सुनको मूल्यमा भारी गिरावट

 Krishna Shrivastav

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा भारी गिरवाट आएकाे छ। आज एकैदिन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम छ।


लामो वार्तापछि अमेरिका र युक्रेनबीच ऐतिहासिक सम्झौता

 Krishna Shrivastav

काठमाडौं । संयुक्त राज्य अमेरिकाले युक्रेनसँग प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ। अमेरिकी अर्थ विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दुवै देशले “पुनर्निर्माण लगानी कोष” सिर्जना गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ‘अमेरिकालाई बढी फाइदा’ पुर्‍याउने बताएका छन्। उनले भने, “बाइडेनले युक्रेनलाई ३५० अर्ब डलर दिए। अब हामीले एउटा सम्झौता गरेका छौं जसले हामीलाई त्योभन्दा बढी पैसा दिनेछ।” यसअघि बुधबार अमेरिकी अर्थमन्त्री स्कट बेसान्ट र युक्रेनका उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका थिए। अमेरिकी ट्रेजरी विभागले जारी गरेको विज्ञप्ति अनुसार , सम्झौता अन्तर्गत दुई

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगञ्जबाट अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज। कलैया उपमहानगर-१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर-१२ मुर्लीस्थित एक घरबाट मंगलबार राति उद्धार गरेको तथा अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको बताए। हिरासतमा रहेका नाबालखको विवरण भने सार्वजनिक गरिएको छैन। पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए।


राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

 Krishna Shrivastav

म्याग्दी। रघुगंगा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला-मंगले-राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ। तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ। आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युत्गृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ। आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ। राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो।


अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने

 Krishna Shrivastav

काठमाडौ। अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन्। आफू रहेकै स्थानमा प्रथम बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो। यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए। सोही अनुसार मन्त्रालयले नियमावली संसोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिए। ‘स्वास्थ्य बीमामा आम नागरिकको पहुँच वृद्धि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने

 Krishna Shrivastav

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको सामाजिक, आर्थिक र भौतिक विकासमा श्रमिक वर्गको योगदान महत्वपूर्ण रहेको बताएकी छन्। अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइप्रति शुभकामना व्यक्त गर्दै उनले एक्समा अधिकांश नेपाली श्रमिक अनौपचारिक क्षेत्रमा रहेका, उनीहरुको न्यूनतम तलब, सामाजिक सुरक्षा र सुरक्षित कार्यस्थललगायत अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन् । “विदेशमा कार्यरत श्रमिकहरूको योगदान अर्थतन्त्रको मेरुदण्ड भए पनि उहाँहरू शोषण र जोखिममा हुनुहुन्छ । बेरोजगारी र युवाशक्ति विदेश पलायन चिन्ताको विषय बनेको छ भने महिला र घरेलु श्रमिकहरू अझै पनि उपेक्षित छन्”, उनले लेखेकी छन्। श्रमिक अधिकारको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन

 Krishna Shrivastav

कष्णनगर | इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन गरिएकाे छ । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक निरन्जन दत्त भट्टको प्रमुख आतिथ्यतामा मन्दिरकाे समुद्घाटन गरिएकाे हाे । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीकाे पहलमा वडा २ तथा नगरपालिकाकाे आर्थिक सहयाेगमा माता दुर्गा मन्दिर निर्माण सम्पन्न भई सर्वसाधारणका बीच समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कलश परिक्रमा भएपछि पुजा अर्चना गरि बुद्बबार इप्रका परिसरमा मुर्ति स्थापना गरिएकाे पुराेहित शास्त्री रेशम लाल गैरेले बताउनुभयाे । कृष्णनगर

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

२९६५ पत्ता प्रतिबन्धित लागु औषध ट्रामाडोलसहित दुई व्यक्ति प्रहरी नियन्त्रणमा

 Krishna Shrivastav

बारा | विशेष सूचनाका आधारमा बारा जिल्लाको अमलेखगञ्जमा प्रहरीले प्रतिबन्धित लागु औषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल २९६५ पत्ता (जम्मा २९,६५० ट्याबलेट) बरामद गर्दै दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२ बैशाख १६ गते दिउँसो ३:३१ बजे इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जस्थित चेकप्वाइन्टमा वीरगञ्जबाट हेटौंडातर्फ गइरहेको BR05BA4817 नम्बरको भारतीय कारलाई रोकी जाँच गर्दा उक्त कारको पछाडिको सिटमुनी फल्स बटम बनाई लुकाइएको अवस्थामा लागु औषध फेला पारेको हो। प्रहरीका अनुसार, नियन्त्रणमा लिइएका व्यक्तिमध्ये एक भारतको बिहार राज्य, मोतिहारी जिल्लाको ग्राम अरेराज मलाही–११

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्ज बसपार्कस्थित डिस्प्ले एडमा सट्टाबाजी एपको प्रचार, कानूनी कारबाहीको हुने!

 Krishna Shrivastav

वीरगञ्ज | नेपालमा प्रतिबन्धित सट्टाबाजीसम्बन्धी एपहरूको प्रचारप्रसार रोक्नुपर्ने माग बीच वीरगञ्जको मुख्य बसपार्क क्षेत्रमा अवस्थित डिजिटल डिस्प्ले बोर्डमा Wolf 777 नामक बेटिंग एपको विज्ञापन देखिएको छ, जसले सम्बन्धित निकायको ध्यान खिचेको छ। नेपालमा सट्टाबाजी पूर्ण रूपमा गैरकानुनी मानिने भए पनि पछिल्लो समय डिजिटल प्लेटफर्महरू मार्फत यस किसिमका गतिविधिहरू खुलेआम भइरहेका छन्। यस्तोमा सार्वजनिक स्थानमा प्रतिबन्धित एपको विज्ञापन देखिनु गम्भीर विषय भएको भन्दै सर्वसाधारण तथा विज्ञहरू आक्रोशित बनेका छन्। सट्टाबाजी एपको यस्तो प्रचारले युवा पुस्तालाई प्रभावित गर्ने खतरा बढेको भन्दै सम्बन्धित निकायहरू — विशेषतः सञ्चार, सूचना प्रविधि, तथा प्रहरी प्रशासनलाई यस्ता

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पोखरिया नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

पोखरिया । पोखरिया नगरपालिकामा हालै नियुक्त प्रमुख प्रशासकीय अधिकृत उपसचिव श्री राम विनय कुमार सिंहको स्वागतमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ। आज सम्पन्न उक्त स्वागत कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयबासीको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत श्री सिंहलाई शुभकामना व्यक्त गर्दै उहाँको कार्यकालमा नगरपालिकाको सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे। स्वागत कार्यक्रममा बोल्दै उपसचिव श्री सिंहले पारदर्शिता, प्रभावकारी सेवा वितरण र नागरिकमैत्री प्रशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम समापनमा नगरपालिकाको तर्फबाट उहाँलाई पुष्पगुच्छा र सम्मानपत्र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्जमा गर्मीको समयमा देखिने पानीको समस्या समाधानका लागि मन्त्री र मेयर सिंहबीच छलफल

 Krishna Shrivastav

वीरगञ्ज | गर्मीको मौसमसँगै वीरगञ्ज तथा आसपासका क्षेत्रमा बारम्बार देखिँदै आएको धाराहरु सुक्ने समस्या र समग्र पर्सा जिल्लामा देखिएको खानेपानी अभावको समाधानका लागि नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ। महानगर स्रोतका अनुसार, छलफलमा पानी आपूर्तिको दीर्घकालीन समाधान, भूगर्भ जलको समुचित उपयोग, नयाँ योजना निर्माण तथा पूर्वाधार विकासका विषयमा कुराकानी भएको जनाइएको छ। महानगर प्रमुख सिंहले वीरगञ्जमा पानीको समस्या गम्भीर बन्दै गइरहेको बताउँदै केन्द्रसँग समन्वय गरेर समाधान खोज्ने प्रतिबद्धता जनाउनुभएको छ। यस छलफलबाट वीरगञ्ज मात्र होइन, समग्र पर्सा जिल्लाका बासिन्दालाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्जमा खुद्रा व्यवसायीको समस्या समाधानका लागि वृहद् छलफल

 Krishna Shrivastav

वीरगञ्ज | वीरगञ्ज उद्योग वाणिज्य सङ्घ अन्तर्गतको खुद्रा व्यवसाय समिति संयोजक श्री नरेशकुमार टिवडेवालको सभापतित्वमा खुद्रा व्यवसायीहरूको समस्या र समाधानका लागि वृहद् छलफल सम्पन्न भएको छ। छलफल कार्यक्रम वीरगञ्जका सम्पूर्ण क्षेत्रका खुद्रा व्यवसायीहरूलाई समेटेर आयोजना गरिएको थियो, जहाँ उनीहरूले सामना गरिरहेका विविध समस्याहरूलाई लिपिबद्ध गर्दै त्यसको उपयुक्त समाधानका लागि छलफल गरिएको थियो। उक्त कार्यक्रममा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपाल, कोषाध्यक्ष श्री अनोज रुँगटा, सचिव श्री प्रेमचन्द्र गोयल, सह-कोषाध्यक्ष श्री निरज अग्रवाल, कार्यसमिति सदस्यहरू तथा वीरगञ्जका विभिन्न क्षेत्रका खुद्रा व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्जमा हिन्दू पर्यटकहरुको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

वीरगञ्ज । भारतको कश्मीरमा इस्लामिक जिहादीद्वारा हत्या गरिएका नेपाली नागरिकसहित निर्दोष हिन्दू पर्यटकहरूको आत्माको चीर शान्तिको कामना गर्दै वीरगञ्जमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। तराई मधेश महिला फाउन्डेशन नेपाल, वीरगञ्ज–पर्साको आयोजनामा हिजो बेलुका करिब ६ बजे वीरगञ्जको घण्टाघरमा श्रद्धाञ्जली सभा गरिएको हो। कार्यक्रममा स्थानीय समुदाय, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। “हिन्दुहरुको न्यायका लागि एक हौं” र “इस्लामिक जिहादी विरुद्ध एक हौं” भन्ने नारासहित सम्पन्न कार्यक्रममा हत्या गरिएका हिन्दू पर्यटकहरूको सम्झनामा दियो बाली श्रद्धाञ्जली अर्पण गरिएको थियो। उपस्थित सहभागीहरूले शान्तिपूर्ण र एकीकृत ढंगले घटना विरुद्ध

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

विदेह बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष मण्डल पक्राउ, २ करोड ठगेको आरोप

 Krishna Shrivastav

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको तिनकोरियास्थित रहेको विदेह बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष सँजीत मण्डललाई प्रहरीले पक्राउ गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय धनुषाले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो । विदेह नगरपालिका वडा नम्बर ५ मुडिबा टोल बस्ने स्थानीय सँजीत कुमार मण्डल विदेह बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष भएर २ करोड बढी रकम लिएर भागेको आरोपमा पक्राउ परेको जनाइएको छ । सोही गाउँका स्थानीय एवम् बचतकर्ता बीरेन्द्र कुमार मण्डलले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई पक्राउ गरेको हो । रकम हिनामिना र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राष्ट्रिय परिचयपत्र सम्बन्धी गुनासो वा जिज्ञासा छन् ? यहाँ गर्नुहोस् सम्पर्क

 Krishna Shrivastav

काठमाडौं । नागरिकको तथ्याङ्क व्यवस्थित र सुलभ सरकारी सेवा प्रदान गर्ने उद्देश्य सहित सरकारले राष्ट्रिय परिचयपत्रको सुरुवात गरेको हो । प्राविधिक कामहरूमा कहिलेकाही सावधानी अपनाउँदा अपनाउँदै पनि समस्याहरू आउन सक्छ । त्यसपछि परिचयपत्र वितरणमा ढिलाई, जथाभावी तथ्याङ्क संकलन जस्ता कुराले नागरिकमा थप समस्या थपेको छ । यही समस्यालाई सम्बोधन गर्दै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विभिन्न सम्पर्क व्यक्ति र टोल-फ्रि नम्बर सार्वजनिक गरेको छ । यसले नागरिकलाई परिचयपत्र सम्बन्धी पर्ने कुनै पनि समस्यालाई समाधान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । विभागले राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा तथा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

घुसपैठ गरेको आरोपमा शिक्षकहरूले कुटे स्कुलका कार्यालय सहयोगी

 Krishna Shrivastav

काठमाडौँ । शिक्षक आन्दोलनमा सहभागी हुन आएका कार्यालय सहयोगीलाई शिक्षकहरूले नै कुटपिट गरेका छन् । ‘घुसपैठ’ गरेको आरोपमा बिजुलीबजार स्थित पुल नजिकै आन्दोलनरत शिक्षकहरूले पेम्बु नुर्बु तामाङलाई कपडा समेत च्यातेर कुटपिट गरेका हुन् । तामाङ सिन्धुपाल्चोक स्थित जुगल गापा वडा नम्बर–३ मा रहेको श्री बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् । आक्रमणमा परेपछि उनले भनेका छन्, ‘सिन्धुपाल्चोकको बोल्दे आधारभूत विद्यालयमा काम गर्छु ।’ शिक्षकहरूको आन्दोलन जारी छ भनेर प्रदर्शनमा सहभागी हुन आउँदा आक्रमणको शिकार भएको उनले बताएका छन् । प्रहरीले उनलाई उद्धार गरेको छ । अहिले उनलाई प्रहरी वृत्त नयाँ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

घोषणा दमकल किन्ने, खरिद गरियो दुइटा स्कारपियो

 Krishna Shrivastav

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले एकैपटक दुईवटा स्कारपियो खरिद गरेको छ । जनप्रतिनिधि र कार्यालय प्रयोजनका लागि भन्दै नयाँ सवारी खरिद गरिएको हो । सरकारले अनावश्यक खर्च कटौती र अत्यावश्यक बाहेक अन्य अवस्थामा सवारीसाधन खरिद नगर्ने नीति लिएको समयमा नगरले सवारी खरिद गरेपछि चौतर्फी विरोध भएको छ । बजेट अभाव देखाउने नगरपालिकाले जनप्रतिनिधिका लागि भने सुविधा सम्पन्न सवारी किनेको भन्दै स्थानीयले विरोध जनाएका छन् । सामाजिक सञ्जालमा जनप्रतिनिधिको चर्को विरोध भएको छ । नगरले केही दिनअगाडि ‘क्लासिक एस मोडलको’ दुई वटा स्कोरपियो १ करोड २२ लाखमा खरिद गरेको हो

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

News

दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

News

आज आइतबारको राशिफल

News

जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन