स्थानीय पाठ्यक्रम लागू : हाम्रो मौलापुर पुस्तक बिधार्थीको हाथ हाथमा

 Krishna Shrivastav

वीरगंज । रौतहटको मौलापुर नगरपालिकाले यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम अन्तरगत‘हाम्राे मौलापुर पुस्तक: लागू गरेको हो । विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेका नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी लागू गरिएको मौलापुर नगरप्रमुख रिना साहले बताए। “स्थानीय पाठ्यक्रममा हाम्रो नगरपालिकाभित्रको प्राकृतिक सम्पदा, स्थानीय पेसा व्यवसाय र आर्थिक क्रियाकलाप, सामाजिक संस्था, आनीबानी तथा स्वास्थ्य, प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापनका साथै यहाँको संस्कार, संस्कृति तथा रहनसहन, योग शिक्षा, अतिथि आदर सत्कार लगायतका विषयवस्तु समेटेका छौँ”, नगरप्रमुख साहले भने । उनले पाठ्यक्रममा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

५६ करोड ऋण नतिरेपछि सनी देओलको घर लिलामी हुने

 Krishna Shrivastav

वीरगंज । सनी देओल यतिबेला जताततै चर्चामा छन् । उनको पछिल्लो फिल्म ‘गदर २’ले हलमा धमाकेदार कमाइ गरिरहेको छ । गत हप्ता हलमा रिलिज भएको यो फिल्मले ९ दिनमै यति कमाई गरेको छ कि यो बलिउडको सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा परेको छ । सन् ९० को दशकमा बलिउडका सबैभन्दा ठूला स्टार मध्येका एक भएका सनीले मध्य दुई दशकमा निकै संघर्ष देखे र उनका फिल्मले बक्स अफिसमा खासै कमाइ गर्न सकेनन् । अब अन्ततः ‘गदर २’ ले उनलाई त्यो भव्य सफलता देखाएको छ, जुन उनले लामो समयदेखि प्रतिक्षा गरिरहेको हुनुपर्छ

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बोरामा राखी भारत लैजाँदै गरिएका बालबालिकाको उद्धार, एक भारतीय पक्राउ

 Krishna Shrivastav

वीरगंज । नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका अनुसार देवताल गाउँपालिका-३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरालाई आइतबार उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ । बालबालिका चोरी गरेको आरोपमा भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नं ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक डाँगीले बताए । आलममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले बताए । उनका अनुसार बोरामा राखी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन नगरेमा रौतहटका नेताहरू द्वारा कडा आन्दोलन गर्ने चेतावनी

 Krishna Shrivastav

वीरगंज । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी नेताहरूले दिएका छन्। उद्योग परिसरमा शनिवार उखु उत्पादक संघ रौतहटको आयोजनामा भएको किसान आम सभाका वक्ताहरुले उद्योग सञ्चालनमा आफूहरूले सहयोग गर्न तयार रहेको बताउँदै उद्योग सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन्। आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष प्रभू साह ज्यूको प्रतिनिधी एवम फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्यासी विजय यादव निर्विजले सम्वोधनको कर्ममा भने , रौतहट जिल्ला किसान आन्दोलन संग जोडिएको जिल्ला हो यो धर्तीबाट कतीपय नेताहरु जन्म भएको जिल्ला हुन् । तपाईहरुको थाह छ ?

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कैलालीमा पेट्रोल भनेर पठाएको ट्यांकरमा डिजेल फेला परेपछि…

 Krishna Shrivastav

वीरगंज । कैलालीमा पेट्रोल भनेर पठाएको ट्यांकरमा डिजेल फेला परेपछि हंगामा मच्चिएको छ। नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले पेट्रोल भनेर पठाएको ट्यांकरमा डिजेल फेला परेको छ। बिहीवार आयल निगम धनगढीबाट पहलमानपुरको मित्र ट्रेडर्समा पठाइएको पेट्रोलको ट्यांकरमा डिजेल फेला परेको हो। पहलमानपुरमा रहेको पेट्रोल पम्पका लागि पठाइएको ट्यांकरमा रहेको पेट्रोल मापन गर्दा मात्रा कम फेला परेको र च्यामबरबाट पेट्रोल बाल्टीमा निकालेर परीक्षण गर्दा डिजेल मिसावट गरिएको थाहा भएको मित्र ट्रेडर्सका सञ्चालक अजय बमले बताए। नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले बिहीवार पठाएको ना ५ ख ७७३ नम्बरको ट्यांकरमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पत्रकार माथि कर्मचारीले गरेको दुर्व्यवहारको घटनामा संलग्न कर्मचारीलाई कारबाहीको माग

 Krishna Shrivastav

वीरगंज । गौशाला नगरपालिकामा आन्दोलनरत कर्मचारी बारे समाचार संकलनको क्रममा द पब्लिक टुडेका पत्रकार विजयकुमार सिंहलाई धर्ना स्थलमा कर्मचारीले गरेको दुर्व्यवहारको घटनामा संलग्न कर्मचारीलाई कारबाहीको लागि नेपाल प्रेस युनियन महोत्तरी शाखाले माग गरेको छ। प्रेस युनियन महोत्तरीका सचिव नविन कुमार चौधरीले एक विज्ञप्ती जारी गर्दै २०८० साउन ३२ गते गौशाला नगरपालिकामा आन्दोलनरत कर्मचारी बारे समाचार संकलनको क्रममा द पब्लिक टुडेका पत्रकार विजयकुमार सिंहलाई धर्ना स्थलमा कर्मचारीले दुर्व्यवहार गरेको घटनाप्रति हाम्रो ध्यान आकर्षण भएको जनाउँदै कारबाहीको माग गरेको छ। विज्ञप्तीमा उल्लेख छ, “समाचार संकलनमा अबरोध गरी दुर्व्यवहार गर्ने गौशाला नगरपालिकाको प्राविधिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ईलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा अठार लाख साठी हजार बराबरको सामान बरामद

 Krishna Shrivastav

कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाख साठी हजार बराबरको भन्सार छलिको सामान गाडी सहित नियन्त्रणमा लिएको छ । पुरुषले प्रयोग गर्ने भित्री बस्त्र (कट्टु) थान २४०० (चौबीस सय) अन्दाजी मुल्य रू ३,६०,०००/ (तीन लाख साठी हजार ) बराबरको सामान भन्सार छली गरि भारतबाट नेपाल भित्र्याई काठमाडौ तर्फ लैजादै गरेको भन्ने गोप्य सूचनाको आधारमा ईप्रका कृष्णनगरका प्र. नि. लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी गस्ति टोलिले महाराज गन्ज नगरपालिका वडा न. ५ कन्चनिया बाट नियन्त्रणमा लिएको हो । काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा न. २ बस्ने बर्ष २३ को अनुप

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बसको ठक्करबाट बाबु आमाको मृत्यु , छोरी घाइते

 Krishna Shrivastav

वीरगंज । काठमाडौंको बनस्थलीमा आइतबार बिहान बसको ठक्करबाट बाबुआमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् । बनस्थलीको अन्नपूर्ण चोकमा बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको दरौंदी यातायातको बसले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो । दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका घर भएकी ३२ वर्षीय अनिता थापा र उनका श्रीमान रामकुमार भारतीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्दाजी १० वर्षकी बालिका घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको र स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जितपुरसिमरा अस्पतालको मेसुमा डा. प्रकाश साह नियुक्त

 Krishna Shrivastav

वीरगंज । बाराको जितपुरसिमरा अस्पतालको मेसुमा एम.डि.जि.पि. डा.प्रकाश साह नियुक्त हुनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले अस्पतालको मेसु पदमा पदबहाली गराउनुभएको हो । नवनियुक्त मेसु साह छाती, पेट, मधुमेह, थाईराईड रोग बिशेषज्ञ हुनुहुन्छ । एम.डि.जि.पिको अध्ययन डा. साहले पाटन हस्पिटल काठमाडौँबाट गर्नुभएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाका बिरामीहरु सामान्य उपचारको लागि पनि वीरगञ्ज, नारायणघाट, काठमाडौँ जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । यसलाई धेरै हदसम्म निराकरणका लागि तत्कालै गर्न सक्ने योजनाहरु मेसु साहले अघि सार्नु भएको छ । पहिलो चरणमा ओ.पि.टी र ईमरजेन्सी ब्यवस्थापन गर्ने, दोस्रो चरणमा उपचारका लागि बाहिर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राष्ट्रपति र प्रधानमन्त्रीले टारे आचार्य धीरेन्द्रकृष्ण शास्त्रीसँगको भेट

 Krishna Shrivastav

वीरगंज । भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्रकृष्ण शास्त्री नवलपरासीको शाश्वतधाम पुगेका छन् । आइतबार त्यहाँ हनुमन्थ कथा वाचन कार्यक्रम सुरु भएको छ, जुन सोमबारसम्म चल्ने छ । चौधरी ग्रुपका बरुण चौधरीको निमन्त्रणमा शुक्रबार काठमाडौँ आइपुगेका शास्त्रीलाई शनिबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गराउने तयारी थियो । तर दुबैसँग भेट हुन सकेन । स्रोतका अनुसार प्रधानमन्त्रीसँग शनिबार बिहान समय मागिएको थियो । तर निजी सचिवालयले प्रधानमन्त्री ‘प्रचण्ड’को व्यस्तताको कारण देखाएर भेट नगराएको स्रोतको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ शनिबार रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दुई वटा पेस्तोलसहित सर्लाहीबाट दुई युवक पक्राउ

 Krishna Shrivastav

वीरगंज । सर्लाहीबाट दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादव छन् । सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले शनिबार राति दुबैजनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको हो । उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका-६ हुँदै भारतबाट नेपाल आउँदै थिए । उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको छ । बरामद सामानसहित दुवै जनालाई कारबाहीका लागि शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको सशस्त्रले जनाएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेशका मुख्यमन्त्री सरोज यादवको दुईवटा औंलाको अपरेसन

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेशकम मुख्यमन्त्री सरोजकुमार यादवको दायाँ हातको दुईवटा औंलाको अपरेसन भएको छ । शनिबार काठमाडौंको ग्राण्डी अस्पतालमा उनको औंलाको अपरेसन गरिएको हो । कान्छी औंला छेउको दुईवटा औंलामा करिब ७ वर्षदेखि समस्या थियो । ‘विस्तारै विस्तारै अलि बढी नै मोडिदै गएको थियो । दुखाई पनि बढी नै हुन थालेपछि चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गराएको हुँ’ मुख्यमन्त्री यादवले टुडेपाटीसंग भने । उनलाई केहिदिन आराम गर्न चिकित्सकले सल्लाह दिएको छ ।


चिकित्सा शिक्षा आयोगको बदमासी

 Krishna Shrivastav

वीरगंज । चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा शिक्षामा देखिएको समस्याको कारण देशभर २ सय २८ नर्सिङ कलेज बन्द भएपछि नेपाली विद्यार्थी भारतसँग सिमाना जोडिएका नर्सिङ कलेजमा अध्ययन गर्न पुगेका छन् । ‘चिकित्सा शिक्षा ऐनकै कारण २०७७/०७८ मा कोसीमा ४, मधेसमा ६, वागमतीमा ३५, गण्डकीमा ४, लुम्बिनीमा १७, सुदूरपश्चिममा ६ र कर्णाली प्रदेशमा १ गरी ७३ वटा कलेज बन्द भएका छन् । आयोगले शुरूमा २ सय २८ बन्द गरायो, त्यसपछि गएको आर्थिक वर्षसम्म ७३ बन्द भएका छन्’ –सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले भने । आयोगको अत्याचार विरोधमा निजी कलेज सञ्चालक आन्दोलनमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

 Krishna Shrivastav

वीरगंज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागको केही

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बन्द रहेको श्री राम सुगर मिल्स संचालन गराउन दलहरुको नेताको प्रतिबद्धता

 Krishna Shrivastav

वीरगंज । बर्षौ देखी बन्द रहेको श्रीराम सुगर मिल्स लिमिटेड गरुडा रौतहटका संचालनको लागि आयोजना गरिएको बृहद किसान आम सभा कार्यक्रम शनिवार मिल्सको मैदानमा सम्पन्न भएको छ। उखु उत्पादक संघ रौतहटले आयोजना गरेको बृहद आम सभामा सहभागी भएका सतारुढ दल तथा प्रतिपक्षी दलका नेताहरुले बन्द रहेको चिनी उद्योग संचालनका लागि एकबद्ध भएर लाग्ने प्रतिब्द्धता जनाएका छन्। प्रमुख आतिथिको आसन्नबाट सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले उद्योग संचालन गराउनको लागि 30 करोड रकम संघिय सस्कारबाट व्यवस्थापन गराउने प्रतिब्द्धता जनाएका छन्। २०५१ सालमा स्थापना भएको श्री राम सुगर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बलात्कार आरोपमा युवा संघका बेलबारी अध्यक्ष पक्रा

 Krishna Shrivastav

वीरगंज । नेकपा (एमाले)को भातृ संगठन युवा संघका बेलबारी नगर अध्यक्ष ३४ वर्षीय काशीराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको बेलबारी नगरपालिका–१० घर भएका उनलाई बलात्कार आरोपमा प्रहरीले साउन ३२ गते बिहीबार पक्राउ गरेको हो। आफूलाई असार २ गते बलात्कार गरेको भनेर २० वर्षीया युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो। तामाङ रेस्टुरेन्ट पनि चलाउँछन्। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए।


सशस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन

 Krishna Shrivastav

वीरगंज । पर्साको वीरगञ्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ । सशस्त्र एसपी थपलियाको शनिवार दिउँसो १ बजेको करिबमा हृदयाघात (हार्ट अट्याक) बाट मृत्यु भएको हो । वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा ४४ वर्षीय थपलियाको दिउँसो उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रमुख (एसपी) कोमल विक्रम शाहले जानकारी दिए । एसपी शाहका अनुसार अनुसार शनिवार बिहान ११ बजेतिर गण परिसरमै रहेको आवासमा रहेका बेला थपलिया अचानक अचेत भएर लडेका थिए । लगत्तै उनलाई उपचारका लागि मेडीसिटी वयोधा अस्पतालमा लगिएको थियो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

News

अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

News

सिरहामा १८ प्रतिशत धान रोपाइँ

News

प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

News

सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि