• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वैभव वीरगंज बनाउने अभियान रोकिदैन : नगर प्रमुख सिंह

  • वीरगंज संजाल
  • २० असार २०८०, बुधबार १९:५३
  • १७८९

    वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वैभव वीरगज बनाउने अभियान कुनै हालतमा नरोकिने र कसैसँग सम्झौता नहुने बताउनु भएको छ । वीरगंज महानगरपालिकाको आयोजना तथा व्रिलियन्ट युवा क्लवको संयोजनमा मंगलबार वीरगंजको वडा नम्बर ५ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले आफूले गलत नगर्ने र गलत भई हाले त्यसको खुलेर विरोध गर्न नगरवासीलाई आग्रह गर्नु भयो । उहाँले नगरवासीहरुले समस्या उठाउने मात्र होईन, त्यसको समाधान पनि खोज्नु पर्ने कुरामा जोड दिदै वीरगंजमा पानीको रिचार्ज नहुँदा गर्मी याममा पिउने पानीको समेत समस्या देखा परेको बताउनु भयो । उहाँले बीरगंजलाई नमुना शहरको रुपमा विकास गर्न नगरवासीको साथ र सहयोग आफूलाई अपरिहार्य रहेको बताउनु हुदै नगरको सरसफाई, शिक्षा स्वास्थ्य क्षेत्रमा देखिएका विसंगतिहरुको अन्त्य गर्ने अभियानमा महानगर जुटेको छ भन्नु भयो ।

    नगर प्रमुख सिंहले बीरगंजका धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको सौन्दर्यकरण सँगै वीरगंजमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि समेत महानगरपालिकाले काम गरि रहेको बताउनु भयो । कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी पौडेलले महानगरले प्रधान गर्ने सेवा र सुविधालाई एकिकृत रुपमा नगरवासी विच पुर्याउन ८० करोडको लागतमा ११ तल्ले कार्यालय भवन निर्माणका लागि डिपिआर समेत बनि सकेको र श्रोतको व्यवस्थापन हुन नसक्दा कार्यालय निर्माणमा समस्या भएको बताउनु भयो । उहाँले कार्यालयमा कर्मचारीहरुको दरवन्दी कम हुँदा काम गर्न समस्या भएको बताउदै महानगरपालिकामा समेत विगतमा विचौलियाहरुले सेवाग्राहीलाई दुःख दिने गरेकोमा अहिले त्यस्ता गतिविधि पूर्ण रुपमा हटेको दावी गर्नु भयो ।कार्यक्रममा वीरगंज महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष प्रदिप चौरसियाले नगरवासीको गुनासो अनुसारको काम भएको दावी गर्दै सबैको सोचमा परिवर्तन हुनु पर्ने कुरामा जोड दिनुभयो ।

    कार्यक्रममा मानव अधिकारकर्मी तथा संचारकर्मी कृष्ण खनालले वीरगंजको सरसफाई राम्रो भएको र पहिचान समेत फेरिएको बताउदै विद्युत, नालाको व्यवस्थापनमा ध्यान दिनु पर्नेकुरामा जोड दिनुभयो । कार्यक्रममा गुनासो लिएर आएका आमा समूह तथा विभिन्न महिला समूहहरुले ५०औं बर्ष देखि आफूहरुले जनप्रतिनिधिहरुलाई भोट दिदै आएको भए पनि कुनै काम हुन नसकेको अवस्थामा अहिलेका मेयर तथा वडा अध्यक्षहरुले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए । रेडियो वीरगंज, टिभी वीरगंज, मधेश दृष्टि दैनिकका कार्यकारी अध्यक्ष ध्रुव साहले सहजिकरण गर्नु भएको कार्यक्रममा सेवाग्राही तथा नगरवासीलाई सोधिएको प्रश्नको जवाफ सहितको प्रतिवेदन पत्रकार ध्रुव अधिकारीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य व्रिलियन्ट युवा क्लवका छटु साहले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • इरानको सरकारी टिभी ह्याक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    तीन दलका शीर्ष नेताको बैठक स्थगन

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    News

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑