• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नौ महिना पेट्रोल १४ र डिजेल ११ रुपैयाँ बढ्यो

  • वीरगंज संजाल
  • ५ चैत्र २०७७, बिहीबार ०६:५६
  • २३१७

    वीरगंज | पछिल्लो साउनदेखि हालसम्म पेट्रोल प्रतिलिटरमा १४ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ बढेको छ ।अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । लगातार इन्धनको मूल्य बढ्दा त्यसको मार उपभोक्तालाई पर्ने देखिएको छ । यसले सार्वजनिक यातायात, हवाईदेखि हरेक उपभोग्य वस्तुको मूल्यवृद्धि आकासिन थालेको छ भने विकास आयोजनाहरु समेत महंगिने अवस्था सिर्जना भएको छ ।

    तर, स्वचालित मूल्य प्रणालीअन्तर्गत भाउ बढाउँदा निगमले मूल्य स्थिरीकरण कोषको उपयोग गर्न भने अनकनाइ रहेको छ । लकडाउनको बेला अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर प्रतिव्यारेल २० डलरमा झरेपछि निगमले गत वर्ष १९ चैतमा प्रतिलिटरमा १० रुपैयाँ मूल्य घटाएको थियो । त्यतिबेला पेट्रोल ९६ रुपैयाँ र डिजेल ८५ रुपैयाँ कायम थियो । कोरोना भाइरसको कारणले इन्धनको खपत हुँदा इन्धनको मूल्यमा गिरावट आएको थियो । त्यसपछि क्रमिक रुपमा इन्धनको खपत बढेसँगै मूल्य पनि बढ्न थालेको हो ।

    गत साउनदेखि अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढदै गएपछि अहिले तीन गुणाभन्दा पनि बढी बढेर ६९÷७० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार तेलको मूल्य बढ्दै गएपछि निगमले स्थानीय बजारमा समेत मूल्य बढाउँदै आएको छ । निगमका अनुसार गत साउनदेखिनै स्थानीय बजारमा इन्धनको मूल्य बढिरहेको छ ।साउनदेखि अहिलेसम्म ११ पटक डिजेल पेट्रोलको मूल्य बढ्दा एक पटक मात्र डिजेलमा प्रतिलिटरमा १ रुपैयाँ मूल्य घटेको छ । लगातार इन्धनको मूल्य बढ्दै गएपछि उपभोक्तालाई मार पर्न सक्ने भन्दै मूल्य स्थिरिकरण कोषमा उपभोक्ताबाटै संकलन गरिएको ११ अर्ब रुपैयाँ रहेको छ । मूल्य बढिरहेकाले कोषमा भएको रकम व्यवस्थापन गर्दा ५÷६ पटकलाई भन्दा धेरै नपुग्ने भन्दै निगमले लगातार इन्धनको मूल्य बढाइरहेको छ ।

    निगम प्रवक्ता वीनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार बढेर आएकाले स्थानीय बजारमा मूल्य बढाइएको बताए । “पछिल्लो समय इन्धनको मूल्य बढेको बढ्यै छ” उनले भने “मूल्य बढाउँदा पनि अझै १५ दिनमा १ अर्ब २७ करोड ७० लाख रुपैयाँ घाटा रहेको छ ।” मूल्य धेरै नै बढेर आएपनि उपभोक्तालाई भार पर्न सक्ने भएकाले लिटरमा दुई रुपैयाँ मात्र मूल्य बढाइएको उनको भनाइ छ । मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा, डिजेलमा ५ रुपैयाँ ८० पैसा र खाना पकाउने एलपीजी ग्यासमा ३ सय ९२ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।
    निगमका अनुसार, गत १८ साउनमा प्रतिलिटर एक सय ४ रुपैयाँ रहेको पेट्रोलको मूल्य हालसम्म लिटरमा १४ रुपैयाँ बढेर १ सय १८ रुपैयाँ पुगेको छ । सो अवधिमा प्रतिलिटर ९० रुपैयाँ रहेको डिजेलमा मूल्य अहिले ११ रुपैयाँ बढेर १०१ पुगेको छ । लगातार पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि ढुवानीका साधनको लागत बढ्न गई बजार मूल्य प्रभावित हुन थालेको छ । सो अवधिमा खाना पकाउने एलपजी ग्यासको मूल्य एक पटक बढेको छ । ६ माघमा निगमले प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर बजारमा ग्यासको मूल्य १ हजार चार सय रुपैयाँ कायम भएको हो । ग्यासमा भने दुई वर्षसम्म निगमले मूल्य बढाएको थियो ।

    नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, एक वर्षको अवधिमा १२.५ प्रतिशतले कच्चा तेलको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष माघमा ५५.५४ अमरिकी डलर प्रतिब्यारेल रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य गत माघमा ६२.४७ डलर प्रतिब्यारेल पुगेको छ । एक ब्यारेल बराबर करिब १ सय ६० लिटर हुन्छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि त्यसको असर नेपालमा पनि पर्ने गरेको छ । पछिल्लो समय नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै पटक–पटक मूल्य बढाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑