वीरगंज । एलपी ग्याँस बोकेर मुग्लिनबाट काठमाडौं गइरहेको भारतीय नम्बर प्लेटको ट्यांकर पृथ्वीराजमार्गको कुरिनटार नजिक लेबाटारमा पल्टँदा सोमबार बिहान एक जनाको मृत्यु भएको छ ।चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार इच्छाकामना गाउँपालिका–४ मा पर्ने उक्त ठाउँमा बिहान ६ बजे युपी ७० डिटी ६०५५ नम्बरको ट्यांकर अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो ।
ट्यांकरमा रहेका एक जना पुरूषको घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । मृतकको नाम, ठेगना, उमेर जस्ता परिचय खुल्न नसकेको उनले बताए ।
ट्यांकरमै रहेका अर्का व्यक्ति सख्त घाइते छन् । कुरिनटारमा सामान्य उपचार भएको उनको हाल पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।