मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

 Krishna Shrivastav

सप्तरी। सप्तरीको शम्भुनाथ नगरपालिकामा कन्टेनर ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका १२ अर्नाहास्थित हुलाकी सडक खण्डबाट राजविराज आउँदै गरेको ना ३ ख ४५३१ नम्बरको कन्टेनर ट्रकले बाटो क्रस गर्न लाग्दा स ६ प २२१ नं को मोटरसाइकललाई ठक्कर दिँदा नाम वतन नखुलेको मोटरसाइकल चालक कन्टेनर ट्रकको तल किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ । मोटरसाइकल चालक कन्टेनर ट्रकको मुनि थिचिएको अवस्था रहेको र ट्रक चल्ने अवस्थामा नरहेकोले शव निकाल्न क्रेनसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । कन्टेनर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

 Krishna Shrivastav

ढल्केबर । धनुषाको सबैला नगरपालिका –६, गोविन्दपुरमा रहेको प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा उत्खनन गर्दा नवौं शताब्दीतिरको लिच्छविकालीन अवशेषहरु भेटिएका छन् । पुरातत्व विभागले पुनः उत्खनन गर्दा माटोको गजुर, मूर्तियुक्त ढुङ्गालगायत महत्वपूर्ण पुरातात्विक अवशेषहरु भेटिएको हो । यसअघि गत वर्ष असारमा गरिएको उत्खननमा पनि आठौं–नवौं शताब्दी तिरका लिच्छविकालीन भग्नावशेष फेला परेका थिए । सबैलाई नगरपालिकाको पहलमा पुरातत्व विभागले यहाँ पुनः उत्खनन गरिएको हो । पुरातत्व विभागका पुरातत्वविद् प्रकाशन दर्नालले दोस्रो चरणको उत्खननमा माटोले बनेको मन्दिरको गजुरका टुक्रा, २५ वटा मूर्तियुक्त ढुङ्गालगायत धार्मिक सामग्री भेटिएको बताउनुभयो । उनले यसअघि गरिएको उत्खननमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कर घटाउन माग गर्दै सुनचाँदी व्यवसायीले बुझाए ज्ञापनपत्र

 Krishna Shrivastav

चन्द्रपुर । नेपाल सुनचाँदी व्यवसायी रत्न आभूषण सङ्घ, रौतहट, रौतहट सुनचाँदी व्यवसायी सङ्घ तथा चन्द्रपुर सुनचाँदी व्यवसायी सङ्घले सुन र सुनका गहनामा लगाइएको दुई प्रतिशत विलासिता कर र हीरा–जवाहरात जडित गहनामा लागु गरिएको ९ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल खारेज गर्न माग गरेको छ । सङ्घले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मनीष झामार्फत नेपाल सरकारका माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेपाल सरकारले आर्थिक वर्ष २०८२-०८३ को बजेट मार्फत लागु गरेको करका कारण व्यवसाय सञ्चालनमा गम्भीर चुनौती उत्पन्न भएको जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर

 Krishna Shrivastav

जाजरकोट । मध्यपहाडी लोकमार्गसँग बिचमै रहेको जाजरकोट र दैलेखको सिमाना सुयाडामा मन्दिर निर्माण चलिरहेको छ । जाजरकोटको छेडागाड नगरपालिका–२, सुयाडा लेकमा नगरपालिका र प्रदेश सरकारको डिभिजन वन कार्यालयले अलग–अलग ठाउँमा मन्दिर बनाउन लागेका हुन् । डिभिजन वनले थालेको मन्दिर निर्माण कार्य सम्पन्न भइसकेको छ भने नगरपालिकाले निर्माण गर्न लागेको मन्दिरको काम भने जारी रहेको छ । डिभिजन वन कार्यालयले ८० लाख लागतमा मन्दिर बनाएको छ । उता नगरपालिकाले भने काम निरन्तर जारी राखेको छ । एकै ठाउँमा १० मिटरको दुरीमा डिभिजन वनले चार वटा र नगरपालिकाले चार वटा मन्दिर बनाएका हुन् । मालिका मन्दिर सुयाडा जङ्गलको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

 Krishna Shrivastav

वीरगन्ज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीराम थारुमाथि कालो मसी प्रहार प्रकरणपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । इजलासमै न्यायाधीशमाथि कालो मसी प्रहार भएपछि त्यसको १२ घण्टा नबित्दै पर्सा प्रहरीले अङ्गरक्षकसहित त्यहाँ खटिएका सुरक्षाकर्मीको टोलीलाई फिर्ता बोलाएको हो । न्यायाधीश थारुका अङ्गरक्षक र खटिएका सुरक्षाकर्मीको टोली फिर्ता बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले जानकारी दिए । ‘आज बिहान उच्च अदालतको अनुगमन गरेका थियौँ, त्यसपछि त्यहाँ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएका छौँ’ उनले भने । अदालतमा प्रहरी सहायक निरीक्षक (असई) को कमान्डमा रहेको सुरक्षाकर्मीको टोली फिर्ता बोलाएर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

 Krishna Shrivastav

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिलको आकर्षण देखिएको छ । गए राति सम्पन्न अनेरास्ववियुको २४ औँ महाधिवेशनमार्फत केन्द्रीय कमिटीमा डाक्टर, इन्जिनियर र वकिलहरू समेत निर्वाचित भएपछि विद्यार्थी राजनीतिमा उनीहरूको आकर्षण देखिएको पुष्टि भएको हो । अनेरास्ववियुको नव निर्वाचित १५१ केन्द्रीय कमिटी र ५२ सदस्यीय आयोगका पदाधिकारीमध्ये ३ जना डाक्टर छन् भने ३ जना वकिल र १५ जना इन्जिनियर रहेका छन् । यी हुन् अनेरास्ववियुमा निर्वाचित डाक्टर, इन्जिनियर र वकिलहरू : क.पदाधिकारी १.डा. सुजन कडरिया, अध्यक्ष २.ईं. विकास श्रेष्ठ, उपाध्यक्ष ३. ईं.रचना सापकोटा, सचिव ४. वकिल गोपाल

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

 Krishna Shrivastav

काठमाडौँ । नेपाल–भारतको सम्बन्धबाट नेपालले फाइदा लिनुपर्ने धारणा सरोकारवालाहरूले राखेका छन् । दुई देशको भौगोलिक र सामाजिक यथार्थ आपसी समृद्धिका लागि आवश्यक रहेको कुरामा जोड दिँदै उनीहरूले नेपाल–भारतको सम्बन्ध अझै सुदृढ बनाउन विकास साझेदारीमा जोड दिनुपर्ने धारणा राखेका हुन् । सेन्टर फर सोसल इनोभेसन एन्ड फोरेन पोलिसी नेपाल (सेसिफ) र अनन्त एस्पेन केन्द्र, भारतको सहआयोजनामा बिहीबार सम्पन्न ‘नेपाल–भारत रणनीतिक संवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा सो धारणा राखेका हुन् । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जलवायु परिवर्तन, भू–राजनीतिक बदलाव र प्रविधिगत रूपान्तरणजस्ता विश्वव्यापी चुनौतीबिच नेपाल–भारत सहकार्यको आवश्यकता झनै बढेको बताइन् । उनले भनिन्,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

 Krishna Shrivastav

रौतहट । कटहरिया म्युझिकल एफएमका पत्रकार रविन्द्र प्रजापति र सागर संगम ठाकुरमाथि कुटपिट तथा गालीगलौज भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। महासंघ रौतहट शाखाका अनुसार कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश जयसवालको नेतृत्वमा सञ्चारकर्मीहरूलाई घरभित्र बोलाएर कुटपिट र अपशब्द प्रयोग गरिएको हो। सञ्चारकर्मीहरूले खानेपानीसम्बन्धी समाचार प्रसारण गरेपछि उनीहरूलाई लक्षित गरी यस्तो हमला गरिएको जनाइएको छ। महासंघले जनप्रतिनिधिजस्तो जिम्मेवार व्यक्तिबाट सञ्चारकर्मीमाथि भएको उक्त व्यवहारलाई अशोभनीय, अराजक र स्वतन्त्र पत्रकारितामाथिको हमला भनेको छ। समाचारप्रति चित्त नबुझ्दा कानुनी प्रक्रिया अपनाउन सकिने स्पष्ट बाटो हुँदाहुँदै यस्तो ज्यादती गर्नु आपत्तिजनक भएको महासंघको ठहर

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

 Krishna Shrivastav

काठमाडाैं। न्याय परिषद्ले उच्च अदालतमा ४ मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बसेकाे परिषद्काे बैठकले उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा दरबन्दी भई तुल्सीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो। प्रधानन्यायाधीशले परिषदको सिफारिस अनुसार उनीहरुलाई नियुक्त गर्नेछन्। शुक्रबार नै चारैजनाको कार्यक्षेत्र पनि तोकिएको छ। भट्टराईलाई उच्च अदालत बिराटनगर तोकिएको छ भने कुँवर पाटनमा रहनेछन्। भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भयानक दुर्घटना भएको भोलिपल्टै एयर इण्डियाकै अर्को अन्तर्राष्ट्रिय उडानमा बमको धम्की !

 Krishna Shrivastav

काठमाडौं । थाइल्याण्डको फुकेटबाट नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको उडान एआइ ३७९ लाई बमको धम्की पछि विमानस्थलमै फिर्ता पठाइएको छ। बीबीसीले आफ्ना थाइल्याण्डस्थित सहकर्मीलाई उद्धृत गर्दै यसको जानकारी दिएको हो । फुकेट अन्तर्राष्ट्रिय विमानस्थलले भनेको छ – ‘पाइलटले स्थानीय समय अनुसार बिहान ९:३० बजे एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई विमानमा बमको धम्की आएको जानकारी गराएका थिए।’ यसपछि, विमानको आपतकालीन अवतरणको लागि अनुरोध गरिएको थियो। उडान ट्र्याकिङ वेबसाइटहरूका अनुसार १५६ यात्रु बोकेको विमान स्थानीय समय अनुसार बिहान ९:१५ बजे उडेको थियो र अहिले सुरक्षित अवतरण गरिएको छ। विमानको जाँच भइरहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

संसद् आजैदेखि खुल्छ : महामन्त्री थापा

 Krishna Shrivastav

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताएका छन् । आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले संसद् सञ्चालनका लागि प्रमुख दलबिच सहमति भइसकेको समेत बताए । ‘केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ’, महामन्त्री थापाले भने । उनी तामाङ घेदुङको कोसी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आएका हुन् । त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ ‘क’ ले आयोजना गरेको सङ्गठन संवाद कार्यक्रममा महामन्त्री थापाले संसद्ले आजैदेखि गति लिने उल्लेख गरे

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

साउदी अरेबियाले भन्यो– इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

 Krishna Shrivastav

रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको रियादले शुक्रबार इरानमा सैन्य र आणविक स्थलहरू विरुद्ध इजरायलले गरेको आक्रमणको कडा निन्दा गरेको छ । प्रमुख सैन्य कमान्डरहरू र आणविक वैज्ञानिकहरूको मृत्यु भएको आक्रमणले यस क्षेत्रमा पूर्ण युद्धको डर उत्पन्न गरेको छ र ओमानमा आइतबारका लागि तय गरिएको अमेरिका–इरान आणविक वार्तालाई जोखिममा पारेको छ । ‘साउदी अरब अधिराज्यले भ्रातृपूर्ण इस्लामिक गणतन्त्र इरानविरुद्ध इजरायली आक्रमणको कडा निन्दा र भर्त्सना व्यक्त गर्दछ, यो आक्रमणले यसको सार्वभौमिकता र सुरक्षालाई कमजोर पार्छ र अन्तर्राष्ट्रिय कानुन र नियमहरूको स्पष्ट उल्लङ्घन गर्दछ’, विदेश

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

थाइल्यान्डबाट नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण

 Krishna Shrivastav

नयाँ दिल्ली । थाइल्याण्डको फुकेटबाट भारतको राजधानी नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण गरेको छ । बम राखिएको धम्की आएपछि फ्लाइट नम्बर एआई–३७९ नम्बरको विमानलाई सुरक्षित रूपमा फुकेटमै आपतकालीन अवतरण गरिएको हो । विमानमा १५६ यात्रु सवार रहेका थिए । अवतरणलगत्तै यात्रुहरूलाई विमानको आपतकालीन गेटबाट सुरक्षित रूपमा ओरालिएको थियो । बमको धम्की विमानको शौचालयमा फेला परेको कागजमा लेखिएको सन्देश मार्फत दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानले शुक्रबार बिहान ९ः ३० बजे फुकेट विमानस्थलबाट भारतको राजधानी दिल्लीको लागि उडान भरेको थियो । आपतकालीन अवतरणअघि विमानले अण्डमान सागरमाथि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्जमा मोटरसाइकल दुर्घटना: दुई युवाको मृत्यु, एक गम्भीर घाइते

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्जमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। मृतकहरू पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ झलमहिया निवासी २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीय विजय यादव रहेका छन्। उनीहरू सवार मोटरसाइकल वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकमा दुर्घटनामा परेको हो। प्राप्त जानकारी अनुसार शुक्रबार बिहान ५ बजेतिर भुस लोड गरिरहेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रक सडकमा बिग्रिएर रोकिएको थियो। सोही समयमा सिर्सिया बाट ड्राइपोर्टतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ट्रकमा ठोक्किँदा तीन जना गम्भीर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

 Krishna Shrivastav

बेतिया । बेतिया जिल्लाको शिकारपुर थाना अन्तर्गत प्रकाश नगरमा मंगलबार एक २६ वर्षीया विवाहित महिलाको शंकास्पद अवस्थामा मृत्यु भएपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ। मृतक प्रिया कुमारी उर्फ भारतीको मृत्यु विद्युतीय करेन्ट लागेर भएको भनिए पनि, उनकी आमाले ससुराली पक्षमाथि दाइजोका लागि हत्या गरेको गम्भीर आरोप लगाएकी छन्। प्रिया कुमारीको विवाह १४ महिनाअघि प्रकाश नगर निवासी आशिष उर्फ राजासँग प्रेम सम्बन्धपछि भएको थियो। मृतककी आमा सरोज देवीका अनुसार विवाहपछिको जीवन शान्तिपूर्ण नभएर, ससुराली पक्षले लगातार १० लाख रुपैयाँ नगद र दुई धुर जग्गाको माग गर्दै छोरीलाई मानसिक र शारीरिक रूपमा

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

आज शुक्रबारको राशिफल

 Krishna Shrivastav

मेष काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । वृष आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ । मिथुन आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । कर्कट स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन । सिंह श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

 Krishna Shrivastav

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १७ मा पर्ने आईसीपी (इण्टिग्रेटेड चेक पोस्ट) रोडमा ट्राफिक प्रहरीले अवैध रूपमा चालकहरूसँग पैसा असुली गर्दै आएको खुलासा भएको छ। भारततर्फबाट भित्रिने मालबाहक ट्रकहरूबाट ट्राफिक प्रहरीले रु १०० देखि ५०० सम्मको रकम रसिदबिनै असुल्ने गरेको पाइएको छ। बिहीबार राति ११ बजे ट्राफिक प्रहरी रकेश यादवले एक ट्रक चालकसँग रु ५०० लिएका थिए। त्यो रकम नपुग्दा उनले चालकलाई हिन्दीमा गालीगलौज गरेका थिए। सोही बेला घटनास्थलमा पुगेका वीरगन्ज संजाल डट कमका पत्रकारले उक्त गतिविधि प्रत्यक्ष अवलोकन गरेपछि यादवले चालकको कागज फिर्ता गरिदिएर त्यहाँबाट फरार भएका थिए।

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्जमा आयोजना हुने ‘भविष्य मेला’ मा सहभागी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूका लागि प्रोग्रेसिभ फाइनान्स लिमिटेडले निःशुल्क बैंक खाता खोल्ने सुविधा प्रदान गर्ने भएको छ । भोली शुक्रवार आयोजना हुन लागेको मेलामा नि:शुल्क बैंक खाता खोल्ने सुविधाले विद्यार्थीहरूलाई वित्तीय व्यवस्थापनको आधारभूत ज्ञान प्रदान गर्दै आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । निःशुल्क बैंक खाता खोल्ने सम्झौतामा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका अपरेसन इन्चार्ज रोशन शर्मा र भविष्य मेलाका निर्देशक नवीन कार्कीबिच बिहीबार हस्ताक्षर भएको छ । बैंक खाता खोल्न विद्यार्थीले नागरिकताको फोटोकपी, राष्ट्रिय परिचय पत्रको फोटोकपी र पासपोर्ट

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

News

घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

News

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता