरमा कांग्रेस जिल्ला उपसभापति

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

News

महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

News

देशभर बर्षा र बाढीको चेतावनी

News

आज राष्ट्रीय धान दिवस

News

आज आइतबारको राशिफल