प्रतिबन्धित विषादी प्रयोग गरे दुई लाखसम्म जरिवाना र एक वर्ष कैद

 Krishna Shrivastav

काठमाडौँ । चितवनस्थित एक एग्रोभेटमा २०७८ सालमा जैविक मल भनेर विषादी भएको पदार्थ बिक्री गरेको फेला पर्‍यो । अनुसन्धानका क्रममा सो पदार्थमा साइपरमेथ्रिन विषादी भएको पाइयो । मिसावट गरी विषादीको कारोबार गर्ने ती भारतीय नागरिक फरार रहेकाले कारबाहीको मुद्दा प्रक्रिया अगाडि बढाउन नसकिएको ‘प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र’ ले जनाएको छ । यस्तै सोही वर्ष कास्कीको पोखरास्थित बीजी एग्रोमा नेपालमा प्रतिबन्धित विषादी ‘कार्बोफ्युरान’ भेटियो । सो प्रतिबन्धित विषादीको विषयमा थप अनुसन्धान गर्दा ललितपुरको लगनखेतस्थित बुढाथोकी एग्रोभेटबाट खरिद गरिएको बिल फेला पर्‍यो । अनुसन्धानका क्रममा भैरहवास्थित चौरसिया बिज भण्डारसमेत सो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा

 Krishna Shrivastav

काठमाडौंँ । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा.महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिए । “लगानी सम्मेलनका लागि तयारी थालिएको छ । यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो । लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनमत पार्टीले आज रंगभेदविरुद्धको एकता दिवस मनाउँदै

 Krishna Shrivastav

जनकपुरधाम । जनमत पार्टीले आज रंगभेदविरुद्धको एकता दिवस मनाउँदैछ । पार्टीको संगठन रहेको तराई मधेसको २३ वटा जिल्लामा रंगभेदविरुद्धको दिवस मनाउने कार्यक्रम रहेको जनमत पार्टीका सविच बीपी साहले जानकारी दिएका छन् । २०७१ मंसिर १० गते काठमाडौंको सुन्धारामा राज्यबाटै मधेसी, थारु, आदिवासी र जनजातीसँग रंगको आधारमा विभेद हुँदै आएको दाबी गर्दै तत्कालिन स्वतन्त्र मधेस गठबन्धनका संयोजक तथा वर्तमान जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको नेतृत्वमा विशाल सभामा गरेको थियो । सोही क्रममा रंगकै आधारमा नेपाल प्रहरीले ४ सय ६५ जनालाई गिरफ्तार गरेको थियो । त्यही बेलादेखि स्वतन्त्र मधेस गठबन्धन र हाल

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराका डिभिजन वन प्रमुख सिंह सम्मानित

 Krishna Shrivastav

बारा । नेपाल वन प्राविधिक संघले डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहलाई सम्मान गरेको छ । वन संरक्षण र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै वन प्राविधिक संघले शनिवार सिंहलाई सम्मानित गरेको हो । सिंह करिब डेढ वर्षदेखि बारामा डिभिजन वन अधिकृतको भूमिका छन् । बारा, महोत्तरी र रौतहटमा अतिक्रमणमा भएको वन क्षेत्रको जग्गा संरक्षण गरेर वृक्षारोपण गर्ने, चोरी तस्करी नियन्त्रण, वातावरण र जैविक विविधता संरक्षण लगायत क्षेत्रमा सिंहले काम गर्दै आएका छन् । पछिल्लो समय सिंह मधेस प्रदेशको वन ऐन २०७७ को पहिलो संशोधन र प्रदेश वन नियमावली निर्माण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चुनावी प्रतिबद्धता अनुसार रोजगारीका अवसर खोज्दै जनमत पार्टी

 Krishna Shrivastav

जनकपुरधाम । जनमत पार्टीले चुनावमा गरेको प्रतिबद्धता अनुरुप हुलाकी राजमार्ग क्षेत्रमा रोजगारीका अवसरको खोजी गर्न थालेको छ । अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गलाई पूर्ण रुपमा सूचारु गरी रोजगारी सिर्जनाको खाका कोर्न पार्टीका केन्द्रीय सचिव बीपी साहको नेतृत्वमा एक अध्ययन टोली परिचालन गरिएको जनमत पार्टीले जनाएको छ । महोत्तरीको बखरीबाट यो कार्य थालनी भएको सचिव साहले जानकारी दिए । यो अभियान अन्तर्गत मधेसका आठ वटै जिल्लाका हुलाकी राजमार्ग खण्डमा पर्ने स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र सर्वसाधारणको सुझाव संकलन गरिने सचिव साहले बताए । साहका अनुसार हुलाकी राजमार्गमा के–कस्ता योजना, परियोजना सञ्चालन वा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गेस्ट हाउसमा वेश्यावृत्ति, सञ्चालक र प्रबन्धक पक्राउ

 Krishna Shrivastav

सप्तरी । मानवबेचबिखन तथा ओसार पसार कसूरमा राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेस्ट हाउसका सञ्चालक समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेस्ट हाउसका सञ्चालक राजविराज नगरपालिका-६ बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र र गेस्ट हाउसका प्रबन्धक महादेवा गाउँपालिका-२ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल रहेका छन् । उक्त गेस्ट हाउसमा वेश्यावृत्ति भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले गेस्ट हाउसमा महिलाहरूलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती वेश्यावृत्ति गराउने कार्य भइरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । उनीहरू उपर मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दुई शवको पहिचान हुनसकेन

 Krishna Shrivastav

चितवन। भरतपुर महानगरपालिका–१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन। यही मङ्सिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको कल्भटमुनि शङ्कास्पद रुपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लामासमेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको हो। सनाखत हुननसकेका शव कल्भटमुनि दुईवटा बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो। शव पोस्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ।


बारामा तलब नपाएपछि आन्दोलनमा रहेका शिक्षक मृत फेला

 Krishna Shrivastav

बाराको सिम्रोनगढ नगरपालिकामा एक जना शिक्षक मृत फेला परेका छन् । सिन्धुपाल्चोक घर भएका शिक्षक नरेन्द्र पराजुली शुक्रबार साँझ मृत फेला परेका हुन् । उनी सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय, कचोर्वामा कार्यरत थिए । उनी नगरपालिकाको वडा नम्बर ९ नयाँ बजारमा मृत अवस्थामा फेला परेको बारा प्रहरीको भनाइ छ । उनको मृत्यु कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।पराजुलीले विगत पाँच महिनादेखि तलब पाएका थिएनन् । उनी तलब नपाएपछि आन्दोलनरत थिए ।


आम जनता पार्टीको स्थायी समिति बैठक बस्दै भोलि सोमबार

 Krishna Shrivastav

आम जनता पार्टीको स्थायी समिति बैठक भोलि सोमबार बिहान ११ बजे बस्ने भएको छ । पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए। पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिसहितको आधिकारिक र ठोस धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए । उक्त पार्टीको संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व छ ।


आजको मौसम : तराई क्षेत्रमा आंशिक बदली

 Krishna Shrivastav

वीरगञ्ज । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । विभागकाअनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी पहाडी तथा तराई क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेपालमा लोकतन्त्रभन्दा बढी दल तन्त्र भयो : सांसद सिंह

 Krishna Shrivastav

वीरगञ्ज । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले राजनीतिक दल र तिनका नेताको कार्यशैलीका कारण लोकतान्त्रिक व्यवस्था नै आलोचित हुनुपरेको बताएका छन् । शासकीय चरित्रमा सुधार नहुँदा नागरिक स्तरबाट आलोचना बढेको उनको भनाइ थियो । ‘संसदीय व्यवस्था भनेको उत्कृष्ट व्यवस्था हो । तर यसको गलत प्रयोग भयो। नेताकै गल्तीको कारण अहिले व्यवस्थामाथि प्रश्न उठेको हो,’ ‘संवादका क्रममा सांसद सिंहले भने, ‘जनतामा देखिएको वितृष्णालाई व्यवस्थाप्रतिको वितृष्णा भन्न मिल्दैन, यो नेताप्रतिको वितृष्णा हो ।’गत प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट स्वतन्त्र सांसदमा निर्वाचित भएका सिंहलाई संसद् र संसदीय समितिहरूले सार्वभौम तरिकाले काम गर्न सकेकोजस्तो लाग्दैन

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

केपी ओली टी-२० कप : मधेस र नेपाल पुलिस भिड्दै

 Krishna Shrivastav

वीरगञ्ज । केपी ओली कप टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबिच बिहान ९ बजे खेल हुनेछ । त्यस्तै दोस्रो खेलमा मधेस प्रदेश र नेपाल पुलिस क्लब दिउँसो १ बजे खेल्नेछन् । हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफले लुम्बिनीलाई ८४ रनले र कर्णाली प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई ४ विकेटले हराएको थियो । पोखरामा भइरहेको प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मधेसका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग

 Krishna Shrivastav

जनकपुरधाम । अन्नभण्डारका रुपमा रहेको मधेस प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेसमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको हो । नेपालको कूल जनसङ्ख्यामध्ये ६१ लख १४ हजार छ सय जनसङ्ख्या अर्थात् ११ लाख ५६ हजार सात सय १५ परिवार बसोबास गर्ने यस प्रदेशमा सात लाख ३८ हजार तीन सय ४० अर्थात् ६३ दशमलव ८ प्रतिशत परिवार कृषक रहेका तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

७२ घण्टासम्म भोकै बस्यो भने शरीरमा के हुन्छ ?

 Krishna Shrivastav

काठमाडौँ । तपाईं ७२ घण्टासम्म केही पनि नखाई भोकै बस्न सक्नु हुन्छ ? तीन दिनसम्म अन्नपात नखाई कन पानी मात्रै खाएर ब्रत बस्यो भने शरीरमा के होला ? पछिल्लो समय हामीले इन्टरमिटेन्ट फाष्टिङ, ७२ घण्टासम्म अन्न नखाई बसिने व्रत आदिबारे सुन्दै आएको छौँ । यस्तो खालको व्रतले हाम्रो शरीरमा अनेकौँ प्रभाव पार्न सक्छ । सुरुमा त शरीरले ताकतका लागि शरीरमा जम्मा भएर बसेको ग्लाइकोजिनको चलाउँछ । ग्लाइकोजिन सकिँदै गएपछि रगतमा चिनीको मात्रा घट्न थाल्छ । व्रत जारी रहँदा शरीर किटोशिशको अवस्थामा जान्छ, ऊर्जाका लागि शरीरले फ्याट बर्न गर्न थाल्छ ।

देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जनकपुर प्रादेशिक अस्पतालमा अप्रेशन गर्दा सुत्केरीको मृत्यू, कागज फालेर भागे डाक्टर

 Krishna Shrivastav

वीरगंज । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक महिलाको शल्यक्रिया गर्दा गर्दै मृत्यू भएपछि डाक्टर भागेको आरोप परिवारजनले लगाएका छन् । शनिबार दिउँसो अप्रेशन थिएटरमा लगिएकी महोत्तरीको मटिहानी बस्ने हासिम राईनकी श्रीमति तजाबुल खातुनको अप्रेशनकै क्रममा मृत्यू भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको हो । शुक्रबार साँझ सुत्केरी व्यथा लागेपछि प्रादेशिक अस्पताल भर्ना गरिएकी खातुनलाई अप्रेशनको क्रममा मृत्यू भएको परिवारजनले आरोप लगाएका छन् । बच्चा भने सुरक्षित रहेको जनाईएको छ । यता, जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरकै एक हस्पिटलमा भर्ना गरी खातुनलाई बाहिर रिफर गरेकोमा प्रादेशिक अस्पतालमा भर्ना गर्न पुगेको प्रारम्भिक जानकारी दिए

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

घडिअर्वा पाेखरीमा सञ्चालित निशुल्क शिविरबाट १५० जना लाभान्वित

 Krishna Shrivastav

वीरगन्ज,। वीरगन्ज १० स्थित घडिअर्वा पोखरी पार्कमा शनिबार सञ्चालित निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएकाे छ। लायन्स क्लब अफ वीरगन्ज क्युरेटिभ किरण आँखा अस्पताल प्रा.लि. द्वारा आयाेजित उक्त निशुल्क स्वास्थ शिविरबाट १५५ जना लाभान्वित भएका छन्।शिविरमा मधुमेह,रक्तचाप तथा आँखाको जाँच गरी ओैषधि वितरण समेत गरिएको थियाे । मधुमेह,रक्तचाप तथा आँखा सम्बन्धि रोगको समस्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै निशुल्क शिविरकाे आयोजना गरिएको क्लबका संरक्षक डा.राम अवतार खेतानले बताए । नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा.निरज सिंहले घरबाट टाढा जाँच गराउनु पर्ने तथा महंगो शुल्क तिर्न नसकेर घरमै बसेका ज्येष्ठ नागरिकहरुका लागी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराको सिम्रौनगढमा एकजना शिक्षक मृत फेला

 Krishna Shrivastav

वीरगञ्ज – बाराको सिम्रोनगढ नगरपालिकामा एक जना शिक्षक मृत फेला परेका छन्। सिन्धुपाल्चोक घर भएका शिक्षक नरेन्द्र पराजुली शुक्रबार साँझ मृत फेला परेको प्रहरीले जनाएको छ। उनी सिम्रौनगढ नगरपालिका वडा न–८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय, कचोर्वामा कार्यरत थिए। उनी नगरपालिकाको वडा नम्बर ९ नयाँ बजारमा मृत अवस्थामा भेटिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। उनको मृत्यु कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको न्यौपानेले बताए। सिम्रौनगढ नगरपालिकामा कार्यरत रहेका शिक्षकहरुसहित पराजुलीले पनि विगत पाँच महिनादेखि तलब पाएका थिएनन्। उनीहरु

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेपाल-भारत संयुक्त सैन्य अभ्यास सुरु

 Krishna Shrivastav

काठमाडौं- भारतको पिथौरागढमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि प्रारम्भ भएको छ। नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७ औं संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका तीन सय ५४ जना सहभागी छन्। हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ। गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो। यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विषम परिस्थिति, पहाडी एवं विकट स्थानमा मानवीय सहयोग परिचालन तथा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

News

नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

News

वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

News

सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान