कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवामा जे महिलाको प्रजनन स्वास्थ्य समस्या सम्बन्धि संचालित शिविर बाट कृष्णनगरका ३६० जना प्रजनन उमेरका महिला लाभान्वित भएका कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
उक्त शिविरमा ३६० जना सेवाग्राही मध्ये १२ जना VIA positive लाई Case Thermocoagulation विधि द्वारा उपचार, ५ जना UV prolapse लाई ring passery राख्ने, ३ जना दम्पत्ति लाई बाझोपन सम्बन्धि आवश्यक परामर्श र थप उपचारको लागि रिफर तथा अन्य समस्या सम्बन्धि UTI, PID, DUB गरिएको जानकारी गराइएको छ l
उक्त स्वास्थ्य शिविरबाट कृष्णनगर नगरपालिकाका महिला हरूले राम्रो सुविधा प्राप्त गरेको तथा समय समयमा यस्ता शिविर हरु संचालन हुनुपर्ने सामाजिक अगुवा हरूको भनाई रहेको छ।
भैरहवा मेडिकल कॉलेज तथा मेरिस्टोप चन्द्रौटाको प्रविधिक सहयोग रहेको थियो।