जनकपुरको न्यूरो हस्पिटलमा डाक्टरको लापरवाहीले एक बालकको मृत्यू, हस्पिटल नै गैर–कानुनी

 Krishna Shrivastav

जनकपुरधाम । जनकपुरधामस्थित रहेको न्यूरो हस्पिटलमा चिकित्सकको लापरवाहीले एक बालकको मृत्यू भएको आरोप परिवारजनले लगाएको छ । हस्पिटलले डिस्चार्ज गर्नेवित्तिकै गम्भीर बिरामी परेका एक बालकको मृत्यु भएपछि आफन्तले डाक्टरको लापरवाहीको आरोप लगाएका छन् । हस्पिटलले डिस्चार्ज गर्नेवित्तिकै गम्भीर बिरामी परेका धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोल बस्ने ४ वर्षीय जेम्स कालिकोटेको बिहीबार विहान मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाही भन्दै शव उठाउन मानेका छैनन् । मृतक बालकका मामा सुनिल परियारका अनुसार बुधबार बिहान बालकले एक्कासी बान्ता गरेका थिए । रुघाखोकी जस्तो देखिएर स्वास्थ्यमा समस्या देखिएपछि बाल रोग विशेषज्ञ डा। शशिभूषण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिरहा कमलदहको विकासका लागि प्रतिवद्ध छुः मन्त्री सिँह

 Krishna Shrivastav

सिरहा । मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिँहले सिरहास्थित रहेको कमल दहको विकासको लागि प्रतिवद्ध रहेको बताए । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ९ स्थित रहेको पौराणिक एवं धार्मिक पर्यटकीय स्थल कमलदहमा दशकौंदेखि लाग्दै आएको मेलालाई विहिबार उदघाटन गर्न पुगेका मन्त्री सिँहले कमल दहलाई सौन्दर्यीकरण मार्फत विकासको पहल गर्ने प्रतिवद्धता जाहेर गरे । उनले मधेश सरकारसँग छलफल गरी विकासको योजना दिने बताए । हरिबोधिनी एकादशीको दिनदेखि तीन दिनसम्म लाग्ने ऐतिहासिक कमलदह मेला विहिबारदेखि सुरु भएको हो । मेलामा कुस्ती, सांस्कृतिक, मनोरञ्जनात्मक लगायतका विभिन्न किसिमका कार्यक्रम आयोजना गरिएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बोरामा बाँधेर फालेको अवस्थाम दुई शव फेला

 Krishna Shrivastav

भरतपुर । भरतपुर महानगरपालिका १२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०(३२ वर्षको उमेरका उनीहरूको शव भेटिएको हो । शव दुईवटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शङ्कास्पद भएको उहाँले बताउनुभयो । हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रवक्ता पण्डितले जानकारी दिनुभयो ।


TikTok चलाउन VPN र DNS प्रयोग गर्दा मोबाईलबाट महत्वपूर्ण डाटा र बैँक विवरण चोरी बढयोः साईबर ब्यूरो

 Krishna Shrivastav

वीरगंज ।  नेपाल प्रहरीको साइबर ब्यूरोले प्रविधिको दुरुपयोग नगर्न नगराउन अनुरोध गरेको छ । मङ्गलवार एक सूचना जारी गर्दै ब्यूरोले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लागेपछि भीपीएन र डीएनएसको प्रयोग बढेको र मार्फत आर्थिक दुरुपयोगका घटना बढिरहेको दाबी गर्दै यस्तो आग्रह गरेको हो ।   ‘टिकटक भीपीएन र डीएनएस जस्ता असुरक्षित अवैध माध्यमबाट सञ्चालनमा छ भन्ने सूचना आएको छ,’ब्यूरोले दाबीका साथ भनेको छ, ‘भीपीएन र डीएनएस प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्त्वपूर्ण डेटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरू समेत पहुँच पुर्‍याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले समेत बढिरहेको पाइएको छ ।’

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा पुस्तकालय स्थापना

 Krishna Shrivastav

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा पुस्तकालय स्थापना गरिएको छ । थुनुवाहरुको आचरण, व्यवहार र सोचमा परिवर्तन ल्याउने उद्देश्यले मंगलबार हिरासतमा पुस्तकालय संचालनमा ल्याइएको हो । पुस्तकालयको मंगलबार मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले उद्घाटन गरेका छन् । साउन २९ गते मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको भएको सम्झौता अनुसार हिरासतमा पुस्तकालय स्थापना गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।


उखु क्रसिङको तयारीमा मिल, यस वर्ष ३० लाख क्विन्टल क्रसिङ हुने अनुमान

 Krishna Shrivastav

बारा । बाराको कलैयास्थित रिलायन्स चिनी मिलले उखु क्रसिङका लागि तयारी थालेको छ । मिलले आगामी मंसिर २२ गते विधिवत् रूपमा पूजाआजा गरेर उखु क्रसिङ सुरु गर्ने जनाएको छ । कलैया उपमहानगर वडा नम्बर १६ श्रीपुरस्थित सो चिनी मिलमा बारा र पर्साका करिब १० हजार उखु किसानले उखु क्रसिङ गर्ने बताइएको छ । उद्योगभित्रका मेसिनहरूको सरसफाइ गर्ने र पार्टपुर्जा फेर्ने काम ९० प्रतिशत सकिएको मिलले जनाएको छ । मिलका कार्यकारी निर्देशक शैलेन्द्र कुमारले यस वर्ष उखुको उत्पादन राम्रो भएकोले गत वर्ष भन्दा छिटो मिल सञ्चालन गर्ने तयारी भएको जानकारी दिए

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तस्करबाट बरामद ६ सय १४ केजी रक्तचन्दन भीआईपीको शव जलाउन प्रयोग

 Krishna Shrivastav

काठमाडौँ । बबरमहलस्थित वन तथा भू–संरक्षण विभाग परिसरमा तस्करबाट बरामद भएको २ ट्रक रक्तचन्दन अलपत्र अवस्थामा रहेको वर्षौँ भइसकेको छ । उक्त रक्तचन्दन लोड भएको गाडीको सुरक्षाका लागि सशस्त्र प्रहरीको पोस्ट नै खडा गरिएको छ, जहाँ झन्डै २ दर्जन सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्दै आइरहेका छन् । देशभर १५ वर्षभन्दा अगाडिदेखि तस्करहरूबाट बरामद गरिएको २ लाख ११ हजार ५४ किलो रक्तचन्दन अलपत्र अवस्थामा छ । वन तथा भू–संरक्षण विभागका अनुसार विभिन्न मितिमा गरी २ लाख ६७ हजार ९ सय ६१ केजी रक्तचन्दन बरामद भएको थियो । विभिन्न २० जिल्लामा यो परिमाणमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल भाषा लगायत अन्य विषयकाे एम एम. ए तहमा भर्ना खुल्याे

 Krishna Shrivastav

काठमाडाैं । त्रिभुवन विश्व विद्यालयले “स्नातकोत्तर तह नेपालभाषा” मा भर्ना खुलेकाे छ । काठमाडाैंकाे प्रदर्शनीमाग अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पस र ललितपुरकाे नेपालभाषा केन्द्रिय विभाग पाटन ढाेकामा नेपालभाषा स्नातकोत्तर तहमा (एम. ए) भर्ना खुलेकाे हाे। त्रिभुवन विश्व विद्यालय अन्तरगत रहेकाे नेपालभाषा केन्द्रीय विभाग पाटन ढाकामा २०३५ साल देखि नेपालभाषाकाे अध्यापन हुँदै आइरहेकाे छ । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम शैक्षिक वर्ष २०८० / ०८१ ले एक सुचना जारी गरी भर्ना बारे जानकारी गराइएकाे छ । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा अभियान्ताहरुकाे सक्रियतामा काठमाडौं महानगरपालिकासँग नेपालभाषा स्नातकोत्तर

Breaking News, देश, मुख्य समाचार, शिक्षा समाचार, समाचार  संग सबंधीत छ |

बाराको पचरौतामा झडप हुदा ८ राउण्ड गोलि हवाईफायर

 Krishna Shrivastav

बारा । बाराको पचरौतामा झडप हुदा ८ राउण्ड गोलि हवाईफायर गरीएको छ । शान्ति सुरक्षा कायम गराउन गोलि फायर भएको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रवक्ता तथा सुचना अधिकारी प्र.ना.उ. दधिराम न्यौपानेले बताएका छन ।   सोमवार रति क़रीब १० बजेको समयमा जिल्ला बारा पचरौता नगरपालिका वडा नं.०७ बेनौली स्थित झण्डा मेला लगाउने विषयलाई लिएर तेही बस्ने गाउँका दुबै पक्ष गरी सैयौं मानिसहरू विच उक्त विषयलाई लिएर वादविवाद भई ढुङ्गा मुढा हनाहान तथा झडप समेत भएको हुँदा उक्त स्थानमा तत्काल प्रहरी टोली खटिगई हेर्दा अवस्था तनावग्रस्त रहेको र केही व्यक्ति

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

 Krishna Shrivastav

वीरगंज । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । वर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । आज सप्तमी तिथि भए पनि भोलि बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्व समापन हुने संस्कृतिविद् डाक्टर वीरबहादुर महतोले जानकारी दिनुभयो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । यो परम्पराअनुसार अस्ति चतुर्थीदेखि छठपर्व शुरु भएको हो । यसपालि तिथिको घटबढका कारण हिजो पञ्चमी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एक हप्ता अघि सुरुङभित्र फसेका ४० मजदुरको अझै भएन उद्धार

 Krishna Shrivastav

काठमाडौं । भारत उत्तराखण्डको यमुनेत्री राष्ट्रिय राजमार्गमा बनिरहेको सुरुङ भित्र फसेका ४० जना मजदुरहरुको एक हप्ता भइसक्दा पनि उद्धार हुन सकेको छैन । उत्तरकाशी जिल्लाको सिल्कयारा गाउँ र डाँडल गाउँ जोड्नका लागि बनाइँदै गरेको सुरुङ एक्कासी भत्किएपछि गत सोमबारदेखि ४० जना मजदुरहरु फसेका छन् । उनीहरुलाई उद्धारका लागि गरिएको हालसम्म प्रयास असफल भएको छ । यद्यपि प्रयास जारी छ । बीबीसी हिन्दीका अनुसार मजदुरहरुलाई उद्धार गर्न हालसम्म होरिजेन्टली (सुरुङको मुख्य मार्ग अगाडिबाट तेर्सो गरी) मेसिनले ड्रिल गर्ने काम गरिएको थियो । तर तेर्सो गरी प्वाल पार्ने तीन पटकको प्रयास असफल

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

टिकटक चलाउन भीपीएनको प्रयोग कति सुरक्षित

 Krishna Shrivastav

वीरगंज | सरकारले नेपालको इन्टरनेटमा टिकटक बन्द गरेसँगै कैयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भीपीएन प्रयोग गरेर टिकटक चलाउन सकिने अनुभव सुनाइरहेका छन्। सरकारको निर्णयप्रति असन्तुष्ट केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त भीपीएनको चोर बाटो प्रयोग गर्दै टिकटक चलाएर चुनौती दिने घोषणा समेत गरे। इन्टरनेट सेवा प्रदायकहरूले बन्द गरे पनि कतिपयले नेपालबाटै टिकटकमा नयाँ भिडिओहरू अप्लोड गरिरहेको हुनाले नेपालमा भीपीएनको प्रयोगबाट गरेर टिकटक चलाएको अनुमान लगाउन सकिने जानकारहरू बताउँछन्। भीपीएन के हो भर्चूअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन विशेषतः हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्युटरबीच इन्टरनेटको सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो। साधरणतया

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरिँदै

 Krishna Shrivastav

वीरगंज | आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

छठ पर्बको उपलक्ष्यमा वीरगंजको घडीअर्वा छठघाटमा ५७ जनाले गरे रगतदान

 Krishna Shrivastav

वीरगंज । छठ पर्बको उपलक्ष्यमा वीरगन्जस्थित घडीअर्वा पोखरी छठघाट परिसरमा शुक्रबार रक्तदान कार्यक्रमममा ५७ जनाले रगतदान गरेका छन् । घडीअर्वा छठ पूजा व्यवस्थापन समितिको समन्वयमा घडीअर्वा स्पोर्ट क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा तीन महिला सहित ५७ जनाले रगत दान गरेका हुन् । घडीअर्वा छठघाट परिसरमा आयोजित रक्तदान कार्यक्रममा प्रनिषा गुप्ता,सिता दाहाल, खुशी श्रेष्ठ सुशील साह कानु , प्रभाकर गुप्ता , मनोहर साह ,रोहित बर्णवाल,सुरज साह सोनार,जितेन्द्र सिंह ,लखनलाल गुप्ता , सन्देश महतो, सन्तोष साह ,ओमप्रकाश गुप्ता, अंशु कुमार कानु, ओमप्रकाश बर्णवाल लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक प्रमुख सौरभराज

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बीरगन्जबाट ३८ हजार नेपाली नक्कली नोटसहित २ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले हजारका ३८ थान नेपाली नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । चाडबाडको मौका छोपी नेपाली जाली नोटको कारोबारमा मौलाएको सूचना प्राप्त भएपछि प्रहरीको विशेष टोलीले चलाएको जाँचको क्रममा २ जनालाई पक्राउ गरेको हो । प्रहरीको टोलीले बाराका उमेश कुमार र पर्साका रिषि पटेललाई पक्राउ गरेको जनाएको छ । दुबै जनालाई घण्टाघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथ एक हजारको ३८ थान नक्कली नोट बरामद भएको प्रहरीले बताएको छ । खोटा चलन सम्बन्धी मुद्दा अन्तर्गत म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चमा रिट

 Krishna Shrivastav

वीरगंज । नेपालमा सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारको उक्त कदमविरूद्ध अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च पुगेका हुन्। त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट दिएका हुन्। ‘टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषदको निर्णय बदरका लागि रिट दिएको छु, दर्ताको प्रक्रियामा छ,’ त्रिपाठीले भने।सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारको भनाइ थियो। टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो ।


कोहलीले तोडे सचिनको ३ कीर्तिमान

 Krishna Shrivastav

वीरगंज । भारतीय ब्याट्सम्यान तथा पूर्वकप्तान विराट कोहलीले एकैपल्ट सचिन तेन्दुलकरको नाममा रहेको ३ कीर्तिमान तोडेका छन्। क्रिकेटका भगवान् पनि भनिने तेन्दुलकरको ३ कीर्तिमान कोहलीले आफ्नो नाममा बनाएका हुन्। भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलमा विराटले एकैपल्ट ३ कीर्तिमान राखे। विराटले सबैभन्दा बढी शतक, एकै विश्वकपमा सर्वाधिक रन र एकै विश्वकपमा सर्वाधिक ५० बढी रन बनाउने कीर्तिमान आफ्नो नाममा सारे। बुधबार सम्पन्न खेलमा कोहलीले १ सय १७ रनको इनिङ्स खेले। उनले १ सय १३ बलमा ९ चौका र २ छक्का प्रहार गरे। एकदिवसीय क्रिकेटमा कोहलीको यो कीर्तिमानी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चमा रिट पर्यो

 Krishna Shrivastav

सरकारले टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सरकारले कात्तिक २७ गते टिकटक माथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारको उक्त कदमविरूद्ध अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च पुगेका हुन्। त्रिपाठीले आज शुक्रबार सर्वोच्चमा रिट दिएका हुन । सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारको भनाइ थियो। सरकारले टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध सरकात्मक र नकरात्मक दुवै खाले प्रतिक्रिया आएका छन्।


समाचार
News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

News

नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

News

वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

News

सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान