• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सुन तस्करी अनुसन्धानको ‘फाइल’ प्रहरीलाई

  • वीरगंज संजाल
  • Aug 7, 2023, 10:23 am
  • ६५३

    वीरगंज । सय किलो सुन तस्करीको अनुसन्धान जिम्मा नेपाल प्रहरीले पाएको छ । राजस्व अनुसन्धान विभागमार्फत भन्सार छली र तस्करीको कसुरमा तीन सातादेखि भइरहेको अनुसन्धानको दायरा फराकिलो बनाउँदै सरकारले संगठित अपराधअन्तर्गत अनुसन्धान गर्न प्रहरीलाई जिम्मेवारी दिएको हो । तस्करीको नेक्सस राजस्व चुहावटमात्र नभई संगठित रूपमा भएको अन्तर्देशीय अपराध पनि भएकाले प्रहरीलाई अनुसन्धानको जिम्मा दिएको विभागले जनाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलन गरी हालसम्म खुलेका तथ्य, प्रमाण र पक्राउ परेका आरोपितसहित संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिएको बताए । त्यसलगत्तै आरोपित १७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा पठाइएको थियो । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले यो प्रकरणमा संगठित अपराध, अन्तर्देशीय अपराध र आतंकवादसँग पनि जोडेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए । विभाग प्रधानमन्त्रीमातहतको निकाय हो । ‘बृहत् अनुसन्धान गर्नुपर्ने भएकाले प्रहरीलाई जिम्मा दिइएको हो,’ विभागका महानिर्देशक ढुंगानाले भने, ‘अब सम्पूर्ण अनुसन्धान प्रहरीबाट हुनेछ ।

    यसका लागि दक्ष जनशक्ति आवश्यक हुने भएकाले नै प्रहरीलाई जिम्मेवारी दिइएको हो ।’ आफूहरूले गरेको अनुसन्धानबाट तस्करीसँग जोडिएका धेरै ‘कनेक्सन’ खुलेको उनले बताए । अनुसन्धानका क्रममा विभिन्न तथ्य फेला परे पनि अहिले सार्वजनिक गर्न नमिल्ने उनले बताए । सरकारी वकिलको लिखित रायअनुसार अनुसन्धानबाट संकलन गरिएका सबै कागजपत्र प्रहरीलाई हस्तान्तरण गरिएको छ । विभागको टोलीले पक्राउ परेका आरोपित, बरामद सबुत प्रमाण र अनुसन्धानको प्रगति प्रतिवेदन प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई हस्तान्तरण गरेको हो । त्यसपछि महानिरीक्षक कुँवरले आइतबार साँझ नै अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिएका हुन् । पक्राउ परेकालाई सीआईबीकै हिरासतमा पठाइएको छ । सुन तस्करी प्रकरणमा नेपाल, भारत र चीनसँग ‘कनेक्सन’ जोडिएको अनुसन्धानबाट खुलिसकेको छ । विदेशबाट भित्रिएको सुन काठमाडौंमा व्यवस्थापन गरी गिरोहले भारतसम्म पठाउन विभिन्न तहका भरिया र एजेन्ट परिचालन गरेको पनि खुलेको छ तर तस्करी प्रकरणमा सुन व्यवस्थापन हुन नपाई गिरोहको एउटा जालो फन्दामा परेको हो । विभागले अनुसन्धान विदेशी नागरिकमाथि केन्द्रित गरेको थियो ।

    अनुसन्धानकै क्रममा सय किलो सुन तस्करी प्रकरणअघि नै करिब ७ क्विन्टल सुन तस्करीबाट बाहिरिएको आशंका छ । सुन ल्याएका खोक्रा ब्रेक सुमात्रै भेटिएकाले त्यो सुन पनि कहाँ पुग्यो भन्ने अनुसन्धान हुने प्रहरीले जनाएको छ । विभागले २०८० साउन २ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन सिनामंगल सडकबाट बरामद गरेको थियो । राजस्वले करिब तीन साता यो प्रकरणमा अनुसन्धान गर्‍यो तर विभागबाट मात्रै अनुसन्धान हुन नसक्ने आवाज उठेपछि प्रहरीको भूमिका खोजी भएको थियो । विभागले भने आफैं अनुसन्धान गर्ने बताउँदै आएको थियो । यो प्रकरणमा तीन विदेशीसहित १८ जना पक्राउ परेका छन् । हङकङबाट गत असार २९ मा क्याथे प्यासिफिकको जहाजबाट स्कुटरका ब्रेक सुभित्र लुकाएर सय किलो सुन ल्याइएको थियो । उक्त प्रकरणमा विमानस्थल भन्सारका तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ नागरिक, कार्गो व्यवसायी, भन्सार एजेन्ट, फर्म मालिकलगायत पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एक जना एजेन्टलाई हाजिर जमानीमा छाडिएको छ भने १७ जना प्रहरीलाई बुझाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑