काठमाडौं । निर्माणाधीन संघीय संसद भवनका लागि आगामी आर्थिक वर्ष १ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले यो भवन आगामी आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न गर्ने घोषणा समेत गरे ।
सिंहदरबार परिसार भित्र संसद भवन निर्माण भइरहेको छ ।