काठमाडौं | १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेश यू–२३ सँग ४४ रनले पराजित भएको छ। बंगलादेबसँग पराजित भएसँगै फाइनल पुग्न नेपालको सम्भावना टुंगिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेश यू–२३ टोलीले नेपाललाई जितका लागि १५६ रनको लक्ष्य दिएको थियो । १५६ रनको लक्ष्य पछ्याएको नेपाली टोली २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाउन सक्यो ।
मध्यम लक्ष्य पछ्याएका नेपालका ब्याट्सम्यानलाई बंगालदेशी बलरले सुरुवातदेखि नै बदाबमा राखेका थिए । चौथो ओभरको तेस्रो बलमा पारस खड्का आउट भएपछि नेपालको लगातार विकेट गुम्यो , पारसले १६ बलमा २ चौकासहित ९ रन बनाएर आउट भए। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए ४३ नै बल सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यसपछि उपकप्तान दीपेन्द्रसिंह ऐरीले १३ बलमा १६ रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले खासै योगदान गर्न सकेनन् ।
अभिनाश बोहरा र ललित राजवंशीले अन्तिममा १८ रनको साझेदारी गरे । अभिनाश १३ र ललित ५ रनमा नट आउट रहे।बंगलादेशका लागि सोमन खान, तानवीर इस्लाम, सौम्य सरकार र महेदी हसनले २–२ विकेट लिए । बलिङमा नेपालले राम्रै प्रदर्शन गरेको थियो । सुरुमा नेपाली बलरले बंगलादेशलाई निकै दवाबमा राखेका थिए । ३.३ ओभरमा १६ रन ३ विकेट गुमेको थियो । सुरुवाती तीनै विकेट पारस खड्काले लिएका थिए । ४ ओभर बलिङ गरेका पारसले ३ विकेट लिएर १५ रन दिए। १०.२ ओभरमा ४९ रन बनाउँदा ४ ४ विकेट गुमाईसकेको बंगलादेशका लागि नाज्मुल हसन र अफिफ हसनले ठूलो साझेदारी गरेपछि ठूला स्कोर बनेको हो ।
नाज्मुल २८ बलमा ५२ रन बनाएर आउट हुँदा र अफिफ ६० बलमा ७५ रन बनाइ नटआउट रहे। नेपालका लागि पारसपछि उपकप्तान दिपेनद्रसिंह ऐरीले २ विकेट लिए । अभिनाश बोहराले १ किवेट लिए। पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानमाथि ज्१४१ रनको नित हात पारेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई ८४ रनले हराएको थियो । साग पुरुष क्रिकेटमा नेपालसहित श्रीलंका–२३, बंगलादेश–२३, माल्दिभ्स,भुटान गरी ५ टोली सहभागी छन् ।
क्रिकेटका दुई हस्ती भारत र पाकिस्तानले भने साग क्रिकेटमा सहभागिता जनाएका छैनन्।छन् । यो खबर तयार पार्दासम्म ५ ओभरमा २७ रन बनाउँदा बंगलादेशको ३ विकेट गुमिसकेको छ। तीनै विकेट पूर्व कप्तान पारस खड्काले लिएका हुन्।पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानमाथि रनको नित हात पारेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई ८० रनले हराएको थियो । साग पुरुष क्रिकेटमा नेपालसहित श्रीलंका–२३, बंगलादेश–२३, माल्दिभ्स,भुटान गरी ५ टोली सहभागी छन् । क्रिकेटका दुई हस्ती भारत र पाकिस्तानले भने साग क्रिकेटमा सहभागिता जनाएका छैनन्।