• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आर्थिक मन्दीकाे असर: ३५ प्रतिशतभन्दा बढी व्यावसायिक सटर बन्द

  • वीरगंज संजाल
  • May 2, 2023, 8:55 am
  • ११२९

    बर्दिबास | बर्दिबासका रतिश रेग्मीले ८ वर्षअघि मैतीदेवी चोकमा जुत्ता पसल चलाउन सुरु गरे । त्यहाँ पाँच वर्ष जुत्ता व्यापार गरेपछि उनी राम्रो व्यापार गर्न भन्दै गौशाला चोक सरे । तर गौशाला चोक सरेको तीन वर्षमै उनले सटर खाली गरे । सामानसहित पसल बेच्न खोज्दा खरिदकर्ता भेटेनन् । पछि उनले आफ्ना सामान उठाएर सटर मात्र छाडे । व्यापार नभएपछि सटर भाडा तिर्नसमेत बैंकबाट थप ऋण लिनुपर्ने बाध्यता भएको उनले सुनाए ।

    व्यापार नभए पनि सटरको भाडा मासिक ४० हजार र गोदामको ५ हजार तिर्दै आएको थिएँ । भाडा तिर्न पनि नसकेपछि सामान गोदाममा राखेर सटर खाली गरें,’ रेग्मीले भने, ‘गोदामको जुत्ता अनलाइन अथवा व्यापारीलाई नै बेच्ने योजना छ । अवस्था सुधार भए पुनः व्यापारमै फर्किन्छु ।’ सटर भाडा तिर्नकै लागि थप ऋण लिनुपरेको उनको गुनासो छ । यी सबैको कारक कोभिड, बैंक ब्याजदर र आर्थिक मन्दी रहेको उनले सुनाए । गौशालामै भाडा लिएर बसेका रेग्मी पसल छोडेपछि भक्तपुर पुगेका छन् । करिब एक महिनादेखि उनी गोदामको भाडा तिरेर बसिरहेका छन् ।
    ‘व्यवसाय सञ्चालनका लागि लिएको बैंकको ८ लाख रुपैयाँ ऋण थियो, व्यापार नभएपछि भाडा तिर्न पनि छुट्टै ऋण लिनुपर्ने अवस्था आयो । त्यही कारण पसल बेच्न खोजें । तर सामानसहित पसल किन्ने कोही भेटिएनन्,’ उनले भने, ‘कोभिडपछि कम भएको व्यापारमा आर्थिक मन्दीले उठीबास लगाएको छ ।’

    रेग्मी प्रतिनिधि पात्र मात्रै हुन्, पछिल्लो समय धेरै व्यवसायी सुस्त आर्थिक गतिविधिको चपेटामा छन् । ०७२ को भूकम्प र अघोषित भारतीय नाकाबन्दीबाट रिकभर भएका उनीहरू ०७६ चैतदेखि कोभिड, रुस–युक्रेन युद्ध, अन्तर्राष्ट्रिय बजारमा देखिएको महँगी र महँगो बैंक ब्याजदरका कारण समस्यामा छन् । मुलुक आयातमै निर्भर हुँदा धेरैजसो वस्तु महँगिएका छन् । जसले गर्दा व्यापार व्यवसाय सुस्त छ । आर्थिक गतिविधि सुस्त छ । त्यसैले सटर भाडा तिर्न सक्ने अवस्थामा नरहेको उनीहरू गुनासो गर्छन् । फलस्वरूप व्यवसायी सटर बन्द गरेर विदेश पलायन हुन थालेको व्यवसायी बताउँछन् । ‘ग्रिल तथा स्टिलमा स्वरोजगार बढी छन् ।

    व्यवसाय चलाउन नसकेर १ सय २२ जनाले अनुभव पत्र लिएर पेसा छाडेका छन् । खर्च, परिवार पाल्न नसकेपछि खाडी मुलुक जान बाध्य छन्, खाडीबाट फर्केर आएपछि यहाँ व्यवसाय गरे । तर, बाध्य भएर फेरि विदेशिएका छन्,’ ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले भने, ‘कतिपय साथी तरकारी र किराना पसलतिर लागेका छन् । पेसाबाट पलायन भएका छन् ।’

    बिना श्रेष्ठले पनि एक महिनाअघि १५ वटासम्म सटर खाली रहेकामा अहिले छाड्ने, आउने क्रम जारी रहेको बताइन् । ‘रञ्जना व्यापार संघमा ४ सय २७ भन्दा बढी व्यवसायी आबद्ध छन् । अलिअलि सटर बन्द हुन थालेका छन्,’ उनले भनिन्, ‘एक महिनाअघि १५ वटासम्म सटर खाली थिए । अहिले छोड्ने, आउने क्रम जारी छ । जहाँ पनि टु–लेट भन्ने बोर्ड देखिरहेका छौं ।’

    आर्थिक गतिविधि सुस्त भएकै कारण सबैजसो क्षेत्रमा एउटै समस्या देखिएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको भनाइ छ । सबै क्षेत्रको व्यापार व्यवसायको आकार घटेको र कारोबार घटेकै कारण भाडा तिर्न धौधौ हुने अवस्थामा पुगेको उनले जनाए । ‘तथ्यांक नभए पनि एकाध रूपमा सटर बन्द भएकै छन् ।

    अर्थतन्त्र नकारात्मक भएका कारण यस्तो अवस्था आएको हो । भूकम्पबाट तंग्रिएपछि कोभिड सुरु भयो । कोभिडकै कारण अन्तर्राष्ट्रिय बजारमा महँगी बढ्यो,’ अध्यक्ष मल्लले भने, ‘त्यसमाथि बैंकको ब्याजदर महँगो छ, आर्थिक गतिविधि सुस्त हुँदा झन् चैतर्फी समस्या देखियो । कोभिडको असर अहिले बजारमा व्यापार देखिएको छ ।’ साभार:कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑