वीरगंज । काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई नियमित बनाउन थालेको छ । विभिन्न पसलहरूमा बिक्रीका लागि राखिएको पिउने पानीको जारको महानगरले अनुगमन थालेको हो ।
ब्याच नम्बर र उत्पादन मिति उल्लेख नगरिएको पिउने पानीको जार बेच्नेलाई महानगरले कडाइ गरेको छ । आइतबार वडा नम्बर ११ वैष्णवदेवी फुड एन्ड बेभरेजमा महानगरले अनुगमन गरेको थियो ।
जारमा ब्याच नम्बर र उत्पादन मिति उल्लेख नभएको, जारको पिँध टुटफुट भएको, चुहिने अवस्थामा पाइएपछि महानगरको अनुगमन टोलीले सचेत गराएको महानगरकी नगर प्रहरी हवल्दार मञ्जु केसीले जानकारी दिइन् ।