Krishna Shrivastav
उपराष्ट्रपतिद्वारा वीरगंजमा औषधी व्यवसायी संघको अधिवेशन उद्धघाटन
Krishna Shrivastav

वीरगंज । नेपाल औषधी व्यवसायी संघको १४ औं अधिवेशन सुरु भएको छ । वीरगञ्जको नगरसभा गृहमा हुने अधिवेशनको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्नुभएको छ । विहान ९ बजे उद्घाटन हुने तय भएको कार्यक्रममा उपराष्ट्रपति यादव आउन ढिलो भएकाले कार्यक्रम ढिलै सुरु भएको हो । अधिवेशनमा मधेस प्रदेशका मुख्यमन्त्रीको पनि उपस्थित हुनुहुन्छ । संघका केन्द्रीय पदाधिकारी, सातै प्रदेशका अध्यक्ष, जिल्ला अध्यक्ष लगायत प्रत्येक जिल्लाबाट तीनतीन जनाको प्रतिनिधि र पर्यवेक्षक गरि २१० जनाको अधिवेशन प्रतिनिधिको रूपमा सहभागीता रहेको संघका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले जानकारी दिनुभयो । देशको हरेक असहज परिस्थितिमा समेत ज्यानको