Krishna Shrivastav
भन्सार छलेर ल्याइएको ४२ लाखको सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा
Krishna Shrivastav

वीरगञ्ज | भन्सार छलेर ल्याइएको ४२ लाख मूल्य बराबरको कस्मेटिक, हार्डवेयर र किराना सामानसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डकबाट ना ३ ख ७२१० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको ट्रकभित्र राजश्व छली गरी ल्याइएको ४२ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। पशुपति रोड कैरियर्सको उक्त माल वाहक ट्रकमा नक्कली बिल बिजक बनाइ सामान लैजाँदै गरेको भन्ने सूचनाको आधारमा सो परिमाणको सामन बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए। उक्त सामानसहितको ट्रक तथा चालक बारा जितपुर सिमरा उपमहानगपालिका–७ बस्ने २८