• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    लगातार किन भासिँदैछ न्युयोर्क सहर ?

  • वीरगंज संजाल
  • May 19, 2023, 9:57 am
  • १००१

    अमेरिका | अमेरिकाको न्युयोर्क लगातार डुब्दै गएको छ, धस्सिइरहेको छ । यो टापुमाथि बनेका गगनचुम्बी संरचनाहरुको भारका कारण न्युयोर्कको संरचना बिग्रिरहेको छ । यिनै भारीभरकम भौतिक संरचनाहरुले न्युयोर्क सहरलाई पातालमा धसाइरहेका छन् । प्राविधिक भाषामा यसलाई सब्सिडेन्स भनिन्छ । यसमा जमिनको ठूलो टुक्रा अचानक पानीमा भास्सिन्छ ।

    आमरुपमा जमिनमुनि खाडल वा कुनै खाली ठाउँ बन्दा यसप्रकार माथिल्लो सतह धस्सिन्छ । तर कुनै सहरको भौतिक संरचनाको वजनका कारण सहरको जमिन नै भासिइरहेको भने पहिलो घटना हो ।

    वैज्ञानिक अध्ययन अनुसार न्युयोर्क सहर हरेक वर्ष १ देखि २ मिलिमिटरले भासिइरहेको छ । जमिनमा अत्यधिक अग्ला भारी संरचनाहरु नै यसका कारक तत्व हुन् ।

    न्युयोर्क सहरमा साढे ३ लाख अत्यन्तै धनी (सुपर रिच) मानिसहरु बसोबास गर्दछन् । त्यसैले यसलाई संसारकै सबैभन्दा धनी सहर पनि भनिन्छ ।

    हुनत १÷२ मिलिमिटर भास्सिने कुराले तपाईंलाई खासै डर नलाग्न सक्दछ । तर यो औषत धसाइ हो । सहरका केही भागहरु त निकै तीव्र गतिमा धसिइरहेका छन्, जुन निकै भयानक छ ।

    न्युयोर्कका यस्ता जोखिमपूर्ण इलाकामा ८० लाख मानिस बस्दछन् । जुन निकै होचो भूभाग हुन् र तीव्र रुपमा भासिइरहेका छन् । यस्ता ठाउँमा पानी भरिने खतरा सदैव रहन्छ । त्यसैले जमिन भासिँदै गएपछि पर्खाल ठड्याएर सामुद्रिक लहरलाई रोक्न पनि सम्भव हुनेछैन ।

    अमेरिकी जियोलोजिकल सर्भे (युएसजिएस) का भूगर्भविद् टम पार्सन्स तथा युनिभर्सिटी अफ रोड आइल्याण्डका शोधकर्ताहरुका अनुसार सामुद्रिक पर्खाल बनाउँदा पनि उल्टै सहरकै भार बढ्नेवाला छ । जुन झनै जोखिमपूर्ण हुन्छ । शोधकर्ताका अनुसार यो अध्ययनले सामुद्रिक तटीय आसपासका क्षेत्र, नदी आसपास तथा तालहरुको नजिक ठूला भौतिक संरचना निर्माण गर्दा जमिन भासिने खतरा रहने देखाएको छ ।

    टम पार्सन्सका अनुसार यसबाट बाढीको पनि खतरा हुन्छ । सन् २०२० सम्म मानिसहरुले धेरै भौतिक संरचनाहरु निर्माण गरेर पृथ्वीको वजन बढाइदिएका थिए । मानिसले पृथ्वीमा जति संरचना निर्माण गरेको छ त्यसको कूल वजन पृथ्वीमा भएका सबै जीवहरुको वजन भन्दा पनि धेरै छ । भवन तथा सडकहरुको वजन पृथ्वीमा रहेका कूल वनस्पती तथा झाडीहरुको वजन भन्दा अधिक छ ।

    टम पार्सन्स नेतृत्वको शोधकर्ता समूहले न्युयोर्क सहरका १० लाख भवनको वजनको हिसाब निकाल्यो जुन ७ खर्ब ६४ अर्ब किलोग्राम रहेको छ । अर्थात् ७६ हजार ४ सय करोड किलोग्राम । उनीहरुले सहरलाई १०० गुणा १०० वर्ग मिटरका टुक्रामा विभाजन गरे । त्यसपछि भवनको वजनलाई गुरुत्वाकर्षणको हिसाबमा मापन गरी त्यसबाट कति चाप न्युयोर्क सहरको सतहमा परिरहेको छ भन्ने हिसाब निकालियो ।

    यो अध्ययनमा केवल भवनहरुको मात्रै वजन गणना गरिएको छ । यसमा सडक, पुल, रेलवे तथा अन्य संरचनाहरुको वजन समावेश गरिएको छैन । यो अध्ययनको नतिजाको आधारमा वैज्ञानिकहरुलाई न्युयोर्क सहरको भूगोलको अध्ययन गर्न सहज हुनेछ ।

    न्युयोर्कको जमिन बालुवा, सिल्ट, माटो तथा चट्टानबाट बनेको छ । वैज्ञानिकका अनुसार माटोयुक्त जमिन चट्टानी जमिनको तुलनामा धस्सिने सम्भावना धेरै हुन्छ ।

    न्युयोर्कको म्यानहटन पछिल्लो केही दशकमा २९४ मिलिमिटर धस्सिइसकेको छ, खासगरी ठूला भौतिक संरचना निर्माण पश्चात् । टम र उनको टोलीले स्याटेलाइट डाटामार्फत् न्युयोर्कको अध्ययन गरेका हुन् । जसबाट सहरीकरणको बढ्दो मात्राको बारेमा थाहा हुन्छ ।

    लगातारको उत्खनन, ढल निर्माण, भवनको जग खन्ने तथा ठूला मेसिनबाट गरिने ड्रिलिङका कारण जमिन धस्ने खतरा बढ्दछ । केवल न्युयोर्क मात्र होइन इण्डोनेसियाको जकार्ता पनि धस्सिने खतरामा छ । सन् २०५० सम्ममा जकार्ता सहर समुद्रमा डुबिसक्ने आँकलन वैज्ञानिकहरुको छ । सहरका कतिपय भागहरु यतिबेला पानीमुनि ११ सेन्टिमिटरसम्म डुबेका हुनेछन् ।

    म्यानहटन सहर अहिले सामुद्रिक जलस्तरभन्दा केवल एक वा दुई मिटर मात्रै माथि छ । सन् २०१२ मा आएको स्याण्डी आँधी तथा सन् २०२१ को इडा आँधीबाट के प्रष्ट भएको छ भने जतिसुकै बलियो भौतिक संरचना भएको सहर पनि समुद्रको पानीमा क्षणभरमै डुब्न सक्दछ र बाढीबाट प्रभावित हुनसक्छ । संसारका सबै तटीय सहरहरुमाथि यस्तो खतरा मडारिरहेको छ ।

    – एजेन्सी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले

    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑