• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  accident

    उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज भएको ३६ दिनसम्म अस्पतालमै बन्धक

  • वीरगंज संजाल
  • Apr 10, 2023, 1:54 pm
  • ४८१

    जनकपुरधाम । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिन् । उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् । दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन् । अस्पतालको शय्यामा पल्टिरहेकी मन्तोरियालाई कसैले केही सोध्नासाथ आँखाबाट आँसुको भेल बग्छ । सहयोगको आशमा उनी आफ्नो पीडा अभिव्यक्त गर्न खोज्छिन् । राम्ररी बोल्न सक्दिनन् । उनी अस्पतालबाट डिस्चार्ज भएको ३६ दिन भइसकेको छ । तर उपचार खर्चवापतको ६ लाख ६९ हजार ३०० र फर्मेसीमा औषधिको २ लाख ५ हजार ७८२ तिर्न बाँकी छ । सो रकम नतिरी उनी घर जान पाएकी छैनन् । अस्पतालमै छ तीन बालबच्चा र वृद्ध ससुराको बसाइ । कसले बिल तिरिदिने र कसरी घर जाने कुनै टुंगो छैन । मन्तोरियाकै समस्या बुझ्न शुक्रबार अस्पताल पुग्दा उनी अस्पतालको एउटा कोठाको बेडमै पल्टिरहेकी थिइन् । छेउमै थिइन् ८ वर्षीया छोरी । दुर्घटनामा परेदेखि आमाको रेखदेख स्याहार सुसार वर्षातले नै गर्दै आएकी छन् । यो कोठामा अरु बिरामी छैनन् । मन्तोरिया, उनका बालबच्चा र वृद्ध ससुरा मात्र हुन्छन् यहाँ । ‘हमरा सभके खाइला नै पुगै है, अतेक रुपैयाँ तिरक घर केना जेबै, हमर बालबच्चाके केना पलेतै हौ बाबु (हामीलाई खानै पुग्दैन ।

    यति पैसा कहाँबाट तिरेर घरजानु, मेरो बालबच्चाको लालनपालन कसरी हुन्छ बाबु)’ मन्तोरियाले बिलाप गरिन् । मन्तोरियाका अनुसार ऋण खोजेर र गाउँलेले सहयोग उठाएर उनको उपचारमा १० लाख रुपैयाँ खर्च भइसकेको छ । सम्पत्तिको नाममा केवल दुईधुर घडेरीमा छाप्रो छ उनको । अस्पतालमा मन्तोरियासँगै छन् ८ वर्षीया छोरी वर्षा, ५ वर्षीय छोरा महेश्वर, ३ वर्षीय उमेश र ७१ वर्षीय ससुरा रामप्रसाद राउत । रामप्रसादले जसोतसो बुहारीको हेरचाह गरेका छन्, तीन नाति नातिना सम्हालेका छन् । मन्तोरियाका पति रामबहादुर राय वैदेशिक रोजगारमा कतारमा छन् । गत कात्तिकमा रामबहादुर कतार गएपछि घर सम्हाल्दै आएकी थिइन् मन्तारियाले । तर, दुर्घटनामा परेदेखि उनको परिवार नराम्ररी बिथोलिएको छ । पति रामबहादुरको पनि कमाइ छैन । उनी गएको कम्पनी बन्द भएर घर फर्किने अवस्था आएको मन्तोरियाले सुनाइन् । अस्पताल र फार्मेसीको करिब ९ लाख रुपैयाँ कसरी तिर्ने र कसरी बालबच्चा पाल्ने भन्ने चिन्ताको सागरमा छिन् मन्तोरिया । अस्पतालका व्यवस्थापक सञ्जय मण्डलका अनुसार मन्तोरियाको पेटमा तीनवटा अपरेशन भएको छ । केही भाग आन्द्रा काटेर हटाइएको छ । दुवै खुट्टाको घुँडादेखि पैतालाको बीचको भागको हाँड भाँचिएकाले अप्रेसन गरी दुबैमा स्टिल जडान गरिएको छ । दायाँहात पनि भाँचिएको थियो । ‘जुन अवस्थामा मन्तोरिया भर्ना हुनुभो । बाँच्ने अवस्था न्यून थियो । तर हामीले भरपुर प्रयास गरेर सबै अप्रेसन सफल पार्‍यौं । दुई महिनापछि उहाँ अलिअलि हिँड्ने, बोल्ने अवस्थामा आउनुभएको छ’, मण्डलले भने । ठक्कर दिने र घरपरिवारले उपचार खर्च तिर्न नसक्दा उनको उपचारमा अस्पताल नराम्ररी फसेको मण्डलको भनाइ छ ।

    यसरी दुःखमा परिन् मन्तोरिया

    १२ माघमा कान्छो छोरा उमेशको बालपोषण भत्ता लिन मन्तोरिया सबैला बजारको एक बैंकमा खाता खोल्न गएकी थिइन् । बैंकमा खाता खोलेर अपराह्न ४ बजे पैदल फर्किरहेका बेला सत्तोखर गोविन्दपुर सडक खण्डमा बा. ६१ प ६६३३ नम्बरको मोटरसाइकलले ठक्कर दियो । प्रत्यक्षदर्शीका अनुसार ठक्कर लागेर ढलेकी उनलाई मोटरसाइकलले ४५ मिटरसम्म घिसारेको थियो । जसका कारण उनको पेटमा ठाउँ ठाउँमा प्वाल पर्‍यो । मोटरसाइकल धनुषाकै शहीदनगर नगरपालिका-१ बेमर्खी टोलका २५ वर्षीय दीपक कुमार रायले चलाइरहेका थिए भने पछाडि सवार थिए स्थानीय ३५ वर्षीय गजेन्द्र यादव । चालक तत्कालै समातिए । पछाडि बसेका यादव भने अहिलेसम्म फरार छन् । चालक रायको घरपरिवारको अवस्था दयनीय छ । उनीहरु फर्केर अस्पताल आएनन् । दुर्घटना पश्चात मन्तोरियाकी ससुरा रामप्रसाद ठक्कर दिने मोटरसाइकल, चालक र पछाडि सवारमाथि किटानी जाहेरी प्रहरीमा दर्ता गराएका थिए । अंगभंग मुद्दामा चालक राय जिल्ला अदालत धनुषाको आदेशमा सिन्धुली कारागारमा छन् । मन्तोरियाको परिवारले जसोतसो ऋण काढेर र समाजबाट चन्दा उठाएर पाएको झण्डै १० लाख रुपैयाँ अस्पताललाई तिरेको छ । तर अब कसैले सहयोग गरेमाबाहेक अरु कुनै उपाय छैन । मन्तोरियाले हात जोड्दै आफूलाई घर जाने वातावरण बनाइदिन गुहार मागेकी छन् । दुर्घटनापछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । तर, त्यहाँ उपचार सम्भव छैन भनेर उनलाई न्यूरो हस्पिटलमा अस्पतालले रेफर गरिदियो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको प्रादेशिक अस्पतालले यसरी नै गम्भीर प्रकृतिका बिरामी घइतेलाई उपचार नगरी निजीमा रेफर गर्ने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑