वीरगंज । बारामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको करैयामाई गाउपालिका वडा नम्बर ४ का २६ वर्षीय पन्नालाल पासवान रहेका छन्। प्रहरीका अनुसार पासवानले गत पुस १६ गते रातिको समयमा गाँउकै १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए।
पासवानलाई काठमाडौं-३ बसुन्धारामा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले फेला पारी पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक हाेविन्द्र बाेगटीले जानकारी दिए। पक्राउ परेका पासवानलाई बारा जिल्ला अदातलबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए।