वीरगञ्ज । केपी ओली कप टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबिच बिहान ९ बजे खेल हुनेछ ।
त्यस्तै दोस्रो खेलमा मधेस प्रदेश र नेपाल पुलिस क्लब दिउँसो १ बजे खेल्नेछन् । हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफले लुम्बिनीलाई ८४ रनले र कर्णाली प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई ४ विकेटले हराएको थियो ।
पोखरामा भइरहेको प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।