भारतको एक अस्पतालमा एकैदिन १८ बिरामीको शंकास्पद मृत्यु

 Krishna Shrivastav

वीरगंज । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको गृह जिल्लामा एउटा अचम्मको घटना प्रकाशमा आएको छ।जहाँ जिल्लाको कलवास्थित छत्रपति शिवाजी महाराज अस्पतालमा एकै रातमा विभिन्न कारणले १८ जना बिरामीको मृत्यु भएको छ। आठ जना बिरामीको अवस्था गम्भीर रहेको छ।टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार पीडितमध्ये ७० प्रतिशत ५० वर्षभन्दा माथिका थिए। मृत्यु भएका मध्ये तेह्र जनाको आईसीयूमा थिए, जसले गर्दा अक्सिजन लाइनमा गडबडी भएको हल्ला फैलियो। तर, अस्पतालले यो आरोप अस्वीकार गरेको छ।गत शुक्रबार केही राजनीतिक कार्यकर्ताले चिकित्सकको लापरवाहीका कारण एकै दिन ६ जनाको ज्यान गएको भन्दै अस्पतालबाहिर विरोध प्रदर्शन गरेका थिए। मृत्युको

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा आधा दर्जन भन्दा बढी विद्युतीय मोटर र दमकल चोरी

 Krishna Shrivastav

वीरगंज । बारामा धान रोपाइँ गर्न खेतमा जडान गरिएको आधा दर्जन भन्दा बढी विद्युतीय मोटर र दमकल चोरी भएको छ । बाराको महागढीमाई नगरपालिका वडा नं. ३ र १० बाट मोटर र दमकल चोरी भएको पीडित किसानले बताएका छन । धान खेत सिँचाइ गर्न खेतमा राखिएको विद्युतीय मोटर र दमकल चोरी भएको हो । महागढीमाई नगरपालिका–१०, गञ्जभवानीपुरस्थित प्रहरी चौकीदेखि पाँच सय मिटर दुरी रहेका खेतमा विद्युतीय मोटरबाट सिँचाइ गरिरहेको अवस्थामा मोटर चोरी हुँदा दुःख लागेको पीडित किसान कुइस राउत अहिरले बताउनुभयो । उहाँका अनुसार रातिको १० बजे मोटर जडान गरी धान खेतमा पानी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

युरोप भ्रमण छोट्याएर माधव नेपाल आज स्वदेश फर्किँदै

 Krishna Shrivastav

वीरगंज । युरोप भ्रमण छोट्याएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार स्वदेश फर्किन लागेका छन् । सो पार्टीका उपमहासचिव गंगालाल तुलाधारले अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जानकारी दिए। एक साता अघि स्विटजरल्याण्डलगायत युरोपमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनका लागि गएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानबिनको दायरामा परेपछि भ्रमण छोट्याएर स्वदेश फर्कने निर्णयमा पुगेका हुन् । गत साउन २२ गते युरोप जानु एक दिन अघि सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नेपाललगायत बाबुराम भट्टराईलाई पनि छानबिन गर्ने बाटो खोलिदिएको थियो । सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाढी पहिरोले कुन कुन सडक बन्द छन् ?

 Krishna Shrivastav

वीरगंज । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न ठाउँका सडक अवरुद्ध रहेका छन् । १९७ सडकमध्ये बाढी पहिरोका कारण ६ वटा सडक अवरुद्ध छन् भने ४२ वटा एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । तमोर करिडोर अन्तर्गतको चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक, तानसेन–रिडी–कोरलाको म्याग्दी खण्ड, डुम्रे–बेशीसहर–चामे सडकको लमजुङ खण्ड, मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको मौवासे खोलामा सडक बन्द छ । यस्तै, बालाजु–त्रिशूली–धुन्चे –स्याफ्रुबेसी सडक र मध्यपहाडी राजमार्ग अन्तर्गत डडेलधुरा रडुवा खण्डमा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ ।


संघीय शिक्षा ऐनकाे विराेधमा पर्साका शिक्षकहरु पनि आन्दाेलित

 Krishna Shrivastav

वीरगंज । नेपाल शिक्षक महासंघ केन्द्रीय कार्य समितिको आहवानमा पर्साका शिक्षकहरु पनि आन्दाेलित भएका छन् । संघीय शिक्षा ऐन २०८० को मस्यौदाको विरोधमा पूर्व घोषित आन्दोलनकाे कार्यक्रम अन्तर्गत पर्साका १४ पालिकाकाे कार्यालयमा आइतबार शिक्षकहरु धर्ना दिनुकाे साथै पालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् । नेपाल शिक्षक महासंघको पहिलाे चरणकाे धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत पकहा मैनपुर गाउँपालिकामा आन्दाेलनकाे कार्यक्रम सम्पन्न भएकाे शिक्षक विकाश पाण्डेले वताए । शिक्षक महासंघ पकहा मैनपुर गाउँपालिकाकाे आयाेजना गाउँपालिका कार्यालय पकहाँ मैनपुरमा धर्ना दिनुकाे साथै ज्ञापन पत्र समेत बुझाइएकाे उनले जानकारी दिए । यसैगरी कालिकामाइ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनमत पार्टी फेरि सरकारमा सामेल, मन्त्री अनिता देवीले लिइन् शपथ

 Krishna Shrivastav

वीरगंज । जनमत पार्टी पनि संघीय सरकारमा सामेल भएकाे छ । साेमबार जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए । यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

फेसबुकमा अश्लिल गाली गर्ने एक जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । फेसबुकलगायतका सामाजिक सञ्जालमा अश्लिल गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ परेका छन्। प्रहरीले आइतबार राती धरान-५ देउरालीस्थित घरबाट रमेश बान्तवा राईलाई पक्राउ गरेको हो। बान्तवाले धरान- ७ का पर्बत राई र व्यावसायि रमेश थापाविरुद्ध अश्लिल शब्द प्रयोग गरि गाली बेइज्यत गरेकाले साइबर अपराधअन्तर्गत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राइले बताए। धरानको छोटी मोरङ जग्गा पीडित संघर्ष समितिले पत्रकार सम्मेलन गरेको समाचार प्रकाशित भएपछि राईले संघर्ष समितिका सदस्य पर्वत राई र व्यवसायी थापालाई अश्लिल गाली गरेपछि दुबै जनाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। पक्राउ परेका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा १४ बर्षीया बालिकालाई बलात्कार गरी फरार भएका पासवान काठमाडौंबाट पक्राउ

 Krishna Shrivastav

वीरगंज । बारामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको करैयामाई गाउपालिका वडा नम्बर ४ का २६ वर्षीय पन्नालाल पासवान रहेका छन्। प्रहरीका अनुसार पासवानले गत पुस १६ गते रातिको समयमा गाँउकै १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए। पासवानलाई काठमाडौं-३ बसुन्धारामा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले फेला पारी पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक हाेविन्द्र बाेगटीले जानकारी दिए। पक्राउ परेका पासवानलाई बारा जिल्ला अदातलबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए।


मनसुनबाट ५१ जिल्ला प्रभावित, ४६ जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । यस वर्षको चालु मनसुनबाट ५१ जिल्ला प्रभावित भएको छ। गृहमन्त्रालअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार यस वर्षको बाढी–पहिरोबाट ४६ जनाको मृत्यु भएको छ। बाढी-पहिरोमा परी ३१ जना हराइरहेका छन्। संखुवासभाको सुप हेवा हाइड्रोका १९ जना मजदुर अहिलेसम्म बेपत्ता नै छन्। उनीहरू असार ४ गतेको बाढीमा बेपत्ता भएका हुन्। मनसुनजन्य विपद्मा परी ५९ जना घाइते भएका छन्। १५६ घरमा पूर्ण क्षति पुगेको छ भने ६८२ घरमा आंशिक क्षति पुगेको महाशाखाले जानकारी दिएको छ। पहिरोबाट मकवानपुरमा ५, ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ। बाढी-पहिरोबाट संखुवासभामा ३, पहिरोबाट ताप्लेजुङमा ३,

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उपराष्ट्रपति यादव आज चीन जाँदै

 Krishna Shrivastav

वीरगंज । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज साेमबार चीन भ्रमणमा जाँदै छन्। उपराष्ट्रपति यादव ‘चाइना– साउथ एसिया एक्सपो’मा सहभागी हुन साेमबार अपरान्ह सवा ४ बजे चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला त्यसअघि नै उपराष्ट्रपति यादव चीन जान लागेका हुन्। साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने एक्स्पाेमा यादव सहभागी हुनेछन्। चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तकोशी नदीमा ३४ वर्ष यताकै धेरै पानी, ब्यारेजका ५६ वटै ढोका खोलियो

 Krishna Shrivastav

वीरगंज । सप्तकोशी नदीमा पछिल्लो ३४ वर्ष यताकै उच्च पानी बगेको छ । पूर्वी पहाडी जिल्लाहरूमा केहि दिन यता निरन्तर पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको छ । सप्तकोशी नदी स्थित कोशी नदीमा साेमबार बिहान ४ बजे ४ लाख ६२ हजार क्युसेक पानी प्रति सेकेण्ड बगेको छ । अहिले भने पानीको मात्र घट्दै गइरहेको छ । बिहान ६ बजे गरिएको मापन अनुसार कोशीमा ४ लाख ५२ हजार क्युसेक पानी प्रति सेकेण्ड बगिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । अहिले कोशी ब्यारेजमा रहेका सबै ५६

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतलाई हराँउदै वेस्ट इन्डिजले जित्याे टि-२० सिरिज

 Krishna Shrivastav

वीरगंज । भारतसँगको टी-२० क्रिकेट सिरिज वेस्ट इन्डिजले जितेकाे छ ।आइतबार राति भएकाे पाँचाैँ तथा निर्णायक खेलमा भारतलाई ८ विकेटकाे फराकिलो अन्तरले हराउँदै घरेलु टोली वेस्ट इन्डिजले पाँच खेलको सिरिज ३–२ ले जितेको हाे । जितका लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १८ ओभरमा २ विकेटको क्षतिमा १७१ रन बनाएर भेट्टायो । वेस्टइन्डिजका ब्रेन्डन किङ्गले सर्वाधिक ८५ रनको अर्धशतकीय पारी खेले । यस्तै, निकोलस पुरनले ४७, शाई होपले २२ र कायल मेयर्सले १० रन बनाए । भारतका अर्शदीप सिंह र तिलक बर्माले एक/एक विकेट लिए ।

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा प्रहरीले आयाेजना गरेकोे कार्यक्रममा ६८ जनाले गरे रगतदान

 Krishna Shrivastav

वीरगंज । बाराकाे कलैयास्थिथ जिल्ला प्रहरी कार्यालयमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । प्रहरी कार्यालय परिसरमा भएकाे रक्तदान कार्यक्रममा ६८ जनाले रगत दान गरेका छन् । नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा एक महिलासहित ६८ जनाले रगत दान गरेका हुन् । प्रादेशिक अस्पताल कलैया र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयाेजित रक्तदान कार्यक्रममा नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना , विभिन्न संघसंस्था का प्रतिनिधि लगायतले रगत दान गरेका हुन् । रक्तदान कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा , प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, प्रहरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल शिक्षक महासंघ छिपहरमाई गाउँपालिका द्वारा धर्ना कार्यक्रम

 Krishna Shrivastav

वीरगंज । नेपाल शिक्ष्Fक महासंघ छिपहरमाई गाउँपालिका, पर्साले आज छिपहरमाई गापा कार्यालय अगाडि धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित आन्दोलनको कार्यक्रम अनुसार पालिकास्तरको धर्ना कार्यक्रम गरिएको हो । धर्ना कार्यक्रममा सो गापाका शिक्षकहरुले गापा कार्यालयमा धर्ना दिएका थिए । ज्ञापनपत्रमा नेपाल शिक्षक महासंघ देशको शिक्षाको विकास तथा नेपाली शिक्षक–कर्मचारीको पेसागत हकहितको प्राप्ति र संरक्षणका पक्षमा काम गर्ने पेसागत छाता संस्था हो । नेपाली शिक्षक–कर्मचारीको पेसागत हकहित र उन्नत विद्यालय शिक्षाको विपक्षमा हुने कुनै पनि षडयन्त्र अभियान र प्रयत्नहरूको विरोधमा उभिनु यसको कर्तव्य नै हो । अहिले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आँखा संक्रमण बढेपछि विद्यालयहरू बन्द

 Krishna Shrivastav

वीरगंज । आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि रामेछापको सबैभन्दा बढी विद्यार्थी अध्ययनरत मन्थली माध्यमिक विद्यालय एक साताका लागि बन्द गरिएको छ । आइतबार विद्यालय पुगेका छात्रछात्रालाई आधा दिनमै घर पठाएर विद्यालयले आउँदो आइतबार मात्र हाजिर हुन भनेको हो । प्रधानाध्यापक टंकप्रसाद दाहालका अनुसार विद्यालयमा अध्ययरत १ हजार ३ सयमध्ये ४ सयभन्दा बढी विद्यार्थी आँखा पाक्ने रोगबाट ग्रसित छन् । उनले ९ जना शिक्षकपनि आँखा संक्रमणबाट पीडित भएपछि पठनपाठनमा असर पुगेको बताए । त्यसैगरी मन्थलीमा रहेका ३ वटा निजी विद्यालयले पनि आँखाको संक्रमणका कारण ३ दिन पठनपाठन रोकेका छन् । सोमबारदेखि बुधबारसम्म विद्यालय बन्द गर्ने

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर आफन्तसँग भेटघाट भने हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रा कष्टकर हुनसक्छ र मालसामान पनि हराउन

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनुषामा अवैध बालुवा उत्खनन गरी रहेको अवस्थमा दुईवटा ट्याक्टर नियन्त्रणमा

 Krishna Shrivastav

वीरगंज । धनुषामा अवैध बालुवा उत्खनन गरी रहेको अवस्थमा प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । मिथिला नगरपालिकास्थित रातो नदीमा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको प्रहरी टोलीले अवैध उत्खनन कार्यमा संलग्न ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीले अन्य स्थानमासमेत अबैध बालुवा उत्खनन भएको जानकारी भए सूचना दिन आग्रह गरेको छ ।नियन्त्रणमा लिएका ट्याक्टर इलाका प्रहरी कार्यालय ढल्केवर धनुषामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


देउवालाई कांग्रेस सांसद सुनिल शर्माको चेतावनी : बोल्न नदिए बिद्रोह गर्छु

 Krishna Shrivastav

वीरगंज । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले संसदमा बोल्न पटकपटक समय माग्दा पनि नपाएको गुनासो गरेका छन् ।अब पनि बोल्न समय नदिए विद्रोह गर्ने उनको चेतावनी छ । आइतबार पार्टी संसदीय दलको बैठकमा सहभागी भएका शर्माले पछिल्लो समय संसद बोल्न माग्दा समय नपाएको बताए । पटकपटक माग्दा पनि प्रमुख सचेतकले समय नदिएपछि आफूले मिडियासँग बोलेको उनले सुनाए । मोरङ ३ बाट निर्वाचित सांसद शर्माले बोल्न समय दिए पार्टीले भनेको निर्देशनभन्दा बाहिर नजाने बताए । उनले अघि भने, ‘तर पञ्चायत जस्तो बोल्न दिनु भएन भने म बिद्रोह गर्छु । सभामुखसँग समय

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

News

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

News

महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

News

देशभर बर्षा र बाढीको चेतावनी

News

आज राष्ट्रीय धान दिवस