Krishna Shrivastav
नौ महिना पेट्रोल १४ र डिजेल ११ रुपैयाँ बढ्यो
Krishna Shrivastav
वीरगंज | पछिल्लो साउनदेखि हालसम्म पेट्रोल प्रतिलिटरमा १४ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ बढेको छ ।अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । लगातार इन्धनको मूल्य बढ्दा त्यसको मार उपभोक्तालाई पर्ने देखिएको छ । यसले सार्वजनिक यातायात, हवाईदेखि हरेक उपभोग्य वस्तुको मूल्यवृद्धि आकासिन थालेको छ भने विकास आयोजनाहरु समेत महंगिने अवस्था सिर्जना भएको छ । तर, स्वचालित मूल्य प्रणालीअन्तर्गत भाउ बढाउँदा निगमले मूल्य स्थिरीकरण कोषको उपयोग गर्न भने अनकनाइ रहेको छ । लकडाउनको बेला अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर प्रतिव्यारेल २० डलरमा