वीरगंज । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न ठाउँका सडक अवरुद्ध रहेका छन् । १९७ सडकमध्ये बाढी पहिरोका कारण ६ वटा सडक अवरुद्ध छन् भने ४२ वटा एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ ।
तमोर करिडोर अन्तर्गतको चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक, तानसेन–रिडी–कोरलाको म्याग्दी खण्ड, डुम्रे–बेशीसहर–चामे सडकको लमजुङ खण्ड, मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको मौवासे खोलामा सडक बन्द छ ।
यस्तै, बालाजु–त्रिशूली–धुन्चे –स्याफ्रुबेसी सडक र मध्यपहाडी राजमार्ग अन्तर्गत डडेलधुरा रडुवा खण्डमा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ ।