जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

 Krishna Shrivastav

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेशका सांसद सरोज सिंह कुशवाहा पक्राउ परेका छन् । प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचारको आरोपमा कुशवाहालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अनामनगरबाट बिहीबार पक्राउ गरेको हो । विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिका खातामा दाखिला भएको रकम स्वकीय सचिव विनोदकुमार लाल सचिव कायस्थमार्फत झिक्न लगाई कुशवाहाले आफ्नो र श्रीमतीको खातामा राखेको अख्तियारको भनाइ छ । महोत्तरीको क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो । त्यसबेला उनका स्वकीय सचिव कायस्थ

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

वीरगञ्ज | भन्सार जाँचपास परीक्षण कार्यालय त्रिपुरेश्वरको आयोजनामा वीरगञ्ज भन्सार कार्यालयको सभाहलमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री हरिप्रसाद गौतमले वीरगञ्जमै भन्सार संपरिक्षण कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउँदै, जाँचपासपछि सोको निरीक्षण कार्य यहीँबाट सम्पन्न गर्ने व्यवस्था भएमा उद्योगी व्यवसायीहरूले भोग्दै आएका धेरैजसो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख चिरन्जीवि अधिकारी, प्रमुख भन्सार प्रशासक श्री दीपक लामिछाने, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपाल, प्रमुख प्रशासकीय अधिकृत श्री मनोज उपाध्यायसहित उद्योगी व्यवसायीहरूको उल्लेखनीय

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगञ्जको श्री पशुपति स्पाइसेसमा प्रहरीको छापा

 Krishna Shrivastav

वीरगञ्ज | वीरगञ्ज महानगरपालिका–६ रेसमकोठीस्थित श्री पशुपति स्पाइसेस एण्ड फूड रिपेयरिङ नामक गोदाममा वाडा प्रहरी कार्यालय विरताको टोलीले छापा मारेको छ। भारतबाट अवैध रूपमा आयात गरिएको सूचनाको आधारमा प्रहरीले सो गोदाममा छापा मारी ठूलो मात्रामा काजू, अखरोठ, इलाइची, छोहरा, पिस्तालगायतका सामानहरू बरामद गरेको छ। वाडा प्रहरी कार्यालय विरताका निरीक्षकको नेतृत्वमा गरिएको उक्त छापामा गोदाममा भण्डारण गरी राखिएका सामग्रीहरूको कागजपत्र समेत प्रहरीले नियन्त्रणमा लिएको छ। अवैध रुपमा भण्डारण गरिएको सामग्रीसँग सम्बन्धित कागजात प्रस्तुत नभएको पाइएपछि प्रहरीले तत्काल गोदामलाई सिलबन्दी (ताला) गरेको छ। हाल अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यस घटनाले

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज | कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–२, झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । बिहीबार बिहान घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।


७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

 Krishna Shrivastav

रौतहट : बिहीबार बिहानदेखि बन्द रहेको पूर्व पश्चिम राजमार्गको चन्द्रपुर–१ बागमतीमा गरेको चक्काजाम ७ घण्टापछि खुलेको छ। चन्द्रपुर नगरपालिका-१ को बागमती खण्डमा बिहीबार सवारी साधनको ठक्करबाट चन्द्रपुर–१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको मृत्यु भएपछि स्थानीयले चक्काजाम गरेका थिए। पीडित पक्षलाई न्याय दिलाउने र भागेको सवारी साधन नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउने सर्तमा राजमार्ग खुलाउन सहमति भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए। ठक्कर दिने सवारी साधन र चालक फरार भएपछि स्थानीय आक्रोशित हुँदै बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म चक्काजाम गरेका थिए। राजमार्ग

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

 Krishna Shrivastav

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलबीच कार्यपालिका बैठक सञ्चालन गर्ने सहमति भएको छ । मेयर र उपमेयरबीच तीन महिनापछि भएको भेटवार्तापछि कार्यपालिका बैठक बोलाउने सहमति भएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । राष्ट्रिय सभागृहमा भएको भेटमा मेयर शाह, उपमेयर डङ्गोल, प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष मानन्धरसहित वडा नम्बर १५ र ३२ का अध्यक्षहरूको सहभागिता थियो । बैठकको मिति तय नभएको तर छिटै बैठक बोलाउने सहमति भएको मानन्धरले बताउनुभयो । मेयर–उपमेयरबीच गएको पुसदेखि नै खटपट शुरू भएकोमा पछिल्लो तीन महिनामा भने भेट नै

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

 Krishna Shrivastav

काठमाडौं– भारतको अहमदावादमा दुर्घटना भएको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री पनि सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । लण्डनका लागि उडान भरेको एअर इण्डियाको बोइङ ७८७ ड्रिमलाइन विमानमा २ सय ४२ जना यात्रु सवार थिए । उक्त विमानमा गुजरात राज्यका पूर्वमुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका नेता विजय रुपाणी पनि सवार रहेको भारतीय टेलिभिजन आजतकले उल्लेख गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार विमानले अहमदावादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतको लण्डनस्थित गटविक विमानस्थलका लागि उडान भरेको थियो । टेकअफ गरेलगत्तै विमान दुर्घटनामा परेको हो । भारतीय टेलिभिजन एबीपीले उल्लेख गरेअनुसार

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

 Krishna Shrivastav

गाजापट्टी । सहायता सामग्री लिने क्रममा कयौँ प्यालेस्टिनीको मृत्यु भएको गाजाका अस्पतालहरूले बताएका छन् । शहरका दुई अस्पतालले बुधबार राति इजरायली आक्रमणमा २५ जनाको मृत्यु भएको बताएका छन् । अस्पतालका अनुसार, घटना इजरायली सैन्य क्षेत्र नेत्जारिम कोरिडोरमा भएको थियो । गाडीहरूको एक झुन्ड अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउन्डेसन (जीएचएफ)को खाद्य वितरण स्थलमा पीठो बोकेर जाँदै थियो । इजरायली सेनाले गोली चलाएको हमासको नागरिक रक्षा एजेन्सीले बताएको छ । मानिसहरूलाई ट्रकले कुल्चेको पनि खबर आएको छ । संदिग्धहरू नजिक आएपछि सैनिकहरूले चेतावनी दिन गोली चलाएको इजरायली सेनाले बताएको छ

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

पश्चिम एसियाबाट अमेरिकाले फिर्ता बोलायो आफ्ना सैनिक

 Krishna Shrivastav

वासिङ्टन डीसी । पश्चिम एसियामा तनाव बढ्दै गएको छ । एकातिर इजरायल र हमासबिचको लडाइँ जारी छ भने अर्कोतर्फ इरान र इजरायलबिच तनाव बढ्दै गएको छ । अमेरिकासँग इरानको आणविक सम्झौताको वार्ता पनि ट्र्याकबाट बाहिर निस्किरहेको देखिन्छ । अवस्था बिग्रँदै जाँदा अमेरिकाले ठुलो कदम चालेको छ र पश्चिम एसियाबाट आफ्नो अनावश्यक र थप सेना फिर्ता गर्ने निर्णय गरेको छ । इजरायली मिडियाका अनुसार, आफ्नो पछिल्लो समीक्षा पछि अमेरिकी विदेश मन्त्रालयले इराकमा रहेको दूतावासबाट कर्मचारीहरूको सङ्ख्या घटाउने निर्णय गरेको बताइएको छ । यसका साथै बहराइन र कुवेतबाट थप सैनिक र दूतावासका

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रामेछापमा सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ

 Krishna Shrivastav

काठमाडौँ । रामेछापको रामेछाप नगरपालिका–४ हिमगंगास्थित बोलङ बोलङमा सालोको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा घर भएका ५० वर्षीय विनोदकुमार यस्माली छन् । जेठ २७ मा उनले २९ वर्षीय लवकुमार थापा मगरको हत्या गरेको रामेछापका डीएसपी भोलाकुमार भट्टले रातोपाटीलाई बताए । आरोपी यस्माली मृतकका भिनाजु हुन् । घरायसी विवादमा आरोपीले धारिलो हतियारले घाँटीमा प्रहार गरेर लवको हत्या गरेका हुन् । आरोपीबिरुद्ध अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको डीएसपी भट्टले जानकारी दिए ।


भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा

 Krishna Shrivastav

चितवन । व्यवसायिक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरु समस्यामा परेका छन् । माग कम भएपछि उत्पादित चल्लाले बजार नपाएको हो । बिक्री गर्ने समयसम्म एउटा कुखुराको चल्लामा रु ५५ हाराहारी खर्च हुने व्यवसायीहरु बताउछन् । झण्डै दुई महिनायता ह्याचरी व्यवसायीले प्रति गोटा रु १५/२० मा चल्ला बेच्न बाध्य भएको जनाएका छन् । कतिपयले चल्ला बिक्री गर्ननै नसकेको गुनासो गरेका छन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार एउटा चल्ला उत्पादन गर्न रु ५५ रुपैयाँ खर्च हुन्छ । निरन्तर लागत मूल्यभन्दा कममा चल्ला बेच्नु परेपछि ह्याचरी उद्योगीहरु बैंकिङ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राम चरणको फिल्म सेटमा दूघर्टना, कयौँ घाइते

 Krishna Shrivastav

नयाँदिल्ली । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार राम चरणको आगामी फिल्म ‘द इन्डिया हाउस’को सेटमा एउटा भयानक दुर्घटना भएको छ । यसका कारण फिल्मको छायाङ्कन अचानक रोकिएको छ । हैदरावादको शमशाबाद क्षेत्रमा छायाङ्कनका क्रममा पानीको ट्याङ्की फुटेको थियो । यसले गर्दा बाढी जस्तो अवस्था सिर्जना भयो, सेटमा उपस्थित चालक दलका सदस्यहरू र सहायक छायाङ्कनकर्ताहरू घाइते भएका छन् । यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा पानीको तीव्र धारले सेटमा रहेका सामान र मानिसहरूलाई बगाएको देख्न सकिन्छ । फिल्मको एक्सन दृश्य समुन्द्र किनारमा छायाङ्कन भइरहेको थियो, त्यतिबेला अचानक

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सत्तापक्ष समक्ष माओवादीले प्रस्ताव गरेको दुई बुँदामा के छ ?

 Krishna Shrivastav

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा सरकारसमक्ष दुई बुँदे अलिखित प्रस्ताव पेस गरेको पाइएको छ । उक्त दुई बुँदेमा उच्चस्तरीय संसदीय छानबिन समिति बनाउने कुरा उल्लेख नभएको ती नेताले दाबी गरेका छन् । ती नेताका अनुसार पहिलो बुँदामा अख्तियारले जुन छानबिन गर्दैछ । त्यसमा सरकारलाई पूर्णतया साथ दिने, दोस्रोमा अध्यागमन, भिसा प्रणाली लगायतमा भएका समस्याहरूबारे नीतिगत, कानुनी र संरचनागत ढङ्गले सुधार गर्ने रहेको छ । ‘माओवादीले अलिखित दुई बुँदा प्रस्ताव गरेका छन् । प्रस्तावमा नीतिगत सुधार र अख्तियारको छानबिनमा सहयोग गर्ने भनिएको छ । उच्चस्तरीय छानबिन समिति केही

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आँखाको ज्योति बढाउन चाहनुहुन्छ ? खानुस् यी ५ चिज

 Krishna Shrivastav

काठमाडौँ । आँखाको ज्योति बढाउने कुरा आउँदा सबैभन्दा पहिले गाजर खान सिफारिस गरिन्छ । गाजरमा आँखाको ज्योति बढाउन मद्दत गर्ने धेरै गुणहरू हुन्छन् । यद्यपि, राम्रो आँखाको ज्योतिको लागि गाजरमा मात्र भर पर्नु ठिक होइन । केही अन्य चीजहरू पनि छन्, जसको सेवन गरेर तपाईँले आफ्नो आँखाको ज्योति बढाउन सक्नुहुन्छ । आजको समयमा हाम्रो स्क्रिन समय बढेको छ । यस्तोमा आँखाको स्वास्थ्य कायम राख्न धेरै महत्त्वपूर्ण छ । आजको यस लेखमा हामी आँखाको ज्योति बढाउन मद्दत गर्ने केही खानेकुराहरूबारे कुराकानी गर्नेछौँ । आँप आँपमा बिटा–क्यारोटिन र भिटामिन ए हुन्छ, जसले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

आफैँले लगाएको करेन्टको तारबारमा परेर एक जनाको मृत्यु

 Krishna Shrivastav

झापा । झापाको कचनकवल गाउँपालिका-७ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल बैगुनबारी गाउँपालिका-७ का ६५ वर्षीय किर्खनाथ खनाल रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बुधबार आफ्नै बारीमा बाख्रा चराउन गएको अवस्थामा आफैँले लगाएको करेन्टको तार बारमा परेर करेन्ट लाग्दा खनालको घटनास्थलमै मृत्यु भएको हो । घटना सम्बन्धमा जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले घटनाको कानुनी प्रक्रिया पुरा गरी लासलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो ।


चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित

 Krishna Shrivastav

चितवन । जिल्लामा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । तीमध्ये २३ स्थानीय हुन् भने अन्य स्थानान्तरण भई आएका हुन् । भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालमा दर्ता भएका सङ्क्रमितमा उनीहरु नयाँ थपिएका हुन । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा.कल्याण सापकोटाका अनुसार अस्पतालमा रहेको यस फाउण्डेसनमा सन् २०२५ को पाँच महिनामा ती बिरामी थपिएका हुन् । अस्पतालमा आएर परीक्षण गरेका र समुदायस्तरमा परीक्षण गरिएका २३ जना हुन् । अहिले यस केन्द्रमा नियमित औषधि खानेको सङ्ख्या एक हजार एक सय ८८ जना रहेको छ । उनले भने- ‘यहाँ

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चार दिनमा हाउसफूल ५ को सेन्चुरी पूरा

 Krishna Shrivastav

नयाँ दिल्ली । बलिउड अभिनेता अक्षयकुमार अभिनित हाउसफुल ५ ले सप्ताहन्तमा राम्रो कलेक्सन गरेको छ । पहिलो दिनदेखि नै अपेक्षाभन्दा बढी कमाई गरेको यो फिल्मका लागि सप्ताहान्तभरि नै सिनेमा घरहरूमा ठुलो भीड देखियो । यसको प्रभाव फिल्मको कलेक्सनमा स्पष्ट रूपमा देखिएको छ । यस वर्ष बलिउडको लागि दोस्रो सबैभन्दा ठुलो ओपनिङ सप्ताहान्त कलेक्सन गरेको हाउसफुल ५ को परीक्षण पहिलो सोमबार हुने ठानिएको थियो । हाउसफुल ५ ले ४ दिनमा शतक पूरा गरेको छ । शुक्रबार २४ करोड रुपैयाँभन्दा बढीको कलेक्सन गर्दै अक्षयको फिल्मले बक्स अफिसमा ओपनिङ गर्याे । हाउसफुल ५

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्जका सुनचाँदी पसलहरु बन्द गरेर व्यवसायीहरुले चाबी सिडिओलाई बुझाए

 Krishna Shrivastav

वीरगन्ज | वीरगन्जका सुनचाँदी व्यवसायीहरुले पसलमा ताल्चा मारेर चाबी जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्यअभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा देशभरका सुनचाँदी व्यसायीहरु बिहीबारदेखि पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । त्यसैक्रममा वीरगन्जका सुनचाँदी व्यवसायीहरुलेपनि बिहीबार आ–आफ्ना पसल बन्द गरेर चाबी जिल्ला प्रशासन कार्यालयमा बुझाएका हुन् । पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भूलन साह सोनारको नेतृत्वमा विरोध ¥याली निकालेर जिल्ला प्रशासन कार्यालयमा पुगेका सुनचाँदी व्यवसायीहरुले सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीलाई ७

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

News

घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

News

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता