• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्थानीय तहमा खर्चको सीमा तोकियो, जनप्रतिनिधिको मनपरीमा लगाम

  • वीरगंज संजाल
  • ४ चैत्र २०७७, बुधबार ०९:२८
  • ४२५७

    वीरगन्ज ।सरकारले स्थानीय तहका लागि प्रशासनिक खर्चको सीमा निर्धारण गरेको छ ।स्थानीय जनप्रतिनिधिले मनपरी खर्च गर्न थालेपछि आर्थिक सुशासन कायम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशिका बनाएको हो ।मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले गाउँपालिका तथा नगरपालिका कार्यसञ्चालन निर्देशका २०७७ को नमुना स्थानीय तहमा पठाइएको बताए । स्थानीय सरकारले यो निर्देशिका पारित गरी लागू गरे आर्थिक अनुशासन कायम हुने प्रवक्ता अधिकारीको भनाइ छ ।

    यसमा बैठक भत्ता, खाजा तथा अतिथि सत्कार खर्च, दैनिक भत्ता तथा भ्रमण खर्च, पारवहन तथा इन्धन सुविधा, सञ्चार, पोशाक तथा प्रोत्साहन भत्तासमेत तोकिएको छ । तालिम, गोष्ठी, सेमिनार, कार्यशाला सञ्चालन, पानी, बिजुली, टेलिफोन तथा घरभाडामा नियन्त्रण गर्न खोजिएको छ । जनप्रतिनिधिको सचिवालय खर्चको व्यवस्थासमेत गरिएको छ ।

    निर्देशिकाअनुसार अध्यक्ष/प्रमुख/उपाध्यक्ष/उपप्रमुखको अध्यक्षतामा हुने बैठकको भत्ता १ हजार ५०० व्यवस्था गरिएको छ । अन्य पदाधिकारी वा कर्मचारीको अध्यक्षतामा हुने बैठकमा १ हजार २०० रुपैयाँ तोकिएको छ । १ व्यक्तिले १ दिनमा २ बैठकको मात्रै भत्ता पाउनेछन् । पानी तथा खाजा खर्च प्रतिव्यक्ति २५० रुपैयाँसम्म खर्च गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

    कार्यालय समयबाहेक कम्तीमा २ घण्टा अतिरिक्त समय कार्य गरेको अवस्थामा मात्रै खाजा खर्च उपलब्ध गराइने छ । सार्वजनिक बिदाको दिन भए प्रतिव्यक्ति ६००, कार्यालय खुल्ने दिन ३०० खाजा तथा खाना खर्च उपलब्ध गराइने छ । ८ घण्टाभन्दा बढी निरन्तर बैठक बसेको अवस्थामा खाजा खर्चमा थप ५० प्रतिशतसम्म भुक्तानी गर्न सकिने व्यवस्था छ ।

    रासन सुविधा लिएका वा बैठक भत्ता प्राप्त गरेका कर्मचारीले खाजा खर्च पाउने छैनन् । प्रमुख प्रशासकीय अधिकृतको स्वीकृति विना राखिएका बैठक भत्ता, खाजा खर्च भुक्तानी नहुने व्यवस्था गरिएको छ ।

    चियापान तथा अतिथि सत्कारको खर्च नियन्त्रण गर्न सरकारले तोकिदिएको छ । यसमा नगर प्रमुखले मासिक २० हजारसम्म खर्च गर्न पाउनेछन् भने उपप्रमुखले १५ हजारसम्म । गाउँपालिकाका अध्यक्षले १५ हजार, उपाध्यक्षले १० हजार, गाउँ/नगरपालिकाको कार्यालयले १० हजार, वडाध्यक्ष तथा वडा कार्यालयले ५ हजारसम्म मासिक खर्च पाउने निर्देशिकामा उल्लेख छ ।

    स्थानीय तहका कर्मचारीले सवारीसाधन खरिद र मासिक इन्धन सुविधा पाउने व्यवस्था गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयको कामको प्रयोजनका लागि १ चारपांग्रे सवारीसाधन उपलब्ध गराउने व्यवस्था निर्देशिकामा छ ।

    विशिष्ट श्रेणीका प्रमुख प्रशासकीय अधिकृतलाई ७० लाखसम्मको सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । राजपत्रांकित प्रथम श्रेणी अधिकृतलाई ६० लाख तथा मोटरसाइकल तथा स्कुटर २०० सीसीसम्मको सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । तर नयाँ सवारीसाधन खरिदलाई निरुत्साहित गर्नुपर्ने निर्देशिका उल्लेख छ ।

    कार्यालयमा सवारीसाधन उपलब्ध नभए आर्थिक वर्षको प्रारम्भमै मापदण्ड बनाएर न्यूनतम मूल्यमा जिपकार भाडा लिन सक्ने छुट पनि प्रदान गरिएको छ । कुनै पदाधिकारी वा कर्मचारीले सरकारी सवारीसाधन कार्यालयको कामबाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ । सार्वजनिक बिदाको दिन सवारी पासविना सञ्चालन गर्न पाइने छैन ।

    कार वा जीपको वार्षिक ५० हजार र मोटरसाइकल वा स्कुटरको वार्षिक १० हजार नबढ्ने गरी मर्मत खर्च उपलब्ध गराइने छ । सरकारी सवारीसाधनमा निजी नम्बर प्लेट राख्न पाइने छैन ।

    प्रमुख प्रशासकीय अधिकृतले चारपांग्रेका लागि महानगरपालिका र उपमहानगरपलिकाका हकमा ८० लिटर तथा नगरपालिका र गाउँपालिकाको हकमा ६० लिटर इन्धन पाउनेछन् । अधिकृतस्तर दशौं एघारौंले चारपाग्रे सवारीसाधनका लागि ६० लिटर, आठौं र नवौंका लागि ४० लिटर इन्धन पाउने व्यवस्था गरिएको छ ।

    मोटरसाइकलका लागि अधिकृतस्तर छैटौं, सातौं, आठौ, नवौं, दशौं र एघारौं तथा सहायकस्तरलाई लागि १० लिटर इन्धन पाउने व्यवस्था निर्देशिकामा छ । सहयोगीले ५ लिटर इन्धन पाउनेछन् । मासिक कोटा इन्धन सोही महिनाभित्र नलगे अर्को महिना थप हुने छैन । कार्यालयको सवारीसाधन भए सर्भिसिङका लागि प्रत्येक ३ महिनामा कारजीपको लागि ५ लिटर मोबिल र प्रतिमोटरसाइकल १ लिटर उपलब्ध हुनेछ ।

    कार्यालयले पदाधिकारी तथा कर्मचारीलाई स्रोतको उपलब्धता हेरी पत्रपत्रिका खरिद गरी उपलब्ध गराउने व्यवस्था गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई मासिक १५ सयमा नबढाई सञ्चार सुविधाबापत रकम वा मोबाइल रिचार्जको सुविधा उपलब्ध गराइने छ । कर्मचारीलाई प्रत्येक वर्ष चैतमा पोशाक भत्ता उपलब्ध गराइने पनि निर्देशिकामा छ ।

    वार्षिक कार्यक्रम तथा बजेटमा समावेश भएका तालिम गोष्ठी सेमिनारलगायत कार्यक्रम सरकारी हलमै सञ्चालन गर्नुपर्ने भएको छ । स्वीकृत वार्षिक कार्यक्रमअन्र्तगत सञ्चालन हुने कार्यक्रमका प्रशिक्षक तथा कार्यपत्र प्रस्तुतकर्ताले प्रतिसेसन २ हजार र कार्यपत्र तयारीबापत १ हजार रकम पाउने व्यवस्था गरिएको छ । उनीहरूले दैनिक २ सेसनको भुक्तानी लिन सक्नेछन् ।

    यस्ता कार्यक्रममा पानी तथा खाजाको लागि प्रतिव्यक्ति प्रतिदिन बढीमा ३५० र खाना खुवाउनुपर्ने अवस्था भए ५०० रुपैयाँ खर्च गर्न सकिने व्यवस्था गरिएको छ । मसलन्दबापत सात कार्यदिनसम्म प्रतिदिन प्रतिव्यक्ति २ सय ५० रुपैयाँ उपलब्ध गराउनुपर्नेछ । संयोजक भत्ता प्रतिदिन १ हजार, सहयोगी भत्ता ५०० तथा विविध खर्च ५ हजारसम्म तोकिएको छ ।

    दैनिक भत्ताबाहेक व्यक्तिगत पहलमा बास बस्नुपरे दैनिक १ हजारका दरले आवास भत्ता पनि उपलब्ध गराउने सकिने छ । ५ किलोमिटरभन्दा टाढाबाट आउनुपर्ने सहभागीलाई यातायात खर्च १ दिनको १ हजार उपलब्ध गराइने छ ।

    स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षले निजी सचिवालयमा तोकिएअनुसार मात्रै सहयोगी व्यवस्थापन गर्न पाउनेछन् । महानगरपालिका प्रमुखको ३० हजार, उपमहानगरपालिका प्रमुखका लागि २५ हजार, नगरपालिका प्रमुखका लागि २० हजार र गाउँपालिका प्रमुखका लागि १८ हजार मासिक खर्च तोकिएको छ । उपप्रमुख तथा उपाध्यक्षले क्रमशः २५ हजार, २० हजार, १८ हजार र १५ हजार मासिक खर्च गर्न पाउनेछन् । यो रकम एकमुष्ठ उपलब्ध गराउने वा निजी सचिवालयका लागि कर्मचारी राख्नेमध्ये कुनै एक तरिकाबाट मात्र खर्च गर्न सकिने छ ।

    जनप्रतिनिधिको दैनिक तथा भ्रमण भत्ता प्रदेश कानूनले तोकेबमोजिम हुनेछ । स्वीकृत भ्रमण आदेश विना भ्रमण खर्च तथा दैनिक भत्ता भुक्तानी गरिने छैन । ७ दिनभन्दा बढीका लागि पदाधिकारी वा कर्मचारीलाई भ्रमण वा काज खटाउनुपर्ने भए भ्रमण आदेश स्वीकृत गर्ने पदाधिकारीले त्यसको स्पष्ट कारण खोली एक तह माथिको अधिकारीको स्वीकृति लिई भ्रमण आदेश स्वीकृत गर्नुपर्नेछ ।

    दैनिक भ्रमण भत्ता उपभोग गर्ने कर्मचारीले दैनिक भत्ता उपभोग गरेको अवधिभर फिल्ड भत्ता वा अन्य कुनै किसिमको भत्ता नपाउने जनाइएको छ । पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणसम्बन्धी व्यवस्था संघीय कानूनबमोजिम हुने निर्देशिकामा उल्लेख छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑